सीधे मुख्य सामग्री पर जाएं

के भारत ले  नेपाल हिन्दू रास्ट्र कायम भए नाका बन्दी हटछ ? ?

धर्म निरेपेक्ष नेपाली नेता हरुले जनतको अभिमत बिना आफ्नो स्वार्थ को लागी ६०१ जनाले घोशणा गरेको हो ।कारीब ८०% जनता हिन्दू भएको देशमा धर्म निरेपेक्ष को लागी जनमत संग्रह मा जानु पर्ने थियो यो भएन । संघियताको बिषय अझ जटिल हो , नेपाल जस्तो सानो भुपरिबेस्थित देश त्यसमा सय भन्दा धेरै जात जाती भाषा भाषी धर्म संस्कृती को बिभिन्नता रहेको छ । यो  बिषय मा पनि जनमत संग्रह नै हुनुपर्थ्यो तर भएन यही दुइ बिषय ले नेपाल लाई डढेलो लगाएको छ ।नेपाली नेता हरुले यसमा हेल्चेक्र्याइ गरे नेपाल लाई अहिलेको अवस्था मा ल्याउने नेपाली नेता को ब्यक्ती बादी र पार्ट्री  बाजी स्वार्थ ले हो । हाम्रा नेता लाई रास्ट्र र जनताको भन्दा आफ्नो कुर्ची र प्रे स्टिज को चिन्ता हुन्छ अनि कसरी समग्र नेपाल र नेपाली को बारेमा सोच्न सक्छन ? ?
संबिधान सभा घोषणा हुनु पुर्ब देश भरि जातिय छेत्रीय संघर्ष जारी थियो ।दलित आन्दोलोन जनजाती आन्दोलोन मधेसी आन्दोलोन थारु आन्दोलोन का बिच संबिधान घोषणा भयो । नेपालको संबिधान मा छिमेकी मुलुक भारत लाई पनि धेरै चासो भयो र बार बार सुझाबात्मक हस्तक्षेप प्र यास गर्‍यो इतिहास मै नेपाल ले भरतको सुझब अस्विकार गर्दै एउटा सार्बभौम सम्पन्न मुलुक को संबिधान घोषणा गर्‍यो । जुन बिस्वकै उत्कृस्त रहेको बिज्ञ हरुको भ नाइ छ । तर भरत लाई आमान्य भयो टाउको दुखाइ भयो यसको मुख्य कारण नेपाली नेता भारतीय मुट्ठी मा कैद नहुनु हो र भरत ले  सुझाएको नमन्नु हो भारत लाई जिउ हजुरी नगर्नु हो ।
नेपाल का बिभिन्न राजनीतिक परिवर्तन संग भारतको प्रतेक्ष उपस्थिती रहेको छ , यो संबिधान मा पनि भारत ले आफ्नो उपस्थिती चाहन्थ्यो र उसको अर्डर पालना गरेको देख्न चाहन्थ्यो नेपाल दासी र आफु मालिक भएको बिस्वमा देखाउन चाहन्थ्यो यो सबै हुन सकेन । यि सबै को बदला मधेश आन्दोलोन लाई तेज बनायो मधेसी नेता लाई उपायोग गरेर उनिहरुकै आड मा अघोसित नाकाबन्दी गर्‍यो । जसको कारण बिस्वको नजर मा नेपाल को मधेश आन्दोलोन को कारण ढुवानी समस्या भएको देखाउन खोजेको छ भने मधेसी लाई उचालेर भारत आफ्नो स्वार्थ पुरा गर्न चाहन्छ ।
अहिले भारत द्वारा गरिएको अघोसित नाका बन्दी बिरुद्ध बिस्व भरि बाट बिरोध सुरु भएको छ ।बिसेश  नेपाली जनताको मन मा भारत प्रती बिरोध को लप्का जलिरहेको छ नेपाल मा मात्र नभएर बिदेश मा बस्ने नेपाली ले पनि बेलायत भ्रमण गएको बखत मोदी नट वेल्कोम भनेर ठुलो बिरोध गरे संयुक्त राष्ट्र संघ ले ध्यान आकर्शण गराएको  छ । स्वयम भरत मा पनि प्रतिपक्षी पार्टी  बुद्धिजिबी मुख्य पत्र पत्रीका हरुमा मोदिको नेपाल निती असफल भएको जिकिर गरिसकेका छन । मोदी सेफ ल्यान्ड हुन  हिन्दू राष्ट्र को कुरा अगाडी बढाएको हुनु पर्छ । किन भने मोदी बिस्वको नजरमा  आफु हारेको देखाउन चाहन्नन  र अन्त मा आफ्नो पार्टी भाजपा को उद्देस्य र साख लाई कायम राख्न नेपाल लाई हिन्दू रास्ट्र कायम गराउन चाहन्छ्न ।तेसैले अहिले हिन्दू राष्ट्र को कुरा आएको हुनुपर्छ यो बिषय मा नेपाली नेता हरुले गम्भिर रुपमा सोच्नु पर्छ । देश जटिल अवस्था मा छ जनता  अभाब मा आक्रोसित हुन थालेका छन । भारत ले अहिले सबै भन्दा बलियो पत्ता पल्टाउदै छ यस्मा उस्ले जितको छनक देखेको छ ।मधेश को पत्ता ले काम नगरे पछी हिन्दू धर्म को पत्ता फालेको छ ।यदी देश मा स्थिर रख्ने हो भने अब हिन्दू राज्य को बारेमा सोच्नु पर्छ ।धर्म निरेपेक्ष वा हिन्दू रास्ट्र  रख्ने अधिकार जनतको हातमा दिएर यसको फैसला गर्ने हो कि  यसो गर्दा भरत को चित्त बुझ्न सक्ला अखन्ड नेपाल अस्थिर नेपाल रहन बाट बच्ला
नत्र धार्मिक हिंसा भड्क्यो भने अझ भयन्कर डरलाग्दो स्थिती बाट गुजर्न नपर्ला भन्न सकिन्न  तेसैले भोलिको लागी आजै सोचौ ।

बिनोद गोतामे
युएई

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...