सीधे मुख्य सामग्री पर जाएं

नेपाल सुन चादी ब्याबसायि माहसंघको संयोजकमा मोहन कुमार सुनार

स्वर्ण खबर संवाददाता, काठमाण्डौ , कार्तिक २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ कार्यसमिति पुरै निर्विरोध चयन भएको स्वर्ण खबरलाई सूचना प्राप्त भएको छ । निर्वाचन प्रमुख अधिकृत शिवकुमार रिजालका अनुसार अध्यक्षमा मोहन कुमार सुनार, उपाध्यक्षहरुमा अर्जुन रसाइली, दियेशरत्न शाक्य, प्रेम कुमार सुनार, मोहन काजी शाक्य, जानुराज शाक्य, महासचिवमा धर्मसुन्दर बज्रचार्य, कोषाध्यक्षमा महेन्द्र रन्त शाक्य, सचिवमा किरणभाई बज्रचार्य, सहकोषाध्यक्षमा किसन मास्के चयन भएका छन् ।  त्यस्तै केन्द्रीय सदस्यहरुमा केश बहादुर सुनार, चन्द्र किशोर गौतम, चित्रबहादुर वि.क, जोगलाल वि.क, निर्मल वि.क, निरज कुमार सर्राफ, पद्मसुन्दर शाक्य, बाबुराम वि.क, बुद्धि बहादुर वि.क, भरत अग्रवाल, मनोज कुमार सर्राफ, माणिकरत्न शाक्य, रविन शाक्य, राजु धमला, नगर सदस्यहरुमा धुव्र कुमार गहतराज, मनिश कुमार अग्रवाल, सलाउदीन जसगढ, एसोसियट सदस्य पवन कुमार सोमानी चयन भएका छन् ।  अन्तत स्वर्ण खबर साप्ताहिकको पूर्वानुमान सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको दोस्रो महाधिवेशन होटल शंकर लाजिम्पाटमा आज नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न हुदैछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...