महंगिले चुली छोयो
भ्रस्टाचार ले नेटो काट्यो ।
हत्या हिंसा झन झन बढ्दै गयो ।
असान्ती आन्दिलोन चली रहयो ।
के यहि हो लोकतन्त्र ??
सरकार फेरियो ।
कुर्ची हरु पनि फेरियो ।
संबिधान सभामा नाटक गरियो ।
त्यही भित्र रेस्लिङ खेलियो ।
कस्तो मजा हो लोकतन्त्र ।
लोकतन्त्र आयो ,
राम वरण , बिध्या लाई आयो
प्रचण्ड , माधब ,झलनाथ लाई आयो।
बाबुराम, सुशील ,केपि लाई पनि आयो ।
तर जनता लाई आएन लोकतन्त्र ।
शान्ति भडकियो ।
भेदभाव को दुरि बढ्यो ।
मधेश ले पहाड लाई अर्घेलो देख्यो ।
कालो र गोरो देख्यो उचनिच देख्यो ।
यहि हो हामीले खोजेको लोकतन्त्र ??
संघियता घातक थियो ।
देश सात चिरा बनायो ।
तराइ पहाड हिमललाई लडायो ।
थारु जनजाती दलित लाई लडायो ।
के यहि हो लोकतन्त्र ??
के यहि हो लोकतन्त्र ??
बिनोद गोतामे
दुबई ,युएई
टिप्पणियाँ
एक टिप्पणी भेजें