क्रान्ती अझै चल्नेछ ,भोलि जंगिन्छ
तातो रातो रगतको होलि रंगिन्छ ।
वीर हामी नेपाली अगाडी बढिन्छ
युद्धको मैदान मा निरन्तर लडिन्छ
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छु ।
तर दुस्मनको सामु , झुक्दिन म झुक्दिन ।
बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।
यहाँ रास्ट्र्घाती मिलेकाछ्न देश टुक्रा पार्न ।
देशकै ………………
हामी सबै नेपाली हिमाल पहाड तराइ ।
एक आमाका सन्तान हौ छैनौ कोहि पराइ ।
देशकै …………………
# दलित एकता संजाल नेपाल गोरखा
>अध्यक्ष , किसन बहादुर गान्धारी
सम्पर्क ९८४१९७८३३४
>सचिव हर्क नेपाली
सम्पर्क ९८४६५३६१३०
आदरणीय
अध्यक्ष महोदय ,
यश दलित एकता संजाल नेपाल आइ सि सिको निम्तो स्वीकार गरि प्रमुख अतिथी को आसन ग्रहण गर्नु भएकी पत्रकार पबित्रा सुनार ज्यु ।विशेष अतिथिको रूपमा उपस्थित हुनु भएका दलित आन्दोलन लाई प्रबास मा बसि प्रत्यक्ष अप्रत्यक्ष रुप मा योगदान पुर्याउनु हुने युरोप र अमेरिका का प्रतिनिधि ज्यु हरु
धर्म बिस्वकर्मा एबम हरिश चन्द्र नेपाली डा बिस्णु माया परियार ज्यु ,राज्यको चौथो अंग पत्रकार बिनोद बिस्वकर्मा गोपाल सिबा ज्यु हरु, विभिन्न एन सि सि अधक्ष ज्यु हरु संजाल को यश चौठो पुनर्गठन मा पाल्नु हुने समस्त देस प्रदेश का अभियन्ता ज्यु हरु ।जातिय विभेद बिरुद्ध समानताको लागि समतामूलक समाज निर्माण मा जुट्नु हुने हामी सबैमा नमस्ते ,जय दलित एकता ।
"दलित एकता आजको आबस्यक्ता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपाली को आहभाहिता " यहि नाराले आज भन्दा ३ बर्ष अघि मलाइ संजाल मा आबद्ध हुन आकर्षित गरेको थियो।
सोही अनुरुप संजाल को यो यात्रामा म पनि समाहित हुन पुगे र आजको दिन सम्म पनि हामी साथ साथ छौ । यो एउटा सामाजिक अभियान भैकन पनि जातिय विभेद को बिरुद्ध विभिन्न समय मा आवाज उठाएको र मानबिय धर्म समाज सेवा पनि उत्तिकै लागि परेको हामी सबैलाइ सर्बबिदितै छ ।धेरै दलित समुदाय को आशाको किरण बनेको छ । भरोसा गर्ने चिराग को रूपमा बल्न थालेको छ ।हामी ले यसको संरक्षण गर्दै नया कार्ययोजना सहित पुर्ब पश्चिम तराइ पहाड हिमाल का हरेक गाउँ गाउँ मा जातिय विभेद बिरुद्ध को कार्याक्रम हरु सन्चालन गरि अझ व्यापक हुन जरुरी छ ।
पहिलो संबिधान सभा र दोस्रो संविधान सभा बाट प्राप्त अधिकार को सुनिस्चितता को लागि सधै खबर दारी गरिराख्नु आबस्यक छ ।
तेस्रो बर्ष पूरा गरि यो चौथो बर्षको पुर्बसन्ध्या मा अब संजाल बिगत का कमिकमोजोरी लाई सुधार गर्दै , जनताका माझ जान जरुरि छ सुख दुख को साथमा साथ दिन जरुरी छ । म आज धेरै लामो कुरा नगर्दै दलित एकता संजाल नेपाल स्थापनाको तेस्रो बर्षपूरा गरि चौथो बर्ष मा धेरै राम्रा काम गर्न सफल होस र आज चयन हुने नया एन सि सि लाई युएइ संजाल को तर्फ बाट अगृम सफलता को शुभकामना प्रदान गर्दछु।
धन्यवाद
बिनोद कुमार गोतामे
अध्यक्ष ,दलित एकता संजाल नेपाल युएई
टिप्पणियाँ
एक टिप्पणी भेजें