सीधे मुख्य सामग्री पर जाएं

समानता बिरोधी हाम्रो धर्म संस्कार र समाज

हिन्दु धर्म भन्न त बिस्वकै पहिलो र बैज्ञानिक तथ्य पुर्ण छ भनिन्छ ।तर यहि धर्म मान्ने दक्षिण एसिया का करिब २५ करोड मान्छे हरुलाइ पशु भन्दा तल्लो दर्जा मा जिउन बाध्य बनाएको छ ।भारत पाकिस्तान बंगलादेश श्रीलंका र नेपाल मा यहि धर्म भित्र दिन दिनै कैयौ मन्छे अपमानित हुन्छन विभिन्न विभेद जन्य घटनाका सिकार भएका छन ।
हुनत केही धर्म गुरु दिग्गज हरुले हिन्दु धर्म विभेद रहित छ भन्ने दावा गर्दछन तर दावा गरे अनुसार समाज छैन । एउटा मन्दिर हिन्दु धर्मावलम्बीले आरधना गर्ने प्रमुख स्थल हो ।यहि मन्दिर को द्वार मा अछुत प्रबेश निषेध लिखिन्छ किन ??
धर्मका ठेकेदार हरु संग प्रस्न गर्न चाहन्छु  सौर्य मन्डल को परिवार पृथ्वीमा अबस्थित जीवन रुपि सबै मानिस हरु को जन्म देखि मृत्यु सम्म एकै प्रकारको जीवन चक्र पूरा गरि जन्म हुन्छ तर स्वार्थ को लागि हाम्रो धर्म मा तथ्य हिन आधरहिन दैत्यकथाको सैलिमा विभिन्न जात जति लाई अलग अलग जन्मिएको उल्लेख किन गरियो ?? जस्तै कि ब्राह्मण -मुख बाट ,क्षेत्री -पाखुरा बाट ,वैश्य - तिग्रा बाट र सुद्र पैतला बाट  ।यी आधार हिन दैत्य कथा नै जातिय विभेद को प्रमुख कारण  हो ।यहि कुराको सिको गर्ने हिन्दु समाज विभेद को मुर्त रुप हो ।यहाँ गैर दलित ले दलित लाई मात्र विभेद गरेको छैन ,सबै जात जाती समुदाय भित्र आफू आफैमा विभेद रहेछ ।
हरेकमा  श्रेणी बिभाजन गरिएको छ ब्राह्मण भित्र उपाध्य र जैसी, क्षेत्री ,घर्तीक्षेत्री ,जनजाती भित्रका विभिन्न जातिहरुमा दलित भित्रका विभिन्न जातिहरुमा आफ्नो आफ्नै तह बनाएर विभेद प्रथा छुवाछुत लाई बलियो बनाउन हर सम्भब प्रयास गरिएको छ । एक आपस मा टुक्र्याइएको छ फुटाइएको छ कमजोर बनाइएको छ । यो हिन्दु धर्मको आडमा पुराना सासक हरुले आफ्नो सत्ता टिकाउन रचिएको चाल हो ।हाम्रो समाज यहि चक्रब्युहको चाल मा नराम्रो संग फस्यो र आजको अबस्थामा आइपुगेको छ ।
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र प्राप्ती पछि पनि नेपाल मा जातिय विभेद छुवाछूत का घटना मा कमि आएको छैन । विभिन्न समय मा मेची देखि महाकाली सम्म प्रत्येक दिन जस्तो घट्ने घटना यसको ज्वलन्त उदाहरण हरु हुन ।कहि अन्तर्जातिय बिबहित जोडि गाउँ बाट लखेटिएका छन ,कहि इनारमा पानी भर्न बन्चित गरिएका छन ,कहि पानी धारामा कुटिएका छन कहि मन्दिर प्रबेस मा प्रतिबन्ध मा परेका छन ,कहि डेरा बाट निकालिएका छ्न । जबकी देश छुवाछुत मुक्त भएको छ ,नया संबिधानमा दलित समुदायको मौलिक हक को प्रत्याभुती गर्दै समतामुलक नेपाल स्थापना गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।विभेद जन्य घटना सरकार बादी मुद्दाको रूपमा हेर्ने गरिन्छ ।भेदभाव मुक्ती को लागि यो उल्लेख्य उपलब्धि  हो ।
संबिधान को पाना मा लेखे जस्तो सहज समाज छैन किन भने समाज को मस्तिष्क हिन्दु अतिबादी अन्धबिस्वासी संस्कार ले बाधिएको छ संकिर्ण सोच को घेरा मा कैद भएको छ ।त्यसैले विश्व बदलिए पनि हाम्रो समाज बदलिन सकेको छैन ।उहीँ पुरानै कुरिती लाई संस्कार को नामम निरन्तरता दिएको छ ।
दलित समुदाय भित्र कामी दमाई सार्की भित्र पनि यहि संस्कार ले निरन्तरता पाएको भेटिन्छ । तसर्थ अबको आबस्यक परिबर्तन हो भने हामी दलित भित्रै बाट समानताको सुरुवात गरि समाजिक अन्तर्घुलन तर्फ समाज लाई डोर्‍याउन  अघि बढ्न जरुरी छ ।नत्र सधै यो सामन्ती समाज ले सधै हामी मथी नै दोष थोपारी पानी माथिको ओभानो बनिरहने छ ।

बिनोद गोतामे
अधक्ष ,दलित एकता संजाल नेपाल युएई

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...