सीधे मुख्य सामग्री पर जाएं

नेपाली पछि हिन्दी नै दोस्रो उपयोगी भाषा हो ।


अहिले फेसबुक मिडियामा हिन्दी भाषालाई रास्ट्रीय भाषाको मन्यता दिने बिषयमा निकै चर्को बहस देखिएको छ ।म भारतिय हेपाहा प्रबृतीको बिरोध गर्छु बिस्तारबदि नितिको बिरोध गर्छु तर हिन्दि भाषाको बिरोध गर्दिन । किनभने आज भन्दा २० बर्ष अघि बिद्यार्थी संगठनहरुमा लाग्दा व्यापक संस्कृति भाषाको बिरोध गरि किताब हरु पनि जलाइयो ।यो भाषाको नेपालमा काम छैन भन्थ्यौ ।
जब म पहिलो पटक दुबई आए एउटा कम्पनीमा काम गर्दा धेरै देशका साथी हरु थिए । मलाइ नेपाली भन्दा अरु केही भाषा आउदैनथ्यो ।श्रीलंका ,बङला,मद्रासी केरला,अन्ध्रा आदि इत्यादि ठाउका ।हामी सबैलाई आफ्नो मात्रीभाषा बाहेक अरु केही आउदैन थियो ।हातको इसारामा लाटो झै कुरा गरिन्थ्यो ।तर कहिले काहीँ ती सबै साथीले संस्कृतमा भनेका शब्द बुझ्थे जस्तै (जलम  ,भोजनम ,द्रक्षफलम, मिनु )अनि मलाइ हामिले गरेको संस्कृति भाषाको बिरोध प्रती दुख लायो भाषाको बिरोध होइन ज्ञान लिनु पर्ने रहेछ ।दक्षिण एसियाका धेरै रास्ट्रका भाषाको जग संस्कृती हो यहाको पुराना इतिहास हरु पनि संस्कृतिमै लिपिबद्ध छन ।अझै खुसीको कुरा नेपाल  बाट आएको १५ दिनमै हिन्दी भाषा बोल्न सक्ने भए  यतिछिटो म हिन्दी बोल्दा आन्ध्रा ,मल्याली र मद्रासी छक्क परे सायद नेपाली र हिन्दी धेरै कुरा मिल्दा जुल्दा छन त्यसैले पनि होला ।
देवनागरी लेख्ने स्कृप्ट हिन्दी नेपाली एउटै भाषा पनि एक अर्कामा परिपुरक छ्न ।बास्तब मै सबै नेपाली ले बुझ्ने छिटो र छरितो भाषा पनि नेपाली पछि हिन्दी नै होला नेपालमा हामी संग भएका धेरै भाषा मध्य हिन्दी पनि एउटा रास्ट्रीय भाषा नै हो । अरब मा भएका ५० लाख युबा र भारतमा भएका करिब ५० लाख युबा ले बोल्ने भाषा पनि हिन्दी हो ।
संस्कृतिक र ब्यापरिक रुपमा पनि नेपाल मा बढी नै हिन्दी भाषाको उपयोग छ  । गाउमा झ्याउरे कडुवा घाटु  नाचेको देखे पनि तर पर्दा मा म पाँच बर्षको उमेरमा पहिलो हिन्दी फिल्म लावालिस  हेरेको थिए ।मलाइ सबै कुरा याद नभए पनि एउटा गीत याद छ(जिस्की बिबि मोटि उसका भि बडा नाम हे ) त्यो त्यतिखेरै सुनेको हु अझै पनि याद छ ।
आज भोलि त नेपाल को सिनेमा हल हरुमा ७५% हिन्दी फिल्म नै लग्छ्न ।प्रत्येक घरमा हिन्दी सिरियल हरु भन्दा अरु हेरिदैन । हुनत हिन्दी भाषी भनेर चिनिने समुदाय संख्या मा कम्ती होलान तर ब्यबहारिक दुनियामा नेपाली पछि हिन्दी नै दोस्रो उपयोगी भाषा हो ।

बिनोद गोतामे

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...