आधुनिक नेपाल मा जतिसुकै राजनैतिक परिवर्तन भए पनि सामाजिक संरचना र त्या भित्रको मुल तत्व परिबर्तन हुन सकेको छैन । ।परिणामस्वरूप शदियौ पहिले का परम्परा चाल चलन व्यबहार आज पनि ज्यौ क त्यौ छन । समाज विभिन्न जात जाति मा बिभाजित छ।त्या भित्र जाति अनुसार को हैसियत र त्यही अनुसार को विभेद छ।जो पृथ्वीनारायण शाह को पालामा पनि थियो राना काल मा पनि थियो र आज पनि छ। नेपाल मा भएका विभिन्न खाले परिवर्तन , वाद, बिचार आन्दोलन बाट सति प्रथा ,राज संस्था फ्याकिए पनि एउटा तत्व फ्याक्न सकिएको छैन । त्यो हो ब्राह्मण वाद ।
त्यही ब्राह्मण वाद र त्या बाट उत्पादित जाती र जात अनुसारको हैसियत हुने हुँदा ब्राह्मण सबैभन्दा माथी र चाहे राजा नै किन न होस ब्राह्मण भन्दा तल । त्यसै रोल क्रम अनुसार कति तल परिएछ छ्टपटाउनै गाह्रो । यो ब्राह्मण वाद यति बलियो संग हाबी भएको छ कि सम्पुर्ण शरीरमा फैलिएको क्यान्सर जस्तो भएको छ।नियम कानुन अलि अलि रोकथाम गर्ने औसधि जस्तो मात्र भएको छ । संबिधान मा पनि जात जाति नाम मा छुवाछूत भेदभाव गर्ने न पाईने भने पनि जात जाती छैन भन्ने कुरो उल्लेख छैन । जहाँ जात जातिं का कुरो आउँछ त्यो कुनै न कुनै रूपमा भेदभाव हुन्छ नै।
त्यही कारण हो जति प्रगतिशील ,परिवर्तन का कुरा गरे पनि एउटा जन जाती को ब्राह्मण ,क्षेत्री या दलित समुदाय संग हाम्रो चलन अनुसार मागी बिबाह हुदैन ,त्यस्तै ब्राह्मण ,क्षेत्री , जनजाति या दलित समुदायको आ आफनै मा हुन्छ । दलित भित्र दलित दलित मा पनि त्यो हुदैन भएको छैन ।बिस्वकर्मा र दमाई ,या अरु कुनै संग मागी बिबाह हुन सकेको छैन।त्यो हुनु भनेको ब्राह्मण वाद कै कारण हो।
यदि कै कतैबाट केटाकेटी ले बिजातीय बिबाह गरे भने त्यही ब्राह्मण वाद ले तोकेको हैसियत तोकेको हैसियत का आधार मा व्यबहार हुन्छ ।यदिगैर दलित र दलित भित्र त्यस्तो भयो भने परिणाम तपाईं हाम्रो सामुन्ने छ।त्या कानुन ,न कानुन पालक न सरकार न मानवता कसैले काम गर्दैन ।सजाय् को भागिदार दलित बन्नुपर्छ ।कानुन का ब्याख्याकार हरु ले भोलि छुवाछूत भेदभाव गर्न न पाईएने भने पनि बिबाह गर्न पाईने कतै उल्लेख छैन भन्न बेर गर्ने छैनन् ।
यसैले भन्ने गरेको छु "जातीय छुवाछूत दलित का लागि अभिशाप हो भने नेपाल र नेपाली का लागी कलंक हो"।यस्को उत्पत्ति ब्राह्मण वाद बाट भएको छ । जब सम्म ब्राह्मण वाद समाप्त हुदैन तब सम्म नेपाल मा जातीय भेदभाव कायम रहिनै रहने छ ।
चित्र नेपाली
सचिब ,दलित एकता संजाल नेपाल युएई
टिप्पणियाँ
एक टिप्पणी भेजें