सीधे मुख्य सामग्री पर जाएं

दलित सभासद हरु द्वारा संबिधान सभा मा संशोधन प्रस्ताव दर्ता

सहेक बिक – भाद्र १९, काठमांडू । दलित नेता तथा सभासदहरुले पार्टी अनुशासनलाई शिरोधार्य गर्दै पार्टीमा दर्ता गरिएको संशोधन प्रस्तावले प्रभाव नपार्ने भएपछि संबिधान सभामा संसोधन प्रस्ताब दर्ता गराएका हुन् । संसोधन प्रस्ताब दर्ता गराउनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा माननीय सभासद मानबहादुर विश्वकर्मा, दलित संघका सभापति तथा माननीय सभासद मीन विश्वकर्मा , माननीय सभासद जीवन परियार, नेकपा एमालेका तर्फबाट माननीय सभासद तथा मुक्ति समाज नेपालका अध्यक्ष जीतु गौतम र मानीय सभासद तथा मुक्ति समाज नेपालका सल्लाहकार समितिका अध्यक्ष दलबहादुर सुनार रहनु भएको छ । त्यस्तै सम्बिधानसभामा संसोधन प्रस्ताब दर्ता गराउनेहरुमा एनेकपा माओवादी निकट दलित मुक्ति मोर्चाका अध्यक्ष तथा माननीय सभासद दलजीत श्रीपाली, मा. अनिता परियार, मा. कर्ण विश्वकर्मा, मा. धना पहरी, मा. दुलारी हरिजन, मा. धनमाया वि.क. र सीता र नेकपा मालेकी सभासद मा. कमला विश्वकर्मा, जनमुक्ति पार्टीकी माननीय सभासद सीमा विश्वकर्माले दलित आन्दोलनका मुद्दाहरुको रक्षाका लागि संबिधान सभामा संशोधन प्रस्ताव दर्ता गर्नु भएको छ । पार्टी निर्देशन अनुसार सबै दलित सभासदहरुले आफ्नो आफ्नो पार्टीमा संसोधन प्रस्ताब दर्ता गरेका थिए । पार्टीले आफ्नो समुदायको मागलाई सम्बोधन नगर्ने लगभग पक्का भए पछि दलित सभासदहरुले संसोधन प्रस्ताबको समय सिमा भित्रै संबिधानसभामा संसोधन प्रस्ताब दर्ता गराएका हुन् । पाटीॅको निदेॅशन बमोजिम दलको कार्यालयमा संशोधन प्रस्ताब दर्ता गराएका थियौ अन्ततः विशेष समितिले एक अक्षर पनि दलित समुदायका प्रस्ताबमा सम्बोधन नभएपछि हामीले (जीवन परियार, मान बहादुर बिश्वकर्मा र मीन विश्वकर्मा ) संयुक्त संशोधन प्रस्ताव संविधान सभामा दर्ता गराएका हौ माननीय जिबन परियारले बताउनु भयो । सबै पार्टीहरुका विभिन्न माननीय सभासदहरुले व्यक्तिगत तथा समुहगत आज सम्ममा २३१ संसोधन प्रस्ताबहरु दर्ता गराएका छन् । सबै पार्टीले आफ्नो दल निकट संसोधन प्रस्ताब दर्ता गराउने सभासदहरुलाई आफुले दर्ता गरेको संसोधन प्रस्ताब फिर्ता गर्न धम्कि सहितको दबाब दिन थाली सकेको छ । हामीले संबिधानसभामा संसोधन प्रस्ताब जबर्जस्त रुपमा दर्ता नगरी नहुने बाताबरण हाम्रै राजनीतिक दलहरुले गरेको हुनाले संबिधान सभामा संसोधन प्रस्ताब दर्ता गर्न बाध्य भयौ । यदि हामीले संसोधन प्रस्ताब दर्ता नगरेको भए हाम्रो समुदायको अधिकार दर्ज समेत नहुने पक्का थियो, माननीय सभासद मीन बिकले जनाउनु भयो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...