उत्तम बिक, दुबई २७ नोभेम्बर, हेल्प राईज फोरम (HRF)आईसिसि सहसंयोजक बाबुराम बिक सहित युएईका ५५ जना सदस्यले २६ नोभेम्बर २०१५ का दिन युएर्ईको बरदुबई स्थित सिन्धपन्जाब रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि सस्था परित्याग गरेको घोषणा गरेका छन् ।
संस्थाका आईसिसि सहसंयोजक बाबुराम बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन दुबई क्षेत्रिय अध्यक्ष देब बिश्वकर्माले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका केन्द्रिय पार्सद एकेन्द्र थापा र भुपराज बस्याल, उपाध्यक्ष त्रिलोचन कोईराला अतिथी थिए । कार्यक्रममा पत्रकार निर्भिक नारायण, दामोदर दहाल, उत्तम बिक लगायत बिभिन्न ब्यक्तीहरुको उपस्थित रहेको थियो ।
समाजमा पछाडी परेका कथित दलित समुदायको उत्थान गर्ने उद्धेस्यका साथ १७ मे २०१३ का दिन युएईमा गठन भएको यस हेल्प राइज फोरमले बिभिन्न समयमा नेपाल लगायत प्रबासमा समस्या परेका थुप्रै ब्यक्तीहरुलाई सहयोग गर्दै अएको थियो । नेपालका बिभिन्न जिल्लाका अपाङ्ग, दृष्टि बिहिन, एकल महिला, बाबुआमा नभएका गरिब बालबालिकाहरुलाई बिभिन्न समयमा सहयोग गर्दै आएको यस सस्थाले अहिले सम्म ७,३७,७८६ नेपाली रुपैया सहयोग गरि सकेको सस्थाका कोषाध्यक्ष दुर्गा बहादुर सुनारले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
यसरी सहयोगको भावना राखेर स्थापित भएको सस्थाले राम्रो काम गरेता पनि केहि समय पहिला देखि सस्थामा ब्यक्तीबादी सोचका कारण राम्रो काम गर्ने ब्यक्तीको कदर नगर्नु, बहुमत सदस्यको सुनुवाई नहुनु, बिशुद्ध सामाजिक सस्थामा राजनैतिक करण गरिनु, जस्ता गलत क्रियाकलापले गर्दा उक्त सस्थामा रहनुको औचित्य समाप्त भएको निश्कर्ष सहित सस्थाका ५५ जनाले सस्था परित्याग गरेका थिए । जसमा आईसिसि सहसंयोजक बाबुराम बिश्वकर्मा र महासचिब प्रबिन बिक लगायत एन सि सि युएईका कार्यबाहक अध्यक्ष फारस बिक, सारजाह क्षेत्रिय अध्यक्ष टेक बहादुर बिक, दुबई क्षेत्रिय अध्यक्ष देब बिक, आबुधबि क्षेत्रिय अध्यक्ष गाम बिक, नरेश बिक, हेमा सुनार, राम घतानी,टेक बहादुर बिक, रबि कुमार सुनार, दिल बहादुर सुनार, रेम बहादुर सुनार, मन कुमार सुनार, जित बहादुर बिक, समिरा सुनार, दिपक बिक, ईन्द्र सुनार,हिरालाल सुनार,चित्र सुनार, शालिकराम सुनार, श्रीप्रसाद सुनार, उजरा सिं बिक, दुर्गा गोर्खाली बिक,बिशाल बिक, शंकर सुनार,नारायण बिक,तोरण बिक,झलक सुनार,कमल खाती, कृष्ण बिक, दलबिर बिक,योगी सिं बिक,कृपा गिरी,सरन्द पोख्रेल,रबि सुनार,राजकुमार सुनार,केपी लाम्घाडे,दिपक परियार,बिशाल बिक,खग बहादुर सुनार लगायत ५५ जनाले उक्त सस्था परित्याग गरेको कार्यक्रमका सभापति बाबुराम बिकले पत्रकार सम्मेलन मार्फत जानकारी गरएका थिए ।
सस्था परित्याग पछिको समयमा के गर्ने सोच छ भनि पत्रकारले सोधेको प्रश्नको जवाफमा बिगतका दिनहरुमा जस्तै निरन्तर समाज सेवामा लागी पर्ने त्यसको लागी कथित दलित समुदायको मुक्तिको लागी आगमी दिनमा सबै दलित समुदायलाई समेटेर दलित महासंघ निर्माण गर्ने र उक्त महासंघ अन्तरगत सबै दलित समुदायलाई समेटेर अगाडी बढने प्रतिबद्धताका साथ उक्त सस्था परित्याग गरेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें