सीधे मुख्य सामग्री पर जाएं

पहिलो दलित महिला एलडिओको जीवनगाथा


कास्की रूपाकोट–२ फालभन्ज्याङकी ३८ वर्षीया सीता परियार पहिलो दलित महिला एलडिओ हुन् । जिल्ला विकास समिति दोलखाको नेतृत्व सम्हालेकी सीताले आफ्नो जीवनगाथा नयाँ पत्रिका दैनिकका टेकराज थामीलाई सुनाइन् :  बुबा लुगा सिउने, म पढ्ने निम्नमध्यम वर्गीय परिवर हो हाम्रो । खेतीबाट खान पुग्दैनथ्यो । दैनिक गुजाराका लागि लुगा सिउनु आम्दानीको एक मात्र स्रोत थियो । हाम्रो परिवारमा पढेका अरू कोही थिएनन्, तर मलाई पढाउनुभयो । गाउँकै विद्यालयबाट एसएलसी पास गरेँ । त्यसपछि पोखरा गएँ, थप अध्ययनका लागि । घरको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । पढाउनुभन्दा विवाह गर्नु सायद घरमा उचित ठानियो । मेरो विवाह भयो । त्यसपछि जीवनले अर्कै मोड लियो । छोरीबाट म बुहारी भएँ । घरमा मैले पढ्न मन छ भन्न सकिनँ । एसएलसी पास गरेको वर्ष मेरो अध्ययन त्यत्तिकै रोकियो । त्यही वर्ष बच्चा पनि जन्मियो । अनि लाग्यो– अब मेरो जीवन यत्तिकै सकिन्छ । तर, त्यतिवेला सोचेजस्तो भएन, श्रीमान् पढेलेखेको हुनुहुन्थ्यो । मैले अध्ययन अगाडि बढाउन पाएँ । त्यसपछि म पोखरा गएँ । काम गर्दै आइए श्रीमान् गाउँकै स्कुलको शिक्षक भएकाले म एक्लै पोखरा पुगेँ । पिएन क्याम्पसमा बिहानी सिफ्टमा भर्ना भएँ । कोठा नजिकै थियो । श्रीमान्को कमाइले मात्रै अध्ययन खर्च नपुग्ने भयो । मैले अध्ययन खर्च जुटाउन काम गर्नुपर्ने भयो । कामको खोजीमा निस्किएँ । गार्मेन्टमा लुगा कटिङ गर्ने काम मिल्यो । बच्चा सानै थियो । बच्चालाई वेलावेला दूध खुवाइरहनुपर्ने । कोठामा हेर्ने कोही थिएन । त्यसैले काममा सँगै लिएर जान्थँे । राख्ने ठाउँ पनि थिएन । लुगा कटिङ गर्ने ठूलो टेबुल थियो । टेबुलमुनि खाली थियो । त्यही भागमा एउटा सानो झोलुंगे बनाए । बच्चालाई त्यही सुताउँदै काम गर्न थालेँ । मैले ‘इन्टरमिडियट’ सकेँ । विद्यार्थी राजनीतिबाट प्रभावित बनो थप अध्ययनका लागि अब काठमाडौं जाने निधो भयो । श्रीमान्ले त्यसवेलासम्म शिक्षण पेसा छाडिसक्नुभएको थियो । श्रीमानसँगै म काठमाडौं आएँ । बानेश्वरमा कोठा लियौँ । दुवैको जागिर थिएन । बिहान–बेलुकाको छाक टार्न काम नगरी सुखै थिएन । कामको खोजीमा म निस्किएँ । बानेश्वरस्थित कपडा पसलमा लुगा सिउने काम मिल्यो । जानेकै काम भेट्टाउँदा खुसी लाग्यो । पिके क्याम्पस भर्ना पनि भएँ । राजनीतिक वातावरण थियो क्याम्पसमा । म पनि खुब प्रभावित बनेँ राजनीतिप्रति । तर, लाग्ने वातावरण कहिल्यै मिलेन । किनकि मसँग समय नै थिएन । बिहान कलेज जान्थेँ । छुट्टी हुनासाथ काममा जानुको पिरलो हुन्थ्यो । बच्चा बोकेर परीक्षा दिन गएँ मैले गणितलाई मुख्य विषय बनाएँ । स्कुलमा गणितमा तेज थिएँ । त्यही भएर कलेज अध्ययनमा पनि गणित नै रोजेँ । बानेश्वरमै मेरो दोस्रो बच्चा पनि जन्मियो । त्यतिवेला परीक्षा पनि चलिरहेको थियो । सुरुमा त परीक्षा नदिऊँ झँै लागेको थियो । तर, मनले मानेन । परीक्षा दिने नै निधो गरेँ । बच्चा हेर्ने मान्छे पनि कोठामा थिएनन् । त्यसैले बच्चा लिएरै परीक्षामा सहभागी हुने निर्णय गरेँ । भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा परीक्षा केन्द्र थियो । १८ दिनको बच्चा च्यापेर म परीक्षा दिन पुगँे । बच्चा सुताउन छुट्टै कोठाको व्यवस्था रहेछ । त्यही कोठामा बच्चा सुताएँ । म परीक्षा हलमा प्रवेश गरेँ । सबैले ‘सुत्केरी आई’ भने । मन अलि खिन्न भयो । बच्चा रोइरहन्थ्यो । पेपर बेन्चमै छाडेर दूध चुसाउन जान्थे । यसरी दिएको परीक्षा पास भएको रिजल्ट आयो । त्यतिवेला साह्रो खुसी भएँ । एनजिओले सरकारी अधिकृत बनायो दु:ख–सुख गरेर बिए पास गरेँ । अब जागिर खाने मनसाय बन्यो । जागिर खोज्न थालेँ । दलित उत्थानमा काम गर्ने गैरसरकारी संस्था रहेछ । त्यहीँ अधिकृतस्तरको जागिर मिल्यो । त्यसका लागि नेपालगन्ज जानुपर्ने भयो । म गएँ । पाँचवर्षे एनजिओको जागिरले मलाई परिपक्व बनायो । सरकारी कर्मचारीसँग हामीले सहकार्य गर्नुपथ्र्यो । उनीहरूका रवाफ र लगनशीलता देखेर म लोभिएँ । मलाई पनि अधिकृत बन्ने चाहना जाग्यो । श्रीमान्सँग सल्लाह मागेँ । उहाँले पनि हौसला दिनुभयो । अधिकृत परीक्षाको तयारीमा जुटेँ । तीन महिनाका लागि विशेष कक्षा लिएँ । महिला र दलित दुवै कोटामा परीक्षा दिएँ । दुवैतर्फ नाम निस्कियो । अन्तर्वार्तामा भने दलित कोटाको अधिकृत बनेँ । तीन वर्षमै उपसचिव एनजिओको अधिकृतबाट म अब सरकारी अधिकृतमा बदलिएकी थिएँ । जिम्मेवारी पनि त्यहीअनुसारको आयो । मैले सोहीबमोजिम गर्दै गएँ । इमानदारिता र लगनशीलता सबैभन्दा ठूलो विषय रहेछ । मैले काममा सफलता पाउँदै गएँ । ममा आत्मविश्वास बढ्दै गयो । अधिकृत भएको तीन वर्षपछि उपसचिवको आवेदन खुल्यो । खुलातर्फबाट मैले पनि आवेदन भरेँ । नाम निस्कियो । पछि अन्तर्वार्ता भयो । त्यसमा पनि म अब्बल ठहरिएँ । जागिर सुरु गरेको तीन वर्षभित्रै म उपसचिव बनेँ । अहिले म दोलखाको एलडिओका रूपमा छु । ममा चुनौती तथा जिम्मेवारी दुवै बढेका छन् भन्ने लाग्छ ।
नयाँ पत्रिका दैनिकबाट

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...