सीधे मुख्य सामग्री पर जाएं

दलित आवाज दबाउने नेपाली समाजका बाहानाहरु

संसारको नक्सामा झट्ट हेर्दा हिमालय को देश नेपाल जति सुन्दर रमाइलो मनमोहक छ ।धार्मिक समाजिक सास्कृतिक रुढीबादी परम्परा  का कारण त्यति नै बिरुप छ । यी मध्य मानव मानव बीच को भेदभाब  कालो पोतो हो जस्ले ६० लाख मान्छे हरुलाइ दलित बन्न बाध्य बनाए को छ ।
यो एक्काइसौं सताब्दिको जमनामा बिज्ञानले धेरै ठुला ठुला परिबर्तन गरेको छ अन्तरिक्ष मा पाइला राख्ने युरि गग्रीन निल अर्मास्ट्रङ का चेला हरु मंगल ग्रह मा मानव बस्ती बसाल्ने सोच्दै छन ।एउटा  ग्रह बाट अर्को ग्रह मा गएर जीवन हरु खोजी रहेका छन ।हाम्रो नेपाली समाज भने मान्छे लाई कुमान्छे बनाउने खेल मा लिप्त  छ ।भेदभाब को पर्खाल बनाउन  तल्लिन छ यसको प्रमुख रक्षक हाम्रो राज्य को संयत्र नै हो ।यहाका कथित ठुला जात हरुमा बिकशित सामन्ती ब्राह्मण वाद र मनुबादी सोच अर्को मुख्य कारण  हो ।
३००० बर्ष देखि विभिन्न समयमा  सुद्र अछुत दलित  बनाइएको छ ।यहि कुसंस्कार  लाई कायम  रख्न आफ्नो स्वार्थ पुरा गर्न यहाँ का राजा महाराजा भाइ भारदार जिम्माल मुखिया र हाल का समाजसेवी , नेता हरुपनी उत्तिकै सकृय रहेका छन ।
मल्ल राजा हरुको समयमा धर्म को आडमा डर देखाइयो जस्तै सुद्र पैतला बाट  जन्मेको हुनाले ब्रम्हा हरुलाइ पुज्नु पर्ने उनिहरुको सेवा गर्नु पर्ने । नगरे पाप लाग्ने अनिस्ट हुने ठुलो  क्षति हुन सक्ने तिनै डर ले सुद्र हरु आफू माथी आइपर्ने समस्या  बचावट को लागि जीवन भर सेवा  गरिरहे । चतुर ब्राह्मण  सोझा बैस्य सुद्र हरु को सेवाले महान हुँदै शक्ति सम्पन्न हुँदै गए ।
मल्ल हरुको समय मा सजिलो संग सेवा लिएका ब्रम्हा हरुले  शाह बंस हरुको समयमा सेवा लिन केही असहज हुन देखे किन भने मल्ल राजा को पाला देखि शाह बंस सम्म को  सुद्र हरुको पुस्ता मल्ल कालिन समय का सुद्र भन्दा केही जान्ने हुन थाले समय को प्रभाब संगै मानसिक चेतना बढेको हुन सक्छ । त्यसै को प्राभब शाह बंसिय  राजा नेपाल एकीकरण  का नायक पृथ्वीनारायण  शाह को सल्लाहकार  बिषे नगर्ची  थिए । त्यस पछि ब्रम्हा हरु कनुनत तिनै सुद्र हरुबाट आफ्नो  सबै दिनचार्य परिपुर्ति  गर्ने माध्यम  निरन्तर कायम राख्न  विभिन्न बाटो खोज्न थाले।
फल स्वरुप उनै पृथ्वीनारायण  शाह का नाति रण बहादुर शाह को पाला मा जातिय प्रथा लाई संरक्षित गर्ने  कानुन बनाउन सफल भए  । यश पछिको २००  बर्ष जातिय भेदभाब को कालो दिन सम्झदा हुन्छ । यहि अन्तराल  मा निरंकुस जहानिया राणा हरुको समय मा भेदभाब भयंकर रुपमा चुलियो जर्जर हुन पुग्यो ।यो समय मा अछुत हरुलाइ कानुन ले नै  तल पारेर भेदभाब गर्‍यो । यो अत्यन्त अमानबिय क्रुर कार्य हो मनबता बिरोधी कार्य थियो । हाम्रा समुदाय माथी राज्य र सामाज का उपल्ला जाती भनाउदा हरुले गरेको कहली लाग्दो अपराध  थियो ।हामी ६० लाख दलित समुदाय का पुर्खा हरु यी पिडा सहन बाध्य भयौ ।
यसरी दलित समुदायको मानसपटल मा राज्य  सामन्ती समाज र उपल्ला जात भनाउदा हरुले " डर " पैदा गरिदिएका छन । त्यही डर ले हाम्रो समुदाय लाई भित्र भित्रै गाजेको छ । डर पैदा गरिने मुख्य आधार धर्म र  कानुन  हुन । यस्ता प्रकार का विभिन्न बाहाना सोचेर हामिलाइ विभेद गरिएको थियो।
पहिले मान्छे हरु अनपढ थिए दन्त्य कथा  शास्त्र हरु पढेको घोकेको आधार मा विभेद गर्दथे  । अहिले सिक्षित हुँदै छन कम्प्युटर को जमना ईन्टरनेट को जमना मा दालित शब्द को अर्थ विकिपिडिया मा यस्तो छ उस्तो छ भनेर हाम्रा  सिक्षित केही दलित युबा हरुलाइ बहकाउन खोजेका छन यो पनि एउटा  डर हो दलित समुदाय का ती युबा हरु  जो विभेद का बिरुद्ध बोल्न सक्छन सिक्षित  छन  आर्थीक हिसाब ले सम्पन्न छन । उनिहरुलाइ ब्राह्मण वाद ले फुटाउन खोज्दैछ ।यहाँ हामीले के बुझ्न जरुरी छ  भन्दा सामाजिक  मिडिया  मा आजभोलि  दलित आन्दोलोन मुक्ती र एकता  का  बहस  व्यापक हुदैछ  विभेद बिरुद्ध समानता का आवाज  घन्किदै छ र बिस्वभरी बाट  दलित युबा युवती समाजिक संजाल हरु   मा बिचार  आदान प्रदान संगठन  निर्माण  गरेका छन । जातिय विभेद को बिरुद्ध मा  चोटिलो स्टाटस लेखेकाछन एकताको प्रयास गरेका छन ।यो दलित आन्दोलन को लागि सकारात्मक हो ।यसरी दलित समुदाय देश बिदेश बाट  एकतृत हुँदै गर्दा हमिलाइ लामो समय देखि दलन दमन विभेद गर्दै आएको राज्य र समाज का अतिबादी ब्राह्मण बादी मनुबादी चिन्तन  बाट ग्रसित यो समाज अत्तालिएको छ।तेसैले आज पनि हामिलाइ दबाउन विभेद कायम रख्न विभिन्न बहाना खोजी रहेको छन।हामी हामी बिच फाटो ल्याउन प्रयास गरेका छन ।यश कारण हामीले यो बुझ्न जरुरी छ । पहिलो  जतिय ब्यबस्था को जग मनुस्मृती बनाउने पनि ब्राह्मण नै थिए पछि राजा महराजा लाई कनुन बनाउन लगाउने पनि ब्राह्मण नै थिए । अब जमना फेरिएको  छ कानुन बदलिएको  छ
तर उनिहरु हामीलाई अझै पनि  उही पहिलेको  अबस्थामा रख्न चाहन्छन , सजिलै संग हमिलाइ हैकम लगाउन,  कमजोर बनाउन,  विभेद गर्न सकियोस सोची रहन्छन।
हिन्दु सामन्ती ब्राह्मण बादी संकिर्ण बिचार  यहाका हरेक मान्छे हरुमा ब्यप्त छ  । दलित समुदाय भित्र पनि गैर दलित मा त नहुने कुरै भएन । यस्तै संकीर्ण  सोच हिन्दु अतिबादी हरु आफू सधै मालिक र उत्पीडित दलित समुदाय लाई सधै  दासी बनाउन चाहान्छन फल स्वरुप बदलिदो समय को बदलिएको परिबेश संगै नया तर्किब बनाउछन ।
हाल पढेलेखेका केही केही जाने बुझेका दलित युबा हरुमा पनि यस्तै भ्रम पैदा गरिएको छ दलित शब्द को बारेमा ,आरक्षण को बिषयमा यो गहिरिएर बुझ्नु पर्दछ । दलित शब्द आफैमा अपमानित छ तर संघर्ष द्वारा स्थापित एकताको प्रतीक हो ।जसले जतिय बिभेदमा परेका सम्पुर्ण  समुदाय लाई एउटा  शक्तिशाली  मोर्चा  बनाउन मद्दत पुग्ने छ ,एकता मा ल्याउन  सहज हुने छ , यो आफैमा एउटा  छाता हो ।
तर हाल यहि शब्द लाई बिबाद मा ल्याइएको छ यसैको आडमा दलित समुदाय  भित्र को जातिय पहिचान  को कुरा उठेको  छ फेरि एकत्रित  दलित शक्ति  लाई बिभाजन गर्न खोजिएको  छ ।यसै को उपज हाल गठन भएका दलित समुदाय  भित्र का जातीय  संगठन  हुन जस्तै बिस्वकर्मा समाज ,परियार एकता समाज ,मिझार समाज । यो त फुटाउ र राज गर नीति अन्तर्गत हामी भित्र एक आपस मा बेमेल बनाउने  चाल मात्र  हो । अझ अचम्म को कुरा  यो कम्पुटर को जमना हो ईन्टरनेट को दुनिया हो अबको पुस्ता  हरेक पल ईन्टरनेट को दुनिया मा रम्छन बसि बसि हरेक  कुराको मजा लिन्छन गुगल इन्जिन  मा सर्च गरि हरेक बिषय  सम्बन्धित उत्तर खोज्छन । यस मा पनि हामी  लाई एउटा  "डर" देखाइएको  छ त्यो हो दलित शब्द को अर्थ  विकिपिडिया मा यस्तो छ उस्तो छ ।यसले दलित आन्दोलन मा आउने युबा शक्तिलाइ स्खलित बनाउने छ ,ठूलो युबा शक्ति दलित आन्दोलन भन्दा टाढा रहने छ अन्देखा गर्नेछ । यहाँ हामिले स्पष्ट  रूपमा  बुझ्नु  पर्ने के हो भन्दा मनुबादी हिन्दु अतिबादी हरुले विभिन्न समयमा जातिय विभेद कायम रख्न बाहना मा विकिपिडिया मा दलित शब्द को अर्थ पनि उनिहरुले नै सेटिङ  गरेका  हुन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...