सीधे मुख्य सामग्री पर जाएं

युएइमा फेरि एउटा नेपाली युबाको मृत्यु ।


खाडिको  रुखमा डलर फल्दैन ,जीवन मृत्युका कहर पनि बज्रपात हुन्छ ।त्यस्तै एउटा दुखद घटना बाबुराम बिस्वकर्मा माथी घटेको छ ।दुबई एयरपोर्टमा काम गर्ने क्रममा नवल परासी जिल्ला मणिपुर गा बि स वडा नं २ सर्दी  मौलाटारीका बाबुराम बिस्वकर्मा को हृदयघाटका कारण गएको शुक्रवार १० नोभेम्बर को दिन मृत्यु भएको छ । उनी ३ नोभेम्बर शुक्रबारकै दिन काम गर्ने स्थल दुबई एयरपोर्टमा रातिको ड्युटी गर्दा बेहोस भएर ढलेका थिए ।तत्काल दुबईको  रसेदिया  अस्पतालमा लगेर कम्पनीले  उपचार गरेको थियो । आइ सि यु मा राखेर उपचार  गर्दै गर्दा हप्ता दिन पछि मृत्यु भएको हो उनलाई आइ सि यु मा राखेर उपचार गरिएको थियो  । डाक्टरले  हृदय घात को साथमा ब्रेन ट्युमर पनि रहेको जनाएको छ्न  ।अहिले पर्थिब शरीर रसेदिया अस्पतालमा रहेको छ ।
बिस्वकर्मा  बिगत नौ बर्ष देखि डोलस्को नामक कम्पनीमा कार्यरत रहेका थिए । बिस्वकर्मा डोलस्को अकोमोडेसन सोनापुरमा बस्दै आएका थिए ।उनी ५ बर्ष देखि नेपाल गएका छैनन पहिलो पटक छुट्टी जादा घर बनाएको र केही ऋण भएको र उक्त ॠण घटाउन समयमा छुट्टी नगएको मृतकका भिनाजु डिल बहादुर बिकले बताए । उनका दुई  छोरि  एक छोरा  श्रीमती र मुटुरोगी बुढी आमा  छ्न । श्रीमती मोनिका बिक  दुई तीन महिना पहिले मात्रै मलेसिया बाट नेपाल  गएकि छ्न ।
मृत शरीर नेपाल पठाउन कम्पनीले प्रकृया अघि बढाइ रहेको जानकारी  प्राप्त भएको छ । सोही अनुरुप १३ फेब्रुअरी राती नेपाल बाट मृतक बाबुराम बिस्वकर्मा का भिनाजु डिल बहादुर बिक लाई कम्पनीले आफ्नै खर्चमा ल्याएको छ ।वाहाले  मृत शरीर नेपाल लिएर जाने कुरा रहेको  छ ।कम्पनिले मृतकले पाउनु पर्ने सबै हिसाब किताब तयार गरिसकेको कुरा डोलस्को कै स्टाफ सन्तोष गहतराज ले बताउनु भयो । साथै दलित एकता संजाल युएइले पनि विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको छ संस्थाका अध्यक्ष र सहकोषाध्यक्ष  बिनोद गोतामे शम्भु बिस्वकर्मा डोलस्को हेड अफिस नै पुग्नु भएको थियो ।अबुधबी  राजादुताबासमा कार्यबाहक राजदुत नेत्र बहादुर टण्डन संग  बिमा र सबै सेवा सुबिधा सहित छिटो छरितो तरिकाले पर्थिब शरीर नेपाल पठाउन अनुरोध  गरिएको  बिनोद गोतामेले बताउनु भयो ।सबै प्रकृया पुर्याएर शब नेपाल पठाउन अझै ४/५ दिन लाग्ने राजदुतावासले जनाएको छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...