जिवन्त जातिय भेद भाव बिरुद्ध कलम चलाउदै आउनु भएका कबी लेखक ,सस्कृतिक चिन्तक एवम साहित्यकार देश भक्त दुलाल "आहुती " लाई बिश्वकर्मा समाज कतारलगायत दलित एकता सन्जाल , जतिय भेद भाव तथा उन्मुलन शाझा मन्च ले यही २० नोबेम्वर २०१५ का दिन टपफर्म रेस्टुरेन्ट मा सम्मान पत्र द्वार सम्मान गरेको छ ।
१०६ औ लक्ष्मी जयन्तीको अवसर पारेर अन्तरास्टृय साहित्यिक समाजले आयोजना गरेको लक्ष्मी जयन्ती कार्यक्रमको सु-अवसर पारी आउनु भएका "आहुती" ज्यु लाई कतारमा गठित दलित सस्था तथा बिश्वकर्मा समाज कतार को सङ्युक्त आयोजना मा सम्मन गरिएको थियो ।
दलित एकता सन्जाल नेपाल NCC कतारका अध्यक्षा श्याम नेपालीको शभापतित्योमा सम्पन्न कार्यक्रम बिश्वकर्मा समाज कतार का सल्लाहाकार कृष्ण बिश्वकर्मा ले सन्चालन गर्नु भएको थियो भने कार्यक्रम का प्रमुख अतिथी बिश्वकभक्त दुलाल "आहुति" तेसै गरी अतिथी हरुमा दलित एकता सन्जाल नेपाल कतार का प्रथम उपाध्यक्ष बिरेन नेपाली बिश्वकर्मा समाज कतार का सल्लाहकार सदस्य प्रेम कुमार बि क जातिय भएद भाव तथा उन्मुलन शाझा मन्च का अध्यक्ष भिम सुनार दलित अधिकार कर्मी गणेश शिवा तेसैगरी दलित अधिकार कर्मी छम परियार धन परियार समाज सेवी तथा बिश्वकर्मा समाज का सल्लाहाकार सदस्य प्रेम रसाइलीअ.ने.शा.स का अध्यक्ष तिर्था सङ्गम राइ लगायत रहनु भएको थियो ।
बिश्वकर्मा समाज कतार कि कार्यवाहक अध्यक्ष गिता बिश्वकर्मा ले अतिथी हरुलाई खादा ओढाइ स्वागत गरे लगतै रास्टृयगान तथा दलित आन्दोलन मा आहुती दिनुहुने ज्ञात अज्ञात सहिद हरुको सम्झान मा एक मिनेट मौन धारणा गरी जातिय भेद भाव उन्मुलन शाझा मन्च का बारीस्ट उपाध्यक्ष पुर्ण नेपाली को स्वागत मन्तब्य सङ्गै कार्यक्रम लाई अगाडी बढाइएको थियो ।
दलित आन्दोलन का उपलब्धी तथा चुनौती बिसयक कार्यक्रम मा देश भक्त दुलाल आहुती ले देश को बर्तमान अवस्था तथा दलित आन्दोलन का उपलब्धी एवम चुनौती हरु बारे बताउदै उपस्थित तीन वाटा सस्था हरुका सदस्य हरुलाई प्रशिक्षण दिनु भएको थियो । दलित जाती भित्र रहेका हरेक जाती हरुको सङ्घठन हुनुपर्ने तथा तीनै जातिय सस्था हरु बाट महासङ खडा गर्न सकियो भने जातिय पहिचान पनि हुने तथ दलित आन्दोलन पनि सफल हुने मा जोड दिनु भएको थियो ।
बिश्वकर्मा समाज बाट कार्यवाहक अध्यक्ष गिता बिश्वकर्मा तथा कार्यवाहक सचिव टेक सागर बिश्वकर्मा तेसैगरी जतिय भेद भाव तथा उन्मुलन शाझा मन्च बाट बारीस्ट उपाध्यक्ष पुर्ण नेपालि, सचिव कर्ण शिलवाल , दलित एकता सन्जाल NCC कतार बाट अध्यक्ष श्याम नेपाली तथा कार्यवहाक सचिव रमेश परियार ले खादा सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । दलित एकता सन्जल्, बिश्वकर्मा समाज जतिय भेद भाव उन्मुलन शाझा मन्च को सन्युक्त आयोजना मा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें