हाम्रो यात्रा निरंतर अगाडि बढ्दै दलित एकता आजको आवस्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालीको सहभागीता भन्ने मुलनाराका साथ प्रवासबाट स्थापित ´दलित एकता संजाल नेपाल `
मिति २०७२/०९/२९ गते तदअनुसार 13/01/2016 बुधबारका दिन गोर्खा जिल्लाको पालुङटारमा वृहत् जिल्ला भेला सम्पन्न भएको छ ,उक्त भेलाका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका पुर्व सचीव श्री भुवन सुनार ज्यु रहनु भएको थियो भने विशिस्ट अतिथिमा दलित एकता संजाल नेपाल आइ सि सि सदस्य तथा नवलपरासी जिल्ला संजालका वरिष्ठ सल्लाहकार श्री दधिराम परियार ज्यु रहनु भएको कार्यक्रममा कार्यक्रमका सन्चालक हर्कबहादुर नेपाली ज्यु ले अतिनै सरल भाषामा उपस्थित जनसमुदायलाइ अत्यन्तै हौसला र उर्जागत गराउदै कार्यक्रम सन्चालन गर्नु भएको थियो, जेसिस हल बारपिर्के पालुङटार १० को
कार्यालय सभाहालमा आयोजित उक्त कार्यक्रमका दलित अग्रज तथा ८४ वर्षीय आदरणीय वृद्ध रण बहादुर परियार ज्यू को सभापतित्व तथा गोर्खा जिल्ला प्रशासन कार्यालय प्रमुख डिएसपी श्री उदय के सि ज्यु अतिथि रहनु भएको उक्त कार्यक्रममा गोर्खा नगरपालिका , पालुङटार नगरपालिका , तथा गाविसहरु खोप्लान , मिरकोट , थालाजुग , छोपराक , बारपाक , धुवाकोट , पन्दुन , भचेक, गाखु, आरुघाट ,लापराक, छेकम पार्क ,आदि गाबिस बाट झण्डै ३७५ जति दलित समुदायको बाक्लो उपस्थितिमा काखमा बच्चा च्यापेर आफू माथिको विभेद सधैको निमित्त अन्त्य गर्ने शाहस सहित बहु सङ्ख्या महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा 7-8 घण्टा को लामो बाटो हिडेर उत्साहजनक सहभागी
स्थानीय दलित बुद्धिजिबि , सहिद परिवार ,समाज सेवी , संघ संस्थाका प्रतिनिधि , बिभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरु ,पत्रकार एबम सर्वसाधारण हरुको अतिनै उत्साहजनक सहभागिता रहेको थियो ।
आदरणीय नवलपरासी निवासी संजाल आईसीसी सदस्य तथा नवलपरासी जिल्ला संजाल का वरिष्ठ सल्लाहकार श्री दधिराम परियार ज्युको बिषेस पहलमा संपन्न उक्त कार्यक्रममा सहभागि आदरणीय बक्ताहरु सबैले दलितहरु बीचको एकता , बाटै दलित भित्रको विभेदको अन्त्य ,सदभाव र समाज परिवर्तनका सामाजिक अभियान नै मुक्तिको बिकल्प रहेको झन्डै एउटै आवाज गुन्जिएको थियो भने विशिस्ट अतिथि श्री दधिराम परियार ज्युले संजालको बिधान , मर्म र उदेश्य एबम हाल सम्मको संजालको सम्पूर्ण गतिबिधि लाइ प्रस्ट्याउदै भाबी कार्य योजना सम्बंधमा स्पस्ट पर्नु भएको थियो ।
गोर्खा जिल्ला समिति
दलित एकता संजाल
---------------------------
अध्यक्ष , किसन गान्धारी
उपाध्यक्ष , भिम ब नेपाली
कोषाध्यक्ष , पम्फा परियार
सचीव , हर्क ब नेपाली
सहसचिव , चन्द ब आछामी
सदस्य , प्रेम सुनार
, सीता बिक
, सन्जय बिक
, सीता सुनार
, रन ब नेपाली
पहिलो बैठक बाट जिल्ला भरिका गाविसहरु समेट्ने गरि १४ सदस्यहरु थप गरि २५ सदस्यीय हुने छ।
सल्लाहकारहरु
------------------
संयोजक , होम ब सुनार
सदस्य , भक्त ब सिर्मल
, रण ब परियार
, सोम ब अछामी
, बाबुराम गायक
टिप्पणियाँ
एक टिप्पणी भेजें