सीधे मुख्य सामग्री पर जाएं

प्रदेशीको बिबसता ।

परदेश हामी नेपालीहरुको बध्यता हो ,परदेस हिडन थाले देखि घर फर्कदा सम्म बिबिध समस्या र चुनौतीको सामना गर्नै पर्दछ ।हामी सबै  युबा युवती  घर देखि सात समुन्द्रपारी आए पछि साहुकोमा काम गर्दै एक एक दिन घर परिवार बाल बच्चा को सम्झना र भबिस्य को ख्याल गर्दै बर्षौ ब्यतित गर्दछौ  ।जब घर जाने समय आउदछ एक एक दिन पनि कति लामो बर्ष झै लाग्दछ सम्झना का कोशेली संगै झिटी गुन्टा भरिन्छ आखिर त्यो दिन पनि आउँछ ।हातमा पासपोर्ट जहाज टिकट  लिएर खुसी खुसीका साथ साथिहरुको शुभयात्राको आशिष बिदाइ  हुँदै प्रफुल्लित मुद्रामा एयरपोर्ट प्रस्थान गरिन्छ । बास्तबमा हामी सबै प्रदेशिको लागि यो अत्यन्तै खुसिको क्षण हुन्छ सब्दमा व्याख्या गरेर सकिँदैन ।यसरी जादा एउटा निर्दोष ब्याक्ती लाई संका को आधारमा त्यो  देशको इमिग्रेसन ले समाएर त्यहाको जेल मा पुर्याउछ भने जो कसैको मनमा कस्तो  अबस्था सिर्जना होला अझ घर परिवार नाता आफन्त हरु के सोच्लान  सायद हामी कसैले आकलन गर्नै सक्दैनौ ।
आज म एउटा त्यस्तै घटनाको बारेमा यहाहरु समक्ष जानकारी दिने उद्देस्यले यो पंक्ती लेखी रहेको छु ।
२०१६ डिसेम्बर ९ गते राती ११ बजे पाल्पा जिल्ला  झडेवा गाबिस वार्ड नं २ निबासी वीर बहादुर बिक दुबई ,अल मनरा बाट   शार्जाह एयरपोर्ट पुग्छन ट्याक्सी बाट आफ्ना समानहरु ट्रलिमा राखेर भित्र गएपछी  लगेज  तौल गरि सकेपछी त्याहा को इमिग्रेसन ले समाउछ ।
किन समायो त्यतिखेर यकिन हुन सकेन केही समय पछि  होला भन्दा भन्दै  रात त्यत्तिकै बित्यो । भोलि बिहान मलाइ फोन आयो रुन्चे  स्वरमा बोले के भयो भनेको खोइ मलाइ नेपाल जान दिएन पुलिसले समाएको छ भने हामी हतार हतार शार्जाह एयरपोर्ट पुग्यौ र सोध पुछ गर्यौ  के भएको रहेछ भन्ने बुझ्यौ तर यहाको पुलिस स्पस्ट संग नबाताउने भएको ले सबै जानकारी पाउन सकिदैन ।भाषा प्रत्येक प्रबासी नेपालिको लागि समस्या हो ।हामिलाइ पनि त्यस्तै भयो अरबी हामिले नबुझ्ने इंग्लिस हिन्दी उनिहरुले नबुझ्ने ।फेरि पनि  शार्जाह एयरपोर्ट पुलिस ले अबुधबी सि आइ डि को निर्देशन मा समाएको र सबै जानकारी बुझ्ने भए अबुधबी जान सक्छौ  भनेको हामिले बुझ्यौ । बिरु भाइको फोन छिनियो हामी संग सम्पर्क बिहिन बनाइयो ।सि आइ डि अफिस अबुधबी मा गएर बुझ्दा शार्जाह कै जेलमा राखिएको भन्ने बुझियो ।
राजदूतावास विभिन्न संघ संस्था संग बुझ्ने प्रयत्न दलित एकता संजाल नेपाल युएइ अध्यक्ष बिनोद गोतामे ले गरेका थिए ।यसरी बुझ्ने क्रम मा अबुधबी पुलिसमा कार्यरत बरिस्ठ समाज सेवि छबिलाल बिस्वकर्मा लाई सम्झन पुग्दछु ।डिसेम्बर १२ गते अबुधबी सि आइ डि अफिस हामी पुन गयौ र फेरि बुझ्ने प्रयास गर्यौ तर हामी लाई खास उपलब्धि हुन सकेन तर बिरु भाइ लाई शार्जाह जेलबाट अबुधबी सि आइ डि अफिस भित्रको कस्टडीमै  सिफ्ट गरिएको जानकारी लिन सकियो र १३ डिसेम्बर को अबुधबी जुडिकल कोर्ट मा पेश गर्ने कुरा बताए ।
१३ डिसेम्बर बिहान समज सेवि दाजु छबिलाल बिस्वकर्मा संजाल अभियन्ता शम्भु बिस्वकर्मा बिहानै अबुधबी जुडिएकल कोर्ट पुग्नु भयो ।तर त्यो दिन कोर्टमा बिरु बिक लाई सि आइ डि ले पेस गरेन हामी अस्चार्य भयौ ।१४ गते दिउस अकस्मिक फोन आयो बिरु बिक भाइ को मेरो खास केही गल्ती छैन जेल बाट छुट्न सक्छु ५०० दिराम ढरौटी मागेको छ भनेर ।हामी जेबल अलि बाट हतार हतर डेढ घन्टा को यात्रामा अबुधबी सि आइ डि अफिस पुग्यौ र ५०० दिराम बुझाएर भाइ लाई रूम लिएर आयौ । तर भाइ फेरि घर जानू थियो त्यस्को लागि एउटा अर्को प्रोसेस गर्न पर्यो त्यो हो त्यो हो ब्लेक लिस्ट मा भएको पासपोर्ट नम्बर हटाउनु र कोर्ट बाट घर जान पाउने क्लिन चिट प्राप्त गर्नु ।यसको लागि हामिलाइ निकै मेहेनेत गर्नु पर्यो जस्को लागि आदरणीय छबिलाल बिस्वकर्मा को सहयोग अतुलनीय छ वहाले अरबी
भाषा बोल्ने भएको ले निकै सहज भयो ।साथमा पुलिसका मोहम्मद को धेरै सहयोग पाइयो वकिल शखिदा बबिना ले उलेख्य सहयोग गरेकी थिन । वकिल शखिदा बबिना संग भेटे पछि बल्ल केश के रहेछ भन्ने हामिले केही बुझ्यौ ।करिब एक हप्ताको अथक प्रयास पछि सम्पुर्ण काम सकि जनवरी १० को सकुसल अल मक्तुम एयरपोर्ट बाट नेपाल पुगे ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...