सीधे मुख्य सामग्री पर जाएं

लक्ष्मी परिवार हत्याबारे संजाल द्वारा रिपोर्ट सार्बजनिक

६ पुस, काठमाडौं। गत मंसिर २० गते काभ्रेपलाञ्चोकको सानो वाङथलीकी ३३ वर्षीया लक्ष्मी परियारलाई मलमुत्र खुवाएर हत्या गरेको विषयमा दलित एकता सञ्जाल, अन्तर्रराष्ट्रिय समन्वय समितिले स्थलगत् प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार राजधानीको रिपोर्ट्स क्लबमा संजालले पत्रकार सम्मेलन गरेर दोषीमाथि हदैसम्मको कारवाहीको माग गर्दै पाँच जनाको टोलीले स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष भगवती घिमिरेले बोक्सीको बारेमा कडा कानुन बनेपनि यसको कार्यन्वयमा सरकार चुकेको आरोप लगाइन । अध्यक्ष घिमिरेले कानुनको बर्खिलाप गरेर मानवलाई मलमुत्र खुवाई, पोलमा बाँधेर कुटिकुटि गर्नुलाई जघन्य अपराधको रुपमा लिएर सरकारले पिडकलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिन् । ‘मृतक परियारको छोराहरुलाई राज्यले स्वास्थ्य, शिक्षा र लालन पालनको जिम्मा लिनुपर्ने बताउदै उनले प्रमुख राजनीति दलको ईच्छा शक्ति हुने हो भने समाजमा यस प्रकृतिका घटनाहरु नघट्ने दावी गरिन । दलित एकता सञ्जाल नेपाल, अन्तर्रराष्ट्रिय समन्वय समितिका संयोजक आश बहादुर नेपालीले लक्ष्मी परियारको हत्यामा संलग्नलाई राज्यले तत्काल कारवाही गर्नको लागि सरकार समक्ष जोड्दार माग गरेका छन् । उनले संस्थाले लामो समय देखि यस्ता जघन्य अपराधलाई नजिक रहेर हेर्ने गरेको र त्यस प्रकारका घटनाले समाजमा पारेको असर र प्रभावलाई मध्यनजर गरेर न्यायको पक्षमा उभिने गरेको बताउदै लक्ष्मी परियारको हत्यालाई पनि धेरै नजिकबाट नियालेको उनले बताएका छन् । रिपोर्ट सार्बजनिक कार्यक्रममा नेकपा एमालेका नेता जितु गौतम, राष्ट्रिय दलित आयोगका सदश्य सचिब सिताराम घले परियार, हस्त बहादुर बि.क, तिलक विश्वकर्मा, शान्ता बराल, शुष्मा शर्मा लगायतले काभ्रेपाल्चोकको वानगथलीकी लक्ष्मी परियारको हत्याको योजना नै बनाएर हत्या गर्ने हत्याराहरु लाई कडा भन्दा कडा कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...