सीधे मुख्य सामग्री पर जाएं

कांग्रेस को १३ औ महाधिवेशन र आरक्षण

नेपाल को राजनिती बृतमा अहिले नेपाली कांग्रेस को १३ औ महाधिवेशन गाउँ देखि सहर जिल्ला देखी  सदन सम्म निकै चासो को रुपमा लिएको छ ।नेपाली कांग्रेस ले बि पि कोइराला को रास्ट्रीयता समाजबाद र प्रजातन्त्र को बिचार लाई अंगिकर गर्दै बि.स २००७ देखि हाल सम्म नेपाली राजनिती घटनाक्रम मा प्रमुख भुमिका  निर्वाह  गर्दै आएको छ ।विशेष गरि कोइराला  परिवार को हालिमुहाली भएको यश पार्टी मा सभापति  सुशील कोइराला  को असमायिक निधन पछि अबको नेतृत्व  कोइराला  परिवार भन्दा बाहिर दोस्रो पुस्ता का नेता मा जाने पक्का पक्की भएको छ। कांग्रेस  मा धेरै  पहिला देखि  गुटबन्दी देखा पर्दै आएको छ जसलाइ संस्थापक गुट र देउवा गुट भनेर चिनिन्छ ।तर यो १३ औ अधिबेशन  मा धेरै  गुट देखिने संभाबना छ देउवा , पौडेल , कोइराला ,सिटौला र सिंह । यी पाँच मध्य जो कोहि नेतृत्व मा आउन सक्छन हुनत सेर बहादुर  देउबा नै आउने हल्ला नचलेको होइन तर राम चन्द्र पौडेल  पनि संस्थापन पक्ष  का दरिलो  हस्ती हुन केही भन्न सकिन्न । नेपाली  कांग्रेस देशको प्रमुख राजनैतिक पार्टी  भएको ले सबैको चासो बढ्नु स्वभाबिक हो ।हाल मुख्य गरि संबिधान  घोषणा पछि कार्यन्बयन का निम्ति खेल्ने भुमिका र अब को दिनमा अंगिकर गर्ने नीति कस्तो हुने भन्ने बिषय प्रमुख रुपले हेरिएको छ ।देश संघियता मा गएको छ विभिन्न जात जाती बीच  जातिय क्षेत्रीय  सन्तुलन  कायम राख्न उत्तिकै सचेतता अपनाउनु पर्ने हुन्छ ।अहिले  कांग्रेस को नेतृत्व तहमा आरक्षित प्रणाली उत्पीडित दलित मधेसी मुसलमान  जनजाति  पिछडा बर्ग हरुको लागि नेतृत्व  गर्ने अबसर हो ।यसले पार्टी  भित्र  समाबेसी बनाउन सहयोग गर्ने छ र सबै समुदाय का ब्याक्ती हरु लाई नेतृत्व  मा पुर्याउने छ । यसरी सबै समुदाय लाई समेटेर  जान सक्दा पार्टी एक हिसाब ले बलियो नै हुन्छ किनभने सबै  समुदाय  को प्रतिनिधित्व हुने भएकोले सबै तहमा कांग्रेशको छाप पर्दछ   ।
राज्य द्वारा सबै भन्दा पछाडी पारिएका दलित समुदाय लाई बिशेष अधिकार सहित अझै  अगाडी ल्याउनु  पर्छ ।
नेपाली कांग्रेस यो ६५/६६ बर्षको बीच मा नेपाल का हरेक परिबर्तन को नेतृत्व गरेको हुनाले जातिय विभेद को पर्खाल  भत्काउन पनि प्रमुख भुमिका निर्वाह गर्न सक्नु पर्छ यश कार्यले ६० लाख दलित समुदाय को मन मा अझ बढी  स्थान पाउने छ ।
यो संबिधान मा पनि नेपाली कांग्रेस प्रमुख पार्टी को हैसियत ले संबिधान लेखन मा प्रमुख भुमिका मै रहयो  । नेपाली कांग्रेस महामन्त्री कृष्ण सिटौला कै संयोजकत्वमा पुरै संबिधानको मस्यौदा बन्यो ।तर दलित को मौलिक हक मा कानुन बनाइ भन्ने बाक्यांस ले अधिकार दिएर  पुन खोस्ने षड्यन्त्र सहित स्थापित गरेको भान हुन्छ ।
अबको नेपाली  राजनिती मा तानाशाह निरंकुशताको बिरुद्धमा लडनु जरुरी छैन । तर अब नेपाल मा कुनै पनि युद्ध संघर्ष वा आन्दोलन  हुन्छ भने विभेद मा परेका समुदाय समानताको लागि हुन्छ त्यसैले नेपाली  कांग्रेस जस्तो मुख्य  पार्टी हरुले बेलैमा त्यस्ता  समुदाय लक्षित कार्यक्रम अघि ल्याउनु पर्दछ ।किनभने  देशले अब संघर्ष  होइन शान्ति  बिकाश  र निकास  खोजेको छ ।
यो अधिबेशन मा  नेपाली कांग्रेस ले महाधिवेशन प्रतिनिधि पर्यबेक्षक को लागि उत्पीडित  दलित महिला  पिछ्डा बर्ग मधेसी मुसलमान  जनजाति हरुलाइ आरक्षण को ब्यबस्था गरि महाधिवेशन  थलो सम्म पुर्याउने पहल गरेको छ राम्रो थालनी हो ।यो कार्यले नेपालका अन्य पार्टी लाई पनि सन्देश प्रवाह गर्नेछ ।अन्तमा नेपाली  कांग्रेसको यश १३ औ अधिबेशन  ले देश को निकाश  दिन र बिकास  पछ्याउन सक्ने सबै जात जाती भाषा भाषी क्षेत्र  लाई समेटेर  नयाँ  उर्जावान कर्य समिति  चयन गर्न सकोस भन्ने सुभकामना ।
बिनोद गोतामे

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...