२०७२ फागुन ६ गते १२:१४ मा प्रकाशित अमेरिका ।
अमेरिकामा ९० को दशकपछि नेपाली समुदायको चाप बढ्दो छ । थुप्रै नेपालीले अनेक प्रकारका उदाहरणीय काम गरेका छन् । यस्तै उदाहरणीय काम गरेर नेपाली समुदायबीच प्रशंसा बटुल्न सफल भएका छन्, गुल्मी तम्घासका प्रदीप थापा मगर । उनले बिहेपछि आफ्नो थर बदलेर पत्नीको थर राखेका छन्, कानुनी रुपमा । अहिले उनी प्रदीप परियार थापा मगर भएका छन् । उनी भन्छन्, ‘मलाई थाहा भएअनुसार संसारमा जातीय विभेदको मारमा २५ करोडभन्दा बढी मानिस छन् । यसको अन्त्य हाम्रै पालामा गर्नुपर्छ । गर्ने प्रण गरौं भन्दै अाफ्नो बाषिर्क बिबाहको दिन उक्त प्रतिबद्धता जाहेर गरेका छन् । यो अभियान हामी सबैको हो भनि बिकुल फुकेका छन् । जातीय विभेद र छुवाछुत प्रचलन मानव सभ्यताको कलंक हो भन्दै यो अमानवीय प्रथाको अन्त्य हाम्रो जीवन कालमा हुनु पर्दछ भनि सामाजिक संजाल मार्फत सचेतना गराएका छन् । प्रदीपले गत वर्ष १७ फेब्रुअरीमा विष्णुमाया परियारसँग अदालती विवाह गरेका हुन् । विष्णु गोर्खा ताक्लुङकी हुन् । लामो समयदेखि उनी बोस्टनमा रही महिला अधिकारकर्मीका रुपमा सक्रिय छिन् । इम्पावर दलित वुमेन अफ नेपाल ‘एडवन’ की उनी सह-संस्थापक हुन् । प्रदीपले अमेरिकामा बिहेदर्ता गर्ने बेला विष्णुलाई समेत थाहा नदिई आफ्नो नामथर प्रदीप परियार थापा मगर लेखाएका रहेछन् । यो कुरा उनले एक वर्षपछि मात्रै विष्णुलाई सुनाए । प्रदीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले बिहेपछि लेखिने थर (सरनेम) मा परियार थपें । यसरी म वैधानिक रुपमा प्रदीप परियार थापा बनें ।’ विष्णुको थर पनि थापा परियार बनाएको उल्लेख गरेका छन् । ‘बिहेपछि श्रीमतीले थर पुरुषको लेख्ने जुन चलन छ, मैले यसलाई बदल्ने प्रयास गरेको हुँ । किन बिहेपछि श्रीमतीले श्रीमानकै थर लेख्नुपर्ने ? पुरुषले श्रीमतीको थर राख्न किन नहुने ?’ उनी भन्छन्, ‘अब म परियार हुनेछु वा थापा हुनेछु । तर, समाजले थोपरेको कथित दलित, अछुत, तल्लो जात हुनेछैन । तर हाम्रो समाजमा अझै जातीय भेदभाव र छुवाछुत विद्यमान छ । यो विभेद अन्त गर्न कुनै कसर बाँकी नराखौं ।’
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें