सीधे मुख्य सामग्री पर जाएं

मरभुमिको फूल र टुटेका नेपाली सपनाहरु

२०१६, सेप्टेम्बर ६ तरिख हाम्रो यात्रा दुबई बाट  अबुधबीको लागि सुरु हुन्छ ।झिस्मिसे बिहानिमा
हतार हतार गर्दै करिब १५० किमि को दुरि तय हुन्छ ।
दुबई को झिली मिलि सहर पार गर्दै १२०  किमि प्रती घण्टा को  दरले सहकर्मी मित्र बिस्वकर्मा समाज युएई का अध्यक्ष  बाबुराम बिस्वकर्मा ले कार ड्राइभिङ गर्दै हुनुहुन्थ्यो ।हामी ४ जना थियौ म बाबुराम बिस्वकर्मा ,बिरु सुनार ,बाबुराम गोतामे , कार आफ्नो गति मा गुडि रहेको थियो हामी बिच दुखसुख का कुरा हरु पनि हुदैथियो ।दुबई को ठुला ठुला  महल हरु छिचोल्दै हामी उधोगहरुको सहर जेबल अलि पुग्यौ ।त्यो भन्दा पर सडक को दायाँ बायाँ बालुवा का मैदान हरु देखिन्थ्यो ।हामि बिच भलाकुसारी भैरहेको थियो एउटा युबा को जो २६ बर्षका दिपेश सुनार को थियो गत २३ अगस्त युएइ आएका दिपेस सुनार को  आकस्मिक हृदयघात को कारण आएको ४ दिनमा अबुधबी को आइकार्ड भन्ने सथान मा  मृत्युु भएको थियो । हाम्रो यो टोलि स्व दिपेस सुनार को पार्थिब शरीर नेपाल पठाउने सिलसिला मा अबुधबी को खलिफा हस्पिटल  साम्मको एउटा दुखद यात्रामा निस्केको हो  ।

हाम्रो यात्रा निरन्तर अघि बढ्दै थियो आफ्नै रफ्तार मा जेबल अलि र अबुधबी का बीच भएका केही दृस्य हरु ले मेरो मन केही सोच मग्न भयो ।
त्यो दृस्य त्यहा को मरभुमी माथी मानव द्वारा निर्मित हरियाली को हो  बनस्पती  वृक्ष र फुल हरुको हो ।
सच्चै युएई को सरकारले त्यहाका प्रत्येक बनस्पति हरुलाइ एउटा शिशु ले पाउने स्याहार सुसार भन्दा बढि सम्भार गरेको छ । त्यसैले त मरभुमीको बालुवा माथी हरियाली रंग चढेको छ शेखजायद रोड को अबुधबी खण्ड मनमोहक बनाएको छ ।
सडक वारिपारी सेता पर्खाल ,पर्खाल माथी हरियो रेलिङ (प्यानल ) कहि कहि त क्यामेल स्ट्रेन्च पनि निर्माण गरिएको छ ।हरेक वृक्षको जरा जरा मा पानी का पाइप हरुको ब्यबस्था गरिएको छ ।
यो सब गर्नुको मतलब जनावर र बनस्पति को रक्षा नै हो ।सोच्नुस त कति जिम्मेवार छ यहाँको सरकार बनस्पती वृक्ष र फुल हरुको निम्ति पनि तर हाम्रो देश को भने बेग्लै छ किन भने हामी त हरियो बन नेपाल को धन भन्ने कथन भएको देशको जनता सधै देशभक्त र स्वाभिमान को कुरा गर्ने जनता र जनता माथी कुनै पनि भुमिका नदेखाउने सरकारको  बेरोजगार हामी  निरीह जनता  ।
हामी अबुधबी को सहर मा प्रबेस गर्छौ  सहर का बिच बिच मा दुबो र फूलका  हरियो पार्क हरुमा सिचाइका पानीका फोहरा चलेका हुन्छ्न बिहानी सुर्यको किरणले सप्तरंगी धर्का हरु देखिन्छ ।हामी सबै जना अबुधबी का साथी हरु संग सम्पर्क गर्दछौ । करिब ८ बजे अबुधबी को खलिफा हस्पिटल को मुख्य गेट मा पुग्दछौ सहकर्मि मित्र हरु शुबास बिक र ज्ञान बहदुर जि संग भेट हुन्छ कमल खाती जि संग भेट हुन्छ केही बेर को मेलमिलाप पछि पुन हामी लास घर तर्फ प्रस्थान गर्दछौ ।
त्यहा यश केश मा सकृय तरिकाले लाग्नु भएका छविलाल बिस्वकर्मा जि संग भेट हुन्छ । कुसल समाज सेवि छबिलाल बिक जिको अथक प्रयास र लगन ले नै हामी यति चाडो यो बडि  नेपाल पठाउन सफल भएका हौ ।साथमा दलित एकता संजाल अबुधबी कोषाध्यक्ष चुडामणि बिक एबम मृतक का काका धन बहादुर सुनार को पनि अतुलनीय योगदान रहेको छ । यहाँ हरुको यो सक्रियता र कार्य को दलित एकता सांजाल र बिस्वकर्मा समाज का हामी दुबै अध्यक्ष ले धन्यबद ज्ञापन गर्यौ । अनि हामी सबै केही समय वेटिङ हल मा प्रतीक्षा गरिरहयौ दिपेस सुनार कै बारेमा दुखभरी भालाकुसारी  चली रहयो  ।डकुमेन्ट प्राप्त गरे पछि हामी लास राखिएको मुर्दा घर तर्फ प्रस्थान गरियो  जहाँ माइनस २२ डिग्री चिसो मा  स्टिलको घररा भित्र दिपेस को पर्थिब शरीर राखिएको थियो ।त्यो हल मा फोटो खिच्न प्रतिबन्ध रहेको कुरा सेक्युरिटी गार्डले हामी लाई जानकारी गराए हस्पिटल का दुई जना कर्मचारिले दिपेशको लास हेर्न लाई अनुहारको कपडा हाटाइ दियो हामी सबैले पालै पालो हेर्यौ सबैको आँखा मलिना भए कतिको त आँसु नै तप्कन पुग्यो ।हामी उभिएको दायाँ साइड मा ३/४ वटा प्लाइ का बाकस हरु हुन्छ्न सायद  लास पेक गर्न को लागि होला ।हामिले हेरि सके पछि त्यहीका कर्मचारी हरुले त्यही प्लाइउडको बक्सा मा लास पेक गर्ने तयारी गर्यो हामिले पनि लास लाई उठाएर बाकस मा राख्न सहयोग गर्यौ । ती कर्मचारी हरुले एउटा जस्ता पता भित्र पट्टी बाट रिपिट को सहयोगमा बन्द गरे त्यस पछि बाहिर प्लाइउड ले पुर्ण रुपमा बन्द गरि दिपेश सुनार दुबई टु काठमाडौ भनेर मार्कर ले लेखिदिए अनि हामी ६ जना साथी हरुले त्यो लास उठाएर कार्गो को लागि एम्बुलेन्स मा राखी पठायौ काका धन बहादुर सुनार लास को साथ नेपाल जाने भएको हुदा एम्बुलेन्स  मै एयरपोर्ट प्रस्थान गर्नु भयो ।हामी सबै खिन्न मुद्रामा अलबिदा दिपेस बाहेक केही भन्न सकेनौ ।  हेर्नुस त आस बोकेर आएका हामी नेपाली लास बनी फर्कदा कस्को पो मन नरोला ।
धन बहादुर जि को फ्लाइट दिउँसो दुई बजेको भएकोले म , छबिलाल बिस्वकर्मा ,चुडामणि बिक ,सुबाश बिक दुई बजे सम्म अबुधबी मै बस्यौ अन्य साथी हरु भने आफ्नो आफ्नो गन्तव्य पहिल्यै लागि सक्नु भएको थियो ।जब धन बहादुर सुनार जि ले २ बजे फोन गरि सबै कुरा भयो अब म उड्न को लागि तयारी अबस्था मा छु भने पछि हामी ढुक्क भयौ अब दिपेश को पर्थिब शरीर नेपाल पठाउन सफल भयौ ।त्यस पछि म अबुधबी का साथी हरु संग छुटी दुबई आउनको लागि अबुधबी बस पार्क तर्फ आए २५ दिराम को टिकट खरिद गरि बस मा बसे अन्त सम्म छबिलाल दाजु ,चुडामणि जि सुबास जि को बिदाइ मा एउटा अलग्गै भाब भेटे त्यो थियो अपनत्व भाइचारा र मित्रता साथै दलित एकता संजाल ले जोडेको हाम्रो एकताको नाता यो नाता हामी सबैमा सुख दुख सधै कायम रहोस भन्न चाहन्छु ।अनि सबैलाइ बाइ बाइ भनी अबुधबी बाट दुबइ को लागि रवाना हुन्छु । बाटो मा फेरि त्यही याद आउँछ दिपेश को मृत सरिरको जो १२ दिन अघि काम को लागि म संग कुरा गर्दै थिए ।
आफ्नो देशमा रोजगारको प्रचुर सम्भावना भएर पनि राजनितिक अस्थिरताले सहि ब्यबस्थापन को आभाबले हाम्रो देशका  लाखौ युबा घरदेस बाट परदेश हिड्ने लर्को  दिन प्रतिदिन वृद्धि भैरहेको छ ।यो वृद्धि ले सबै लाई शुख होइन दुख पनि दिएको छ । भग्यमानी  युबा हरु खुसी को पाहुर लिएर फर्किएका हुन्छ्न ती अभागी हुन जो दिपेस झै मृत्युको सन्दुक भित्र कैद भएर फर्किन्छन ।
मरभुमिको कालोपत्रे सिधा सडक छेउछाउ रहेको हरियाली लाई सम्झन्छु अनि ती बिबस नेपाली मन हरु लाई सम्झन्छु । कस्तो छ मेरो देश है हामी एकछक पेट्भरी खान र पारिवारिक शुख शान्तिको लागि घर देखि पर धेरै टाढा सात समुन्द्र पारी मरभुमी मा मृत्युु वरण गरिरहेका छौ ।हरेक दिन धेरै नेपाली हरु दिपेस झै बाकस मा फर्किरहेका हुन्छ्न ।आखिर कहिले सम्म यस्ता बाकस  हरु फर्की रहने हो सरकार ?? सच्चै युएई को सरकारले यहाको बोट बिरुवा मा जुन किसिम ले धेरै लगानी गरि स्याहर सुसार गरेर मरभुमिको माटो विभिन्न रंगको फुल हरु फुलाएको छ उदार नीति अपनाएको छ  नेपाल सरकार ले  मानब लाई  त्यति सुरक्षीत  र उदार नीति अपनाएको छैन जुन प्रत्येक दिन १५०० को लस्कर मा बाहिरिएका हुन्छन हाम्रा युबा हरु  । यसरी लाखौ सपना हरु बोकि लाखौ खर्चिएर आउने हजारौ युबा हरु प्रबास बाट दैनिक ३ जना रातो बाकस मा फर्कन बिबस छन ।ती आत्म हरु जो आज दिपेश सुनार को अबस्था मा पुगेका हुन्छ्न यिनी हरुको सपना टुटेर चकनाचुर हुन्छ ।यो दिपेश सुनार को मात्र नभएर सयौ नेपाली को ब्यथा हो करुणिक कथा हो ।

बिनोद गोतामे
दुबई ,युएई

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...