सीधे मुख्य सामग्री पर जाएं

दलित एकता संजाल राईनास को ऐतिहासिक प्रथम भेला संपन्न


लम्जुङ्,२०७२/८/१२ सनिबर,
आफ्नो मानो खाएर आफ्नै हकधिकार तथा मुक्तिको लागि केहि गरौं भनि "दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूण  नेपालीहरुको सहभागिता"भन्ने मूल नाराका साथ प्रवशमा रही मजदूरी गर्नु हुने उत्पीड़ित दलित वर्ग दाजु,भाई,दीदी,बाहिनीहरुको अथाह प्रयाशबाट थोपा थोपा गरी स्थापना भएको "दलित एकता संजाल नेपाल"अन्तर्गत बिस्वका हरेक राष्ट्रहरुमा सजाल NCC स्थापना हुने क्रम सँगै दलित एकता सजाल लम्जुङ् जिल्ला समितिको माताहतमा रही जिल्ला का बिभिन्न गा.बी.स बिस्तार को सिलसिला मा राईनास नगरपालिका तिनपिप्ले मा नगर बासी दलित समुदायको बाक्लो उपस्थिति माँ तथा श्री संखर बहादुर उपएकोटि ज्यु को अध्यक्ष मा पछि ६ सदस्य थप गर्ने गरि १९ सदस्य कार्य समिति चयन गर्दै ऐतिहासिक प्रथम भेला संपन्न भयको छ।
भेला को सभापतितयो भेला आयोजक समिति का संयोजक तथा दलित अगुवा बुध्दिजीबी श्री सूर्य बहादुर उपरकोटि ज्यु ले गर्नु भयको थियो। भने भेला को प्रमुख अथित्यो ग्रहण गर्नु भयको थियो राईनास कै दलित चेली तथा राष्टीय दलित आयोग की सदस्य सुश्री कोपिला बी क ज्यु ले।
साथै भेला को बिसिस्ट अतिथि माँ हुनुहुन्थियो बिसिस्ट ब्यक्तित्यों तथा दलित अधिकारकर्मी दलित एकता संजाल अंतराष्टीय समन्नाय समिति का संस्थापक संयोजक श्री खड़क गैरे ज्यु।
तेस्तै अन्य बिसेस अतिथि मा दलित अगुवा तथा समाज सेबी हरु श्री रुद्र बहादुर उपरकोटि,पूर्ण बहादुर उपरकोटि,रामचन्द्र बयलकोटि,गोपाल बहादुर नेपाली, मनुमाया सिर्मल ज्यु लगायत बिभिन्न राजनीती पार्टी का स्थानीय प्रतिनिधि तथा बिभिन्न संग सस्था को प्रतिनिधि हरु ले अतिथि ग्रहण गर्नु भयको थियो।
भेला माँ मन्तब्बे दिनु हुने अधिकांस दलित अगुवा प्रतिनिधि हरु ले समाज मा देखिएको सामाजिक अपराध जातीय बिभेद तथा मान्छे मान्छे बिच मा हुने असमानता छुवाछुत जस्त्यो अमनबिया बेबहार यो समाज बिकास को बाधक पनि हो र यो समस्या दलित हरु को मात्र नभई सम्पूण परिबर्तनसील दलित गैर दलित सबैको भयको कारण यसको अन्त्य को लागि दलित दलित बिच को एकता संगै गैर दलित बिच सहकार्य गरि समानता मूलक समाज निर्माण गर्न बिभेद बिरुद्ध को  सामाजिक अबियान को थलनि गर्नु पर्छ भन्ने माँ जोड़ दिनु भयको थियो
भने भेला का आकर्शक आई सी सी संस्थापक संयोजक खड़क गैरे ज्यु बाट दलित संजालको स्थापना र उद्देश, भर्खरै बनेको नयाँ संविधानमा दलित समुदाय सम्बन्धि दलित समुदायको मौलिकहक पारित भएकोले हाम्रो समाजमा जो कोहीले बुझेर वा नबुझेर जातीय छुवाछूत तथा विभेद जस्तो सामाजिक अपमान गरेमा तत्काल उजुरी दर्ता गर्नु पर्ने कानुनी कार्वाहीको सम्पुर्ण प्रक्रियाको जिम्मेवारी संजालले लिनेछ।
समाजमा जातीय छुवाछूत तथा परिवर्तन र समतामूलक समाज निर्माणमा सल्लाह ,सुझाव र सहमतिमा नआए जुन सुकै मुल्य चुकाउन मैदानमा उत्रन एकता बद्द हुनु पर्ने जस्ता  ,.समाजमा जातीय विभेद तथा मान्छेले मान्छेलाई घिर्णा गर्ने प्रवृती कसरी शुरु भयो र वर्ण प्रथा ,जात प्रथा र छुवाछूत प्रथाको बारेमा प्रष्ट पार्नु भयको थियो। साथै
कोपिला बि क ज्यु बाट :संजालका हरेक कार्यमा दलित आयोग बाट आफुले सक्दो सल्लाह सुझाव र सहयोग रहने ,आप्नो अधिकार को लागि महिलाहरु पनि जागरुक हुन अनुरोध गर्नु भयो।
तेस्तै स्कूल की प्र.अ तथा अन्य राजनीती पार्टी प्रतिनिधि बाट दलित संजाल ले चाले को सामाजिक अबियान लाई सहयोग गर्ने प्रतिबद्धता संगै निर्बचित कार्य समिति लाई सफलता को सुभकामना दिनु भयको थियो।

राईनास बासी दलित समुदाय को बाक्लो उपस्थिति रहेको सो भेला को सञ्चालन दलित यूबा अशोक उपरकोटि ले गर्नु भयको थियो।
अन्त्य मा भेला को सभपतितयो गरीरहनु भएका भेला संयोजक श्री सूर्य बहादुर उपरकोटि ज्यु ले आफ्नो बिचार राख्दै  भेला को समापन  गर्नु भयको थियो।

भेला को समापन पछि तुरुन्त बन्द सत्र माँ प्रबेस गरि सबै दलित अगुवा हरु को बिर्यात् छलफल पछि श्री संखर बहादुर उपरकोटि ज्यु को अध्यक्ष माँ १९ सदस्य दलित एकता संजाल  राइनास कार्य समिति चयन गारो।
सल्लाहकार समिति माँ गोपाल बहादुर नेपाली को संयोजक मा ७ सदस्य सल्लाहकार समिति निर्माण गरेको छ।
सम्योजक :गोपाल बाहादुर नेपाली
सदस्यहरु;रुद्र बहादुर उपरकोटी
"          रामचन्द्र बयालकोटी
"           सुर्य बहादुर उपरकोटी
"           पुर्ण बहादुर उपरकोटि
"           जित बहादुर आछामी
"           नर बहादुर बि.क.

निर्बचित राईनास नगर पधाधिकारी हरु:-

१)अध्यक्ष्य-श्री संखर बहादुर उपरकोटि
२)उपाध्यक्ष-सुश्री पूर्णिमा बी क
३)उपाध्यक्ष-श्री सुक बहादुर बी क
४)सचिब-श्री शम्भू रोका
५)सहसचिब-श्री बाबुराम रोका
६)कोसाध्यक्ष-सुश्री जुना बी क
७)सदस्य-सुश्री अस्मिता अच्छामि
८)सदस्य-सुश्री प्याऊली गंधर्ब
९)सदस्य-श्री लक्षमण नेपाली
१०)सदस्य-सुश्री फूलमाया नेपाली
११)सदस्य-सुश्री गोमा सुनार
१२)सदस्य-श्री सुकदेब नेपाली
१३)सदस्य-सुश्री सारधा बी क
१४)सदस्य-श्री इक्षाराम परियार
१५)सदस्य-श्री सेत बहादुर टोलागे
१६)सदस्य-सुश्री बिमाया बी क
१७)सदस्य-श्री इन्द्र बी क
१८)सदस्य-सुश्री धन कुमारी बी क
१९)सदस्य-श्री रमेश बी क

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...