सीधे मुख्य सामग्री पर जाएं

दलित संजाल युएई को दसै तथा दिपावली शुभकामना आदान प्रदान सम्म्पन्न


२१ अक्टोबर २०१६ अबुधबी , दलित एकता संजाल नेपाल युएई ले हिन्दु हरुको महान पर्व जाँदै गरेको बडा दसै र आउदै गरेको दिपावली को उपलक्ष्यमा शुभकामना आदान प्रदान भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।
दलित एकता संजाल नेपाल युएइक अध्यक्ष बिनोद गोतामे को अध्यक्षता मा भएको कार्यक्रम संजाल युएइका  युबा सहज कर्ता शुबास बिस्वकर्मा को  सन्चालनमा अगाडि बढेको थियो ।प्रमुख अतिथी दलित एकता संजाल नेपाल आइ सि सि का उप संयोजक पदम नेपाली ,बिशेष अतिथी ख्यातिप्राप्त दलित समुदाय का उधोगी बराह ग्रुप का प्रोपाइटर शिव लमिछाने बिस्वकर्मा तथा बरिस्ठ समाज सेवि छबिलाल बिस्वकर्मा को रहेको थियो । अतिथी हरुमा युएइ नेपाली एकता समाज का जया बिक , बिक समाज का कमल खाती , नया शक्तिका शंकर सुनार ,कला सांस्कृतिक मंच का हरि डांगी र संजाल का ललन बिक ,बिनिता बिक कमला मोते सम्भु बिक किसन बिक ज्ञान बहादुर बिक  हुनुहुन्थ्यो ।
नेपाली रास्ट्रीय गित सहित अघि बढेको कार्यक्रम मा दलित एकता संजाल युएइका सहसचिब गगन नेपाली ज्यु ले सम्पुर्ण अतिथी पहुना हरुलाई स्वागत गर्नु भएको थियो ।कार्यक्रमको सुरु मै अबुधबी क्षेत्रीय समिती अध्यक्ष कमला मोते ज्यु ले तयार पारेको नेपाली परिकार अचार र सेलरोटी ले सबैको मन जितेको थियो भने नेपाली परम्परा को एउटा शृखला कायम राखेको थियो उपस्थित  सबैलाइ खुसी बनाएको थियो घरदेस बाट प्रदेश मा पनि नेपाली परिकार खाने अबसर प्राप्त भएको थियो ।
सबै उपस्थिति अभियान्ता  हरु माझ परिचय शुभकामना आदान प्रदान पछि अतिथी बिशेश अतिथी अतिथी हरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।सबैले प्रबासबाट दलित एकता संजाल ले गरेको कार्यको प्रशंसा गर्दै जातीय विभेद बिरुद्धको लडाइमा सबै दलित एक हुनु पर्ने उल्लेख गरेका थिए । ७० बर्षे दलित आन्दोलनको उचाइ झन खस्किनुको पछाडि दलित अगुवा हरु बिसुद्द दलित मुद्दा भन्दा पनि पार्टी धर्म ,जतिय र एन्जिओ मुखी भएको ले अब नाया युबा पुस्ता ले के कसरी दलित आन्दोलन सफल पर्न सकिन्छ सबैले सोच्नु पर्ने  बताए ।
कलाकारहरु हरि डंगी ,चुडामणी बिक ,कमला मोते सुर्य बिनायक  बिक ,किशन सिंह ,बिनिता बिक ,निसान सुनार , कृष्ण बिक , रक्की नेपाली जोडदार प्रस्तुती ले सबैलाइ मोहित पारेको थियो सबैलाइ नचाएको थियो टीका सिमोन दर्नालले "कस्तो रित " गजल बाचन गर्नु भएको थियो । सोही कार्यक्रम मा दलित समुदायका सफल व्यापारी उधोगी बराह ग्रुप का प्रोप्राइटर शिव लामिछाने बिस्वकर्मा लाई दलित एकता संजाल नेपाल युएई  ले खादा लाएर सम्मान गरेको थियो ।
दलित एकता संजाल युएइ ,छबिलाइ बिक ,चुडामणि बिक लाई  संजाल आइ सि सि को तर्फ बाट सम्मान पत्र  प्रमुख अतिथी  आइ सइ सि उप संयोजक पदम नेपाली को हात बाट बितरण गरिएको थियो । जुन  दिपेस सुनार राहात संकलन जस्तो समाज सेवा मा खेलेको भुमिका को लागि थियो  ।

अन्तमा दलित संजाल युएइ का अध्यक्ष बिनोद गोतामे ले दलित आन्दोलन अघि बढ्न नसक्नु एक हुन नसक्नुमा हामी भित्र सहमती सहाकार्य हुन नसक्नु नेतृत्वमा बिस्वास नहुनु ,हामी र हाम्रो भन्ने भावना त्यागेर म र मेरो भन्ने हठले गर्दा हो ।हामिले दलित शब्दलाइ लिएर हिनताबोध हुने होइन, दलित शब्द आफैमा अपमानित लाग्छ यति  हटदैमा हामिले पुर्ण गर्व गर्ने अबस्था रहन्न किनभने विभेद दलित भनेर मात्र गरिएको होइन  समाज ले कामी दमाई शार्कि बादी गाइने मुसहर भनेर पनि गर्छ । फेरि दलित शब्द कसैले दिएको भिक होइन भारतिय दलित आन्दोलन बाट स्थापित शब्द हो । हामी अहिले दलित शब्द भन्दा पनि अधिकार प्राप्तिको लडाइमा अघि बढ्नु पर्नेछ त्यो अधिकार धनी देखि गरिब पुर्ब देखि पश्चिम सबै ठाउका दलित समुदाय ले महसुस गर्न सक्ने गरि भन्दै उपस्थित सबैलाइ जाँदै गरेको दसै आउदै गरेको दिपावलि को उपलक्ष्यमा शुभकामना प्रदान सहित कार्यक्रम सफल पार्न खट्ने सबैलाइ अतिथी सबैलाइ धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...