कोरोना
एक सुक्ष्म जीव
चिनको बुहान बाट सुरु भएर
बिश्वभर तीब्र गतिमा फैलिएको छ ।
मानव
सभ्यता लाई
चुनौती दिदै बिज्ञान प्रबिधी लाई हराउदै
विश्व लाई हायल कायल पारिदिएको छ ।
संसार
भरिका रास्ट्र
अमेरिका बेलायत फ्रान्स इटलीलाई थुर थुर पार्दै
इरान भरत हुँदै कोरोना नेपाल सम्म आएकोछ ।
जीवन
अमुल्य छ
सोचौ बेलैमा यो महामारीबाट बच्ने तरिका
आयुर्बेद खोजौ अनुसन्धान बढाऔ हरेश नखाऔ ।
नमस्ते
छ हजुर
हात नमिलाउ अंकमाल नगरौ ।
सेनिटाइजरले हात धुनुस लक्डाउन भैदिनुस ।
बन्दी
भएरै हामी
यो कोरोना भाइरसलाई जित्नु छ अब
तपाईं र मेरो सामाजिक दुरि बढाएर
यो दुष्ट कोरोनालाई भगाउनुछ मिलि सब ।।
बिनोद गोतामे
बुटवल -११ रुपन्देही
टिप्पणियाँ
एक टिप्पणी भेजें