सीधे मुख्य सामग्री पर जाएं

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।


                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपमा कोविन्दलाई सात लाख दुई हजार ६४४ भोट प्राप्त भएको थियो । प्रतिष्पर्धी मीरा कुमारलाई भने तीन लाख ६६ हजार भोट मात्रै प्राप्त भयो । सोमबारदेखि देशका ३२ मतदानस्थलमा मतदान भएको थियो ।
               दलित आन्दोलनमा चिरपरिचित कोविन्द आस्थाका हिसाबले भने हिन्दू कट्टरवादी भारतीय जनता पार्टीलाई समर्थन गर्दै आएका थिए ।
                यसअघि के आर नारायण दलित समुदायका पहिलो राष्ट्रपति बनेका थिए ।

को हुन कोविन्द ?
               कोविन्द उत्तर प्रदेशको कानुपर जिल्लाको डेरापुरको सानो गाउँ परौन्खमा जन्मेका थिए । उनी दलित समुदायभित्र कोली जातिका हुन ।
              कानुनको पढाई सकेपछि कोविन्दले दिल्ली उच्च न्यायालयमा वकालत प्रारम्भ गरेका थिए । उनी सन् १९७७ देखि १९७९ सम्म दिल्ली हाइकोर्टमा केन्द्र सरकारका अधिवक्ता थिए ।
                त्यसपछि सन् २०१५ को अगस्त ८ मा कोविन्दको नियुक्ती राज्यपालका रुपमा भयो । बिहार राज्यपालका रुपमा उनले त्यहाँ सेवा गरिरहेको बेला भारतीय जनता पार्टीले उनलाई राष्ट्रपति पदमा सिफारिस गरेको थियो ।
                  पेशा गर्दै गरेको बेला सन् १९९९ मा उनी भाजपामा सम्मिलित भएका थिए । सन् १९९४ मा उनी उत्तर प्रदेश राज्यसभाका सदस्य समेत निर्वाचित भए । उनी १२ वर्षसम्म सभासद हुने व्यक्ति हुन ।
                दलित आन्दोलनमा समेत उनको नाम उल्लेख्य रुपमा लिइन्छ । उनी भाजपाको भातृ संगठन दलित मोर्चाका राष्ट्रिय अध्यक्ष र अखिल भारतीय कोली समाजका अध्यक्ष पनि भएका थिए ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...