सीधे मुख्य सामग्री पर जाएं

सुदुर पश्चिममा अनिकाल संसदलाई मालामाल


देशको सम्पती  राजा महाराजा हरुले नातागोता भाइभारदार हरुले लुटेर खोक्रो पारे भन्ने गरिन्थ्यो जनतामा आक्रोश भरिन्थ्यो ।नेताहरुले  यहि कुरालाई चिप्लो घसेर आन्दोलनका आधिबेहरी सिर्जना भएका हुन ।प्रजातन्त्रमा जनताको बोल्ने अधिकार सुनिस्चित हुनेछ ,गास बास कपास मिल्नेछ उधोग स्थापना हुनेछन देशभित्र हजारौ कल कारखाना चल्ने छ ।त्यही कारखानाहरुमा हाम्रा देशका युबा हरु लाई रोजगार मिल्नेछ , राजा राज परिवारको सदस्यलाई दिएको बार्षिक सेवा सुबिधाको अर्बौ रुपिया देश बिकास मा लगाइनेछ ।फलस्वरूप ६२/६३ को दोस्रो जन आन्दोलनमा विशाल जनमास राजतन्त्रको बिरुद्ध आन्दोलनमा होमिए जनता को मुक्ती न्याय र अधिकार को लागि धेरै सहिद ले साह्दत प्राप्त गरे ।कतिपय नेता राजतन्त्रको पक्षमा रहेका थिए तर जनताको आवाज संबैधानिक प्रजातन्त्र नभै लोकतान्त्रिक गणतन्त्र मा केन्द्रीत भयो ।जनताको बृहत संघर्षको  भेल ले अधाइ सय बर्ष देखि जरो गाडेर बसेको राजतन्त्र लाई गर्लम्मै ढलायो जनताको अघि घुडा टेकायो ।
जंगल पसेका माओबादी शान्ती बार्तामा आए बृहत् शान्ती सम्झौता अनुसार नया नेपाल निर्माण गर्न सबै राजनैतिक पार्टी सहमत भए ।नया नेपाल बनाउन संविधान सभाको चुनाब भयो २ बर्षमा नेपाली जनतालाइ संविधान दिने म्यान्डेट पाएका राजनैतिक पार्टी र संविधान सभा संसद हरुले विभिन्न बाहना मा सिंको नभाची पहिलो संबिधान सभा असफल तुल्याए आफू पनि जनताको अघि जोकर साबित बने । नेता हरु पटक पटक  प्रधान मन्त्री बने मन्त्री बने ।
दोस्रो संबिधान सभाको चुनाब हुन्छ फेरि त्यही जनताका खुन पसिनामा रमाउने जुका हरुको झुन्ड ६०१ जना फेरि संविधान सभा मा प्रबेस हुन्छ ।पार्टीहरु कोहि घटे कोहि बढे यो पाली लाजकाज अपुरो संबिधान भने घोषणा गरे ।हुनत नेताकै मिलोमतो मा ९०%संसद कै सहमतिमा बनेको संबिधान हो ।बिडम्बना त्यही संबिधान सभाका केही संसद लाई भने अस्वीकार्य भयो र विभिन्न बाहाना मा यो संसद भाका थप्दै भत्ता बढाउदै अजिङ्गर भएर बसेको छ तर बहुमतले पारित गरेको संविधान कार्यन्बयन गर्न सकिरहेको छैन किन ?? कतै सिमित स्वार्थको लागि जनता लडाउने चाल त होइन ??
अहिले देश अनिर्णयको बन्दी बनाउने भनेको  केही नेता र संसद नै हुन ।
तराइ पहाड हिमाल का जनताले देशमा शान्ती सुरक्षा अमन चयन र स्थायी सरकार चाहेका छन ।तर नेता हरु भने विभिन्न बाहाना बाजि मा आफ्नै कुर्चीको खेलमा छन भत्ता र पत्ताम ब्यास्त छन ।यो सरकारले  ५ मंसिर २०७३ मा संसदको सेवा सुबिधा वृद्धि गरेको छ संबिधान सभाका ६०१ लाई मालामाल बनाएको छ ।कर्णालीमा जनताले रासन नपाएर अनिकाल परेको  छ ,भुकम्प पीडित ट्रीपाल को बास छन ,हस्पिटल मा सिटामोल को अभाब छन, भ्रष्टाचार कालाबजारी ले सम्पुर्ण देश बासीको बिहाल छ । नेपालमा पाँच वर्षमुनिका बालबालिकाहरूमध्ये झण्डै आधा संख्यामा बालबालिकाहरू सन्तुलित भोजन नपाएर  कुपोषणबाट ग्रसित (ख्याउटे र कम तौल) छन्। राष्ट्रिय स्तरमा, पा“च वर्षमुनिकाको बाल मृत्यु दर प्रति हजारमा ६१ अनुमान गरिएको छ। शिशु मृत्यु दर प्रति हजारमा ४८ अनुमान गरिएको छ। प्रति १,००,००० जिबित जन्ममा २८१ का दरले हुने मातृ मृत्यु दर ज्यादै उच्च छ।जनता लाई गाँस बाँस कपास र आवास दिने प्रण गरेका नेता लाई आफ्नो दुनो सोझ्याउदै ठिक्क छ बिचरा ती अबोध बाल बालिका को बारेमा कहिले सोच्लान । एउटा राजा फालेर बनेका ६०१ महाराजा हरु लाई सरकारले मालामाल बनएको छ । सरकारले गरेको यो निर्णय ले देसको ढुकुटी रित्तो पारेर देसलाई  कंगाल बनाउने छ।
साच्चै भन्नू पर्दा हाम्रो संबिधान ती नेता र ६०१ कै हातमा छ यिनी हरुको स्वार्थ पूरा नहुदा सम्म केही न केही ट्रुटि देखिन्छ कार्यन्बयनमा अबरोध आइ रहन्छ  किनभने संसदको  काठमाडौमा महल पजेरो र बैंक ब्यालेन्स र पुस्तौ पुस्ता लाई पुग्ने सम्पतिको जोहो गर्नुछ ।त्यस्को लागि देशको स्वाभिमान प्राकृतिक सम्पदा बन्दकी  राख्न किन नपरोस ।

बिनोद गोतामे
दुबई युएइ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...