सीधे मुख्य सामग्री पर जाएं

प्रदेसीको दसै



प्रदेशी
बिहान घडीको
टिक टिक संगै उठे ।
नेपाली क्यालेन्डरको पन्ना पल्टाए
रातो अक्षरमा लेखेको दसै भेटाए ।
मन मनै सोचे आज नेपालीको महान पर्व
साहुको मेलोमा खट्नु पर्ने छैन कुनै हर्ष ।


खुसी
हुन सक्छु
न चिच्याएर रुन ।
जसरी पनि सम्झाउन पर्ने यो दुखी मन ।
रेडियो टिभी युट्युबमा बज्दा दसै धुन
घर छोडी प्रदेश आए सकिन कमाउन धन
भक्कानिन्छ यो छाती सम्झेर झन झन ।

हो
हिजो
फेसबुक को
भित्ता भरि केही ले बलि को बिरोध गरे ।
कोहि खसी बोका काटेका फोटो शेर गरे ।
आज धेरैले निधारमा रातो टीका भरे
म प्रदेशी सबैको फोटो हेरि ट्वाल्ल परे ।


पनि
यहाँ आज
यो संजाल चौतारीमा ।
बिस्वका अभियान्ता ज्यु हरु संग ।
आशा भरोसा मिलन संगै लिएर उमंग ।
बिबस्ता भरी म प्रदेसीको एउटा चाहाना
शुख शान्ती समृद्धी सुस्वास्थ्यको सबैलाइ
बिजय दसमिको शुभकामना । शुभकामना ।।

बिनोद गोतामे
अध्यक्ष ,दलित एकता संजाल नेपाल युएई

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...