१७ असोज बुटवल ,दलित एकता संजाल नेपाल आई सि सि ले रुपन्देही को बुटवलमा दलित एकता संजाल परिचयत्मक तथा दिपेश सुनार राहात बितरण कार्यक्रम सम्पन्न गरेको छ ।दलित एकता संजाल युएइ को एकलाख पचास हजार र दलित एकता संजाल नेपाल बहराइनको पचास हजार सहित दुई लाख रुपयाको चेक स्व दिपेस सुनार को आमा भगवती सुनार र श्रीमती तारा सुनार लाई हस्तान्तरण गरेको छ । बरिस्ठ समाज सेवि छबिलाल बिस्वकर्मा अबुधबी शेख प्यालेस बाट आएको १८२६० रुपया पनि नगद हस्तान्तरण गरिएको छ ।
सम्पर्क सम्योजक शिव कुमारी बिक को अध्यक्षता मा भएको उक्त कार्यक्रम आशा बिस्वकर्मा ले कुसलता पुर्बक सन्चालन गर्नु भएको थियो ।दलित एकता संजाल नेपाल आइ सि सि का सचिब दधिराम परियार प्रमुख अतिथ्य रहेको सो कार्यक्रम मा विशेष अतिथी मुक्ती समाज केन्द्रिय सल्लाहकार जोगलाल बिस्वकर्मा , अन्टार्टिकामा प्रथम पटक पुग्ने भुवन सिं बिस्वकर्मा ,दलित बर्ग उत्थान का रबि बिस्वकर्मा अतिथी हरुमा नेपाल कमर्सियल आर्टिस्ट ग्रुप का एचबी रम्तेल , युबा दलित नेता सुरेन्द्र बिक,दलित मुक्ती मोर्चा रुपन्देही इन्चार्ज ओम प्रकाश सुनार ,दलित महिला संघ मनु खड्काथोकी ,परियार सेवा समाज रुपन्देहीका लोक बहादुर नेपाली ,सयपत्री बचत तथा ऋण सहकारी का हरि रम्तेल बुद्धराज गोतामे थानेस्वर रसाली लगायत को उपस्थिती रहेको थियो ।
कार्यक्रममा सबैले बोल्दै संजाल ले दलित समुदाय मा परेको विभिन्न आपत बिपत मा परेका लाई मानबिय सहयोग गर्दै दलित समुदायको मन जित्न सफल भएको र नेपाली दलित आन्दोलोन मा उदाउँदो र आशा लाग्दो संस्था भएको कुरा ब्याक्त गरेका थिए ।दिपेस सुनार लाई गरेको सहयोग गर्ने संस्था दलित एकता संजाल युएइ र बहराइन लाई सबैले धन्यबाद दिए ।प्रमुख अतिथी दलित एकता संजाल नेपाल आइ सि सि सचिब दधिराम परियार ज्यु ले संजाल को लक्ष्य उद्देस्य र भाबी कार्यक्रम को बारेमा प्रकाश पार्दै जातिय विभेदको बिरुद्द सबै एक भएर अघि बढ्नका लागि संजाल को नारा" दलित एकता आजको आबस्यक्ता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीको सहभागिता " नै उपयुक्त रहेको उल्लेख गर्नु भयो।
दलित एकता संजाल नेपाल युएई का अध्यक्ष बिनोद कुमार गोतामे ज्यु ले तयार पार्नु भएको स्व दिपेश सुनार को शब नेपाल पठाउन संजाल युएई ले गरेका विभिन्न अबस्था का झलक र आय ब्याय सहित कार्यपत्र सबैलाइ बाचन गरेर सुनाइएको थियो ।दलित एकता संजाल नेपाल आइ सि सि महासचिव खिर बहादुर परियार र दलित एकता संजाल बहराइन
का अध्यक्ष पदम बिस्वकर्मा को शुभकामना पत्र पढेर सुनाइएको थियो ।
सोही कार्यक्रमका बिच रुपन्देही का विभिन्न दलित समुदायका प्रतिभा श्रस्टा हरुलाइ आउदा दिनमा अझ प्रगती को लागि हौसला बढाउन सम्मान गरिएको थियो ।अन्टार्टिका मा प्रथम पटक पुग्ने नेपाली भुवन बिस्वकर्मा , एम बि बिएस डा. मनिश बिस्वकर्मा, आर्केटिक इन्जिनियर जीवन रम्तेल ,रास्ट्रीय खेलाडी बिपना परियार सबैलाई प्रशंसा पत्र प्रदान गरिएको छ भने खेलाडी बिपना परियारलाई थप रु - ५००० पुरस्कार प्रदान गरिएको थियो । समाज सेवि छबिलाल बिस्वकर्मा धन बहादुर सुनार र चुडामणि बिक लाई स्व दिपेश सुनार को शब नेपाल पठाउन उल्लेख्य भुमिका खेलेको हुदा प्रशंसा पत्र सहित सम्मान गरिएको छ । त्यसै गरि दलित एकता संजाल युएइ र दलित एकता संजाल बहराइन लाई पनि प्रसंसा पत्र द्वारा सम्मान गरेको छ ।
अन्तमा कार्यक्रम सम्पर्क संयोजक शिव बिस्वकर्मा ले रुपन्देहीमा दलित एकता संजाल नेपाल को पहिलो कार्यक्रम भए पनि उत्साह सहित सबैको उपस्थित रहेको मा खुसी ब्याक्त गर्दै पछिल्लो दिनमा अझै व्यापक गर्न सकिने भन्दै उपस्थित अतिथी हरु आमा बुबा दाजु भाइ दिदी बहिनी सबै लाई धन्यवाद ज्ञापन गर्दै दलित एकता संजाल नेपाल रुपन्देही डि सि सि को नामावली घोषणा गर्नु भएको थियो ।दलित एकता संजाल नेपाल रुपन्देही डि सि सि को नामा वलि यस प्रकार रहेको छ ।
अध्यक्ष - शिवा खडका
प्र,उपा, - कृण सुनार
दि,उपा, बासुदेव बिश्वाकर्मा
तृ,उपा, अमृता कालिराज
सचिब - बुद्ध राज गोतामे
सह स, - छबी नेपाली
सदस्या- शुक माया परियार
सदस्य - बिवा गहतराज
सदस्य - पृथ्वी हरिजन
सदस्य - उजेली बिश्वाकर्मा
आशा बिक
११ सदस्यीय आज गठन भएको छ भने बाकी दलित समाबेशी र नगरपालिका गा,बिस समेटी २५ सदस्यीय बनाइने छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें