सीधे मुख्य सामग्री पर जाएं

​बोक्सीको आरोपमा महिलालाई यातना दिने झाँक्रीसहित ५ जना पक्राउ 


विराटनगर, फागुन १० – मोरङ हुक्लाबारीमा महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने झाँक्रीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमान र सासू ससुराले बोक्सी भएको भन्दै मानव मलमुत्र खुवाउने प्रयास गरेका थिए । मोरङ हुक्लाबारी-२ का यशोदा डोटेल भण्डारीले आफूलाई बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिँदै मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा प्रहरीले उनका श्रीमान रोशन भण्डारी, ससुरा छत्रबहादुर भण्डारी र सासू रुपा भण्डारी, नन्द मन्दीका भण्डारी साथै झाँक्री इटहरीकी जानुका कोइरालालाई पक्राउ गरेको हो । घटना तीन दिनअघिको भएपनि प्रहरीमा जाहेरी दिएको आधारमा सोमबार मात्र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रमोद खरेलले जानकारी दिनुभयो । झाँक्री कोइरालाको मन्त्रको प्रभावमा काम्नुपर्नेमा नकामेको भन्दै परिवारले यशोदालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोजेका थिए । तर, उनी भाग्न सफल भएकी थिइन् । उनले राष्ट्रिय नारी अधिकारवादी संघको सहयोगमा प्रहरीमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

सभार : उज्यालो अनलाइन 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...