बिगत केही दिन देखि समाजिक संजाल फेसबुकमा दलित शब्दको बहसले व्यापकता पाएको छ ।दुइथरी साथीहरुको आ आफ्नै बिचार र कथन रहेको छ ।एक थरी दलित शब्दको बदलामा शिल्पी लाई पुनर्स्थापना गर्ने भनेकाछन भने अर्को थरी यो शब्द परिवर्तन गर्न जरुरी नभएको भनिरहेका छन ।
समय परिबर्तनसिल छ सायद त्यस्तै कारण हाम्रो राजधानी किर्तिपुर कास्ठमण्डप हुँदै हालको काठमाडौ भएको हो ।यस्तै परिबर्तित समयको असर अहिले हुँदै गरेको चर्चा दलित शब्दको बदला सिल्पी भन्ने केही युबा र सिक्षित दलित हरुमा आएको हो ।हामिले यसलाइ नकारात्मक तरिकाले मात्र सोच्नु पनि उचित हुदैन ।बास्तबमा दलित शब्दले एकता ,आवाज ,संघर्ष र शक्तिको प्रतिनिधित्व गरे पनि तितो सत्य कुरा भन्नू पर्दा आफैमा अपमानित छ ।किनभने यसको व्याख्या नै त्यसरी गरिएको छ ।
यहाँ दलित शब्द अपमानित छ भनिरहदा शिल्पी नै राखे पछि सबै समस्या उत्पीडित दलित जातीहरुको
छु मन्तर हुन्छ भन्ने पनि कदापी होइन ।किनभने यो समस्या हामिले चाहदैमा यति सजिलो समाधान हुनेवाला छैन ।हामी संग एउटा यस्तो ठूलो डर छ त्यो भनेको समाजिक विभेद नै हो ।यहि विभेद बाट बाच्न को लागि अहिले चलेको बहस हरु चाहे शब्द परिबर्तन होस चाहे धर्म परिबर्तन होस चाहे थर परिबर्तन होस वा विभिन्न स्थान बाट गरिने बसाइ सराइ किन नहोस यी सबै कम्पन हरु विभेद छुवाछुत र समाजिक असमानता को उपज हो । विभेद शब्दको कारणले भन्दा पनि हाम्रो डरको कारणले बढ्दै गएको छ ।
हामी जब सम्म बास्तबिकताको धरातलमा उठेर अमानवीय असमाजिक विभिन्न प्रकारका अन्धबिस्वासको मुकाबिला गर्दैनौ तब सम्म यस्ता शब्द जात र धर्म परिबर्तन गर्नु पर्ने समस्या हरु आईरहनेछ ।
अहिले जुन किसिमले दलित शब्द र सिल्पी शब्दको बहस भैरहेको छ त्यो कुनै शुन्दरी प्रतियोगिता भन्दा फरक छैन । विश्लेषण र ब्याख्याका भाषामा यति पाउडर लगाइएको छ भोलि पखालिएको खण्डमा पहिलेकै अबस्थामा ल्याउने थुप्रै सम्भावना देखिन्छ ।
दलित अबस्था हो फलस्वरूप धेरै दलित धार्मिक भाषिक सांस्कृतिक राजनैतिक शैक्षिक आर्थिक रुपले अत्यन्त दयनिय छौ ।यी सबै बाट माथी उठनु नै दलित शब्दको अन्त्य हुनु हो ।
नेपालमा पुर्ब मेची देखि पश्चिम महाकाली सम्म हरेक दिन जस्तो जातिय विभेदका घटना घटिरहेकाछन ।अजित मिझार लक्ष्मी परियार जस्ता बिभेदित घटनामा चु नबोल्ने हरु यो शब्दको बहसमा जन्मउटे बल लगाएको देख्दा मलाइ पनि केही लेख्न मन लायो ।आवाज यी घटना हरुमा बोल्नु पर्थ्यो उठाउनु पर्थ्यो तर मुकदर्शक बन्ने हरु नै यो बहसमा धेरै बढी आएको पाए ।
यो समय दलित र सिल्पी मा अल्झनु भन्दा सात दसक लामो दलित आन्दोलन लाई संस्थागत गर्दै एकीकृत बृहत् मोर्चा लाई शक्तिमा रूपान्तर गर्दै समानन्तर अधिकारको लागि निरन्तर अघि बढ्नु पर्ने बेलामा यो शब्दको बहसमा अल्झिनु एकातिर आधि अर्कोतिर झोलुंगा भयो कि ???
बिनोद गोतामे बिस्वकर्मा
अध्यक्ष ,दलित एकता संजाल नेपाल युएई
टिप्पणियाँ
एक टिप्पणी भेजें