निस्चम्मै अध्यारोले छोपेको
त्यो हो मेरो समाज , नेपाली समाज ।
जहाँ मन्छे लाई मन्छे ठानिदैन
पशुबत व्यबहार गर्न पनि पछी परिदैन ।
ओहो काटे रगत
मेरो पनि रातै आयो , उसको पनि रातै थियो ।
हामीले फेर्ने हावा एउटै बायु मण्डल मा भेटिन्छ ।
कुन आधर ले मलाई यहाँ तल्लो परिन्छ ? ?
मैले फाली बनाए
कपडा सिलाए कुटो कोदाली बनाए ।
सुन्दर बन्यौ अन्न भण्डार गर्यौ भकारी भर्यौ ।
मलाई तुच्छ सम्झी बर्षेनी बालिमा जिउने बनायौ ।
पक्कै पनि यहाँ
परिवर्तन केहि भएकै छ नेपालामा
फाली कोदाली बनाउने हरु ढाका चोली सिलाउने हरु ।
दिन प्रतिदिन हिडेका छन गाउ छोडी पर्देश जाने हरु ।
परिवर्तन धेरै भए
बहुदल प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आए ।
कुर्ची फेरिए मन्त्री फेरिए रास्ट्रपति फेरिए
गरीब दुखी दलित हरुलाई झन झन बारिए ।
सबको आशा थियो
सुनिस्चित हुने छ हक नया संबिधानमा ।
भारतीय नाकाबन्दी भयो फस्यो मधेश आन्दोलोनमा
घुडा टेकी संसोधन भयो बैरिको संबोधनमा ।
बिनोद गोतामे
पाल्पा ,बिरकोट ४
हल दुबइ , युएइ
टिप्पणियाँ
एक टिप्पणी भेजें