सीधे मुख्य सामग्री पर जाएं

आरन




बिनोद गोतामे 

 

 

जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी ,एक छाक पेटभरी खाना -को लागी ,एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ , हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले  अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ। 

यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएकोठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियोत्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो कुखुरी किन डराई भन्ने बारेमाकिनभने उसलाई आफ्नो चल्ला हरुकोधेरै माया थियो र उ जहा- जहा मान्छे  हुन्छन्  तेही- तेही लिएर जान्थी आफ्ना चालला हरुलाई !! अनायास मा कोटक ..कोट ......गरेको आवाज  आयो   मैले देखे पारीबाट  बांज तीब्र गतिमा उदेर आयो  कुखुरा को चालला लाई च्याप्प  समत्यो  अनि माँथिबाट उडेर आफ्नै गंतब्य मा  पुग्यो।   म र मेरा साथीहरु  हेरीरहयोऊ .....उ युद्दमा होमीएको बहादुर सिपाही झै अगाडी बढ्यो र आफ्नो भोक  मिटायो।  बांज लाई  कुनै प्रकारको   डर थिएन किनकी  उसको सामुमा भोक खड़ा थियो।   मित्रहरु भोक यस्तो चीज हो जब यसले कुनै पनी जीब या प्राणीलाई सताउछ तब  तिनीहरूले केही देख्दैनन केही सोच्दैनन त्यसैले शिकारी को पासोमा चरा हरु फस्दछन किनभने तिनीहरूले पासो भन्दापासो भित्र  रहेको आहार देख्छन  र मृत्युबरण को  यात्रा तय गर्छनपासो माँ कैद भएको चराको अगाड़ी  मृत्यु  निश्चित थियो , जब पेट मा मूसा दौदन्छ त्यस बेला  सामने जस्तोसुकै परिस्थितिको  जोखिम  मोल्न तयार हुन्छन।  भोक साजिब प्राणीहरुको सब भन्दा ठुलो सत्रु हो  ,गरीबी मानबिय जीबन को दरिद्रता हो . गरीबी ले मानिस लाई  भित्र -भित्रै  खोक्रो पारेको हुन्छ जस्तै मांसपेसी बिनाको कंकाल झै ,गरीबी संसारको सबभन्दा ठुलो माहामारी  रोग हो।  यसको पीड़ा कस्तो हुन्छ भनेर भोको  पेट रात काटने मान्छे लाई  सोध ...... ? बर्षा  को झरिमा खुला आकास मथि जीबन  बिताउने लाई  सोध ........संसारका ठूला -ठुला  बैज्ञानिकहरुले पनि  पत्ता लगाउन सकेनन गरिबिको औषधी।  गरीबी प्रसान्त महासागर झै बिशाल छ , त्यस कारण  एक थोपा संजिबानीले केही असर गर्दैन। साथीहरु यस्तै  गरिबिको महासागरमा चुर्लुम्म डुबेको दूंगा  थियो हाम्रो परिवार ,गरिबिको  महासागरबाट दूँगा लाई किनारालगाउन  दिनरात कठोर मेहनत  गर्नुहुन्थ्यो मेरो बुबाले ,हामी बिस्वकर्मा जातिका थियोउ यानि (कामी )बाबा दिनभर आरानको धोस्रोकोइला , आगोको झिलको , राता फलामका मुसला संग पैठेजोरी गर्नुहुन्थ्यो र फलामका डल्ला हरुलाई निश्चित आकार दिनुहुन्थ्यो मेरो बाबा सच्चै  नामी कलिगद हुनुहुन्थ्यो जसले जे खोज्यो त्यस्तै  सामान बनाईदिनुहुन्थ्यो त्यसैले गाउका  जिम्माल , मुखिया ,प्रधानपञ्चले बधाई र स्यबासी  दीएको देखेको थिए ।
क्रमश...........

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...