सीधे मुख्य सामग्री पर जाएं

दलित एकता संजाल नेपाल दाङ्को ऐतिहासिक प्रथम भेला सम्पन्न ।

संजाल दाङ् १३ बैसाख २०७३, दलित एकता संजाल नेपाल दाङ्को ऐतिहासिक प्रथम भेला दाङ्को  घोराहि मा भब्यताका साथ सम्पन्न भएको छ ।

उमा देबी नेपाली ज्युको सभापतित्व एबम संजाल संस्थापक तथा आईसीसी महासचिव  नीर बहादुर सुनार ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सल्यान उधोग बाणिज्य संघ सल्यानका सदस्य सुकदेब कसेरा बी:क ज्यू , नेपाल राष्ट्रीय दलित मुक्ति मोर्चा केन्द्रीय सचिबालय सदस्य राधिका परियार ज्यू , नेपाल उत्पीड़ित जातीय मुक्ति समाज केन्द्रीय सदस्य देबराज बिश्वकर्मा , लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि , समाज सेवी तथा बुद्धिजिबी एबम पत्रकार ज्युहरु अतिथि रहनु भएको थियो भने उमेश बिश्वकर्मा ज्युले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रमुख अतिथि द्वारा दिप प्रज्वलन तथा ब्यानर प्रदापर्ण गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि महासचिब नीर बहादुर सुनार बाट संजालको उदेश्य मर्म कार्य योजना बारे प्रस्ट पारिएको थियो भने अन्य अतिथि ज्यू हरुले दलितका समस्या चुनौती तथा संभाबित मुक्तिको बिकल्प बारे अर्थपूर्ण तर्कहरु प्रस्तुत गर्दै संजालको सामाजिक अभियान स्वागत योग्य र आशाबादी रहेको ठहर गरिएको थियो ।

साथमा कला गलाका धनि दलित बालबालिकाहरुले गित संगीत तथा नाटक प्रस्तुत गर्नु भएको थियो !
छोटो समयमा कार्यक्रमको तयार  गरिएता पानि दंगाली बासि दलितहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम सबैको सुभकामना मन्तब्य पछी कार्यक्रमका सभापति उमा देबी नेपालि ज्यु बाट पुन संजाल बारे प्रस्ट पार्दै उपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो!

औपचारिक कार्यक्रमको समापन पश्चात चियापान लगतै सुरु भएको बन्द सत्रले उमा देबी नेपालि ज्युको अध्यक्षतामा २७ सदसिय दलित एकता संजाल नेपाल दांग जिल्ला समिति निर्माण भएको छ !

अध्यक्ष्य : उमा देबी नेपाली (सार्की )
उपाध्यक्ष : दिपक नेपाली (बादी)
उपाध्यक्ष : शुमन नेपाली (परियार)
सचिब : उमेश बि:क 
सहसचिब : कृष्ण बि:क
कोषाध्यक्ष : करण परियार
सह कोषाध्यक्ष : दुर्गा गंदर्भ
सदस्य: देबेन्द्र नेपाली
सदस्य: रमेश नेपाली
सदस्य: रुपलाल सुनार
सदस्य:शुमन श्रीपाली
सदस्य: नारायण परियार
सदस्य: शिला शाहु सुनार
सदस्य: सुनिता नेपाली ( बादी ) 
सदस्य: सुर्य बाहादुर बि:क
सदस्य: सिता सुनार
सदस्य: पार्वती बि:क
सदस्य: किशन बि: क
सदस्य: मोतीराम बिश्वकर्मा
सदस्य: उमेश परियार
सदस्य: निर्मला सुनार
सदस्य: हेमा नेपाली
सदस्य: निमा बि: क
सदस्य: सुनिता नेपाली ( गन्दर्भ )
सदस्य: तिलक श्रीपाली
सदस्य: भीमा सुनार
सदस्य: केशब नेपाली (परियार)

साथमा दलित एकता संजाल नेपाल महिला सशक्तिकरण अभियान दांग जिल्ला समिति हेमा नेपाली ज्युको संयोजकत्वमा १७ सदसिय समिति निर्माण भएको छ ! 

यसरि सौहार्दपूर्ण बाताबरणमा दलित एकता संजाल नेपाल दांगको एतिहासिक प्रथम भेला सम्पन्न भएको छ !

निर बहादुर सुनार

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...