सीधे मुख्य सामग्री पर जाएं

घर छोडेको १४ दिनमा बाकशमा फर्कियो शब

युएई, भदौ २३ - घर छोडेर परदेश हिंडेका युवा कहिले घर आगनमा टेक्लान ? ६ महिना, एक वर्ष वा दुई वर्ष यस्तै ! तपाईंहाम्रो दिमागमा यस्तै कुरा खेल्नु स्वभाविक हो । तर रुपन्देहीका एक युवा युएई आएको १४ दिनमै घर फर्किएका छन । उनी बिदेशिदा बोकेका सपना पुरा गरेर भने फर्किएका होइनन । 'सपना आकाशमा,शब बाकसमा घरको आगनमा' आएपछि अहिले ढेकावार २ केरवानी ६ नम्बर चौराह चोक पुरै शोकमा डुबेको हो । उहाको शब मंगलवार राती घरमा पुगेको छ ।  

पर्यटक भिसामा युएई आएका रुपन्देही केरवानीका दिपेश सुनारको यहाँ आएको ४ दिनमै ज्यान गएको थियो । उहाको भदौ १०(२६ अगस्ट) शुक्रबार बिहान हृदयघातका कारण ज्यान गएको थियो ।

कामका लागि यस् अघी झन्डै २ बर्ष रसिया बसेर ४ महिना पहिले बुवाको निधन भएका कारण उताको काम छोडेर २४ बर्षिय सुनार नेपाल फर्किनु भएको थियो । नेपाल बसेर बाबुको काजकीरिया सकेर दुबईमै कार्यरत आफ्नै बाल्यकालको साथी हेम गुरुङको केही आर्थिक सहयोगमा एक लाख नेपाली रुपैया खर्चेर भिजिट भिसा (पर्यटकिय)मा उहा भदौ ७ (अगस्ट २३) दुबइ आउनु भएको थियो । आँफैले रोजेको भने जस्तो काम गर्ने र परिवारको गर्जो टार्ने सपना उहाको यहाँ आएको ४ रातमै टुट्यौ ।

साँढे ३ महिनाको गर्भवती श्रीमती , आमा र एक छोरा छोडेर परदेशिएका उहाको ज्यान गए सँगै परिवारको विचल्ली भएको छ । कमाएर ल्याउने घरको एउटा छोरा त्यो पनि परदेश गएको ४ दिनमा ज्यान गुमाएपछि परिवारको विचल्ली भएको स्थानिय सन्चारकर्मी यम रानाले जानकारी दिनुभयो ।

पर्यटकिय भिसामा रहदा ज्यान गएकाले उहाको शब नेपाल पुराउन जटिलता भएको थियो । उहाको ज्यान गएको बारे उज्यालो अन्लाईनमा समाचार प्रकाशन भएपछि युएईमा सहयोग स्वरुप रकम सकंलन अभियान चलाईेएको थियो । सुनारको शब नेपाल पुराउन दलित सन्जाल र विश्वकर्मा समाज युएईले १० दिन लगाएर आर्थिक सहयोग जुटाएका हुन ।  झन्डै ३ लाख नेपाली रुपैया खर्च लागेको सन्जालका अध्यक्ष विश्वकर्माले बताउनु भयो ।

दलित संजाल र विश्वकर्मा समाज युएईले संयुक्त पहल गरि  सुनारको शब नेपाल पठाउन आर्थिक सकंलन गरिएको थियो। हाल सम्म समाजले सकंलन गरेको रकम सार्वजनिक भएको छैन । समाजले सकंलन गरेको रकम अब सुनारका बालबालिकाको लागि राहतस्वरुप प्रदान गर्न चाहेको बिस्वकर्मा समाज का अध्यक्ष  बाबुराम बिस्वकर्मा ले बताउनु भएको छ ।

यो अभियान लाई सम्पन्न पार्न  आबुधाबीमा सकृयता  पुर्बक लागि पर्नु भएका बिस्वकर्मा समाज  का छवीलाल बिश्वकर्मा र संजाल अभियन्ता चुडामणि बिस्वकर्मा लाई दुबै संस्थाका अध्यक्ष द्वय  बिस्वकर्मा ले धन्यबाद दिएका छन  ।

शव नेपाल पठाउन सहयोग गर्ने दलित सन्जाल , विश्वकर्मा समाज, पत्रकार तथा नेपाली दुतावास आबुधाबीले गरेको सहयोग अनुकरणिय रहेको मृतकका मामा शंकर शर्माले बताउनु भयो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...