सीधे मुख्य सामग्री पर जाएं

संजालको साधारण सभा सम्पन्न अध्यक्षमा परियार

“दलित एकता आजको आवस्यकता , छुवाछुत मुक्त्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता ” भन्ने मूल नारा बोकेको “दलित एकता संजाल नेपालको बिशेष साधारण सभा” कार्यक्रम हिजो काठमाडौंको म्हैपीमा सम्पन्न भएको छ | विभिन्न ब्याक्तित्वहरुको उपस्थिति रहेको उत्त कार्यक्रम दुर्गामाया नेपालीले संचालन गर्नु भएको थियो | ‘दलित एकता संजाल नेपाल’का सस्थापक  अध्यक्ष खडक ब. सार्कीले प्रवासमा रहेर पनि दलित एकता संजाल नेपाललाई अगाडी बढाउनको निमित्त नेपाली प्रवासीले खेलेको भूमिकालाई व्याख्या गर्दै अनि आर्थिक संकलन सहयोग गरि देश विदेशमा बिचल्लीमा परेका( बाढी पिडित ,भूकम्प पिडित तथा बिदेशमा अनेक समस्या आइ अलपत्र परेका ) नेपालीलाइ सहयोग गरि ठुलो राहत भएको जानकारी गराउदै बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो |

त्यस्तै दलित एकता संजाल नेपालका उपादक्ष्य कमलबाबु परियारले स्वागत मन्तब्य राख्दै ‘
सस्थालाई कसरी अगाडी बढाउने ? के कस्ता नीति कार्यक्रम ल्याउने भन्ने बारेमा छर्लंग पार्दै संजालले भोलिका दिनमा हुने कार्य योजना साथै भविष्यमा हुने विभिन्न कार्यक्रमका लागि पुरानो समितिले गर्न नसक्ने भएकाले नया कार्य समिति बनाउने कुरामा जोड दिनु भएको थियो |साथै संजालका कोषादक्ष्य बिष्णु सागर धमलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो

कार्यक्रममा अन्य ब्याक्तित्व सचिब दुर्गा माया नेपाली , दलित एकता संजाल नेपाल अन्तराष्ट्रिय समन्वय समितिको संयोजक सरु सुनार, बर्तमान उपसंयोजक कमला नेपाली , पदम नेपाली , यम किसान लगायतले स्वागत मन्तब्य राख्दै आफ्नो बिचार ब्याक्त गर्नु भएको थियो |

साथै बन्द सत्रको समयमा संजालका सदस्यहरुले संजालमा भएका कमि कमजोरीलाई औलाउदै भविष्यमा पारदर्शी र जिम्मेवारीपूर्णले सस्थालाई अगाडी बढाउन अनुरोध गर्नु भएको थियो |यसै क्रममा कमलाबाबू परियारको अध्यक्षतामा नया कार्य समितिको गठन भएको छ , जसमा

उपादक्ष्य -मोहन गदाल ,दुर्गा माया नेपाली ,बिष्णु सागर धमला ,

महा सचिव – धर्म परियार

सचिव -सुनिल मिजार

कोसादक्ष्य – कमला नेपाली

सहाकोषादक्ष्य – शोभा सेन्चुरी

सदस्य -प्रकाश नेपाली, रिमा बिक ,नारायण बिक ,पूर्ण ब गन्धर्व लगायत १७ जनाको कार्यसमिति गठन भएको थियो |

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...