आदरणिय
सम्पुर्ण अभियन्ता तथा मेरा सहकर्मी मित्र हरु
नमस्ते जय दलित एकता ।।
२३ अगस्ट भिजिट भिषामा युएई आएका रुपन्देही केरवानी गा बि स ,ढेकार ६ नं चौराहा का दिपेस सुनार २५ अगस्ट आएको २ दिन पछि काम खोजी को सिलसिला मा आफ्नो काका धन बहादुर सुनार लाई भेट्न अबुधबी आइ कार्ड गएका थिए । सोही दिन राती २६ गते बिहान करिब ३ बजे मृत्यु भएको थियो ।
यो घटना को जानकारी दलित एकता संजाल नेपाल पुर्ब संयोजक तथा बर्तमान आइ सि सि संस्थापक सल्लाहकार नारायण रपाल बिस्वकर्मा द्वारा "संजाल चौतारी " मा जानकारी पाए पछि र युएइ संजाल लाई सत्य तथ्य बुझ्न र सहयोग गर्न आग्रह गरे पछि मैले विभिन्न च्यानल बाट बुझ्ने प्रयास गरि सबै जानकारी लिएको थिए । आदरणीय सहयात्री साथी हरु दिपेस सुनार दलित एकता संजाल नेपाल बहराइनका अध्यक्ष पदम बिक (राजु ) को साला पनि भएको ले हामिले जसरी भएपनी सहयोग गर्नु पर्ने हुन्थ्यो । र मैले पनि चिनेको भाइ भएको ले दलित एकता संजाल नेपाल युएई पनि केही नगरी आँखा चिम्लेर बस्न पक्कै पनि सक्दैन र सकेनौ ।
२६ अगस्ट बिहान म सुतिरहेको अबस्थामा यो खबर सुने पछि वर दुबई मा रहेका केही साथी हरु बाट बुझ्ने प्रयास गरे किन भने आएर म संग पनि कुराकानी भएको थियो त्यस बखत वर दुबईको मिना बजार मा रहेको जानकारी दिएका थिए । बहराइन बाट नारायण रपाल जि द्वारा काका धन बहादुर र मामा को नम्बर प्राप्त भए पछि कल गरि बुझ्दा अबुधबी खलिफा हस्पिटल मा भएको जानकारी पाइयो ।त्यतिखेर सम्म घर मा जानकारी गराइएको थिएन मेरो सुझाब अनुसार जे हुने भैसक्यो आखिर भन्नू त पर्छ नै भने पछि र बार बार नेपाल बाट पनि कल आइरहेको हुदा धन बहादुर जि बाटै मृत्यु भएको बताइएको थियो । त्यो खबर ले घर मा अत्यन्त मर्माहत दुख स्तब्ध र रुवाबासी नै बनायो ।विधिको नियम कस्ले रोक्न सक्छ र जे हुने भयो अब ठुलो पीडा को बाबजुद सम्हालिनु पर्ने मानव को बिशेषता हो त्यही अनुरुप नै आँसु र पीडा लाई मुटुभरी चापेर दिपेश को श्रीमतिले लास जसरी भए पनि नेपाल पठाउन आग्रह गरिन ।घरको अबस्था अत्यन्त दयनिय र कमाउने ब्याक्ती दिपेस को पनि मृत्यु भएको हुदा त्यो परिवार अत्यन्त बेसहारा भएको थियो ।अझै सत्य कुरा २/३ महिना अघि दिपेश को बुबा को पनि मृत्यु भएको थियो । त्यही दिन पत्रकार खिम लाल पान्डे र उमाकान्त पाण्डे को सहयोग मा निउज मेरो रेपोर्टिङ मा बनाइयो । डि सि नेपाल आनलाइन ,उज्यालो अनलाइन लगायत सबै अनलाइन मा समाचार सम्प्रेषण गरियो यस्ले आर्थिक सहयोग को लागि महत्वपूर्ण भुमिका खेल्यो ।सबै सहयोगी मन हरुलाई सहयोग गर्न सक्ने बनायो ।
२७ अगस्ट साझ बिस्वकर्मा समाज ले एकल यो अभियान सन्चलन गर्ने कुरा गरे पछि संजाल किन पछि पर्ने जबकी संजाल ले सबै कुराको जानकारी लिएको छ ।बिस्वकर्मा समाज ले अर्जेन्ट बैठक बसि सबै कुरा टुंगो लगाउन थाल्यो हामी संजाल मा अझै बहस वा छलफल चलेको थिएन ।युएई का संस्था हरुको अध्यक्ष हरुको व्हाट्स अप ग्रुपमा मैले यो घटना को बारेमा जानकारी गराउदा धेरै संस्था प्रमुख र समाज सेवि हरुको सुझाब दलित एकता संजाल युएई र बिस्वकर्मा सामज युएई ले संयुक्त नेतृत्व गर्दा उत्तम हुन्छ भन्ने सुझाब पाएको हुदा । यो आपत को घडिमा बिस्वकर्मा समाज युएइका अध्यक्ष बाबुराम बिक र म प्रत्यक्ष स्काइप कल गरि संयुक्त रूपमा गर्ने निर्णय गरेको याहा हरु समक्ष अबगत गराउन चाहन्छु ।यो आपतकालीन अबस्थामा गरिएको निर्णय भएको ले कतिपय हाम्रा अभियन्ता ज्यु हरु मा केही अप्ठ्यारो भएको महसुस गरेको छु र वाहा हरु द्वारा सहयोग हुन नसके पनि सहनाभुती समबेदना पनि प्रकट हुन नसक्नु अत्यन्त दुखको कुरा हो ।हुनसक्छ मेरो निर्णय सहि भए पनि छलफल बिना एकतर्फी निर्णय गलत थियो प्रजातान्त्रिक मूल्य मान्यता बिपरित थियो । म यश को लागि आत्मआलोचना गर्न चाहन्छु सम्पुर्ण अभियन्ता हरु समक्ष ।
हाम्रो यो संयुक्त अभियानमा निकै मेहेनेतका साथ दुबै संस्था लागि परेका थिए त्यसैको प्रतिफल हामीले दिपेश सुनार को पार्थिब शरीर १० दिन भित्र नेपाल पठाउन सफल भयौ ।बास्तब मै यो एउटा उदाहरणिय कार्य दलित एकता संजाल नेपाल युएइ र
बिस्वकर्मा समाज नेपाल युएई ले संयुक्त रुपमा गरेर सफल पारेको छ ।
यश अभियान लाई प्रत्यक्ष रुपमा सफल पार्न प्रत्येक दिन आफ्नो जागिरको प्रवाह नगरी निरन्तर खट्नु हुने आदरणीय ब्याक्तित्व अबुधबी पुलिसमा कार्यरत छबिलाल बिस्वकर्मा ज्यु लाई हामी हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ । त्यसै गरि दलित एकता संजाल नेपाल युएई का सकृय अभियन्ता चुडामणि बिस्वकर्मा ज्यु लाई पनि हार्दिक आभार ब्याक्त गर्दछु ।
अन्तमा स्व. दिपेस सुनारको लास नेपाल पठाउन सहयोग गर्नु हुने युएई मा अबस्थित विभिन्न संस्था,समाज सेवि ,बुद्धिजिबी ,पत्रकार तथा सम्पुर्ण सहयोगी मन का धनी दाता हरु लाई दलित एकता संजाल नेपाल युएई को तर्फ बाट हार्दिक धन्यबाद ।।
आदरणीय मेरा सहकर्मी सहयात्री मित्रहरु स्व .दिपेश सुनार को लास नेपाल पठाउन आर्थिक अभियान मा जुट्नु हुने सम्पुर्ण अभियन्ता हरुलाइ यहा सम्झन चाहन्छु जसको अथक प्रयास ले हामीले यो अभियान को लागि ९७२० दिराम संकलन गर्न सफल भएका थियौ ।यो अभियान हामी दलित एकता संजाल नेपाल युएई ले (२८-०८-२०१६ देखि ०३-०९-२०१६ ) सम्म सन्चालन गरेको थियो । यो अभियान मा प्रत्यक्ष रुपमा खट्नु हुने अभियानता तथा सहयोगि हरुको नामवली निम्न रहेको छ ।
✊ बिरु सुनार ✊
१: आइएनटिसि परिवार - ३२० दिराम
२: संजाल सदस्य : -
३: बिस्णु सुनार : ७२० दिराम
✊सम्भु बिक ✊
१: बिभा बिक - ६५५ दिराम
२: कमला कार्की - १४८० दिराम
३: गनु बिक - ३९१ दिराम
✊चुडामणि बिक ✊ अबुधबी
१: रमेस सेन्चुरी -
२:बिक्की -
३:रोक्की -
४: कमला मोते -
५:सुबास बिक -
६: ज्ञान बहादुर बिक -
टिप्पणियाँ
एक टिप्पणी भेजें