सीधे मुख्य सामग्री पर जाएं

मोदिको बेलायतमा नेपाली र भारतीय ले गरे बिरोध

काठमाडौं, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनप्रति समर्थन जनाउँदै नेपालविरुद्ध नाकाबन्दी लगाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लन्डनमा चर्को विरोध भएको छ । बेलायतमा बसोबास गर्दै आएका नेपाली मुलका नेपालीहरूले बिहीबार मोदीविरुद्ध नारावाजी र प्रदर्शन गरेका हुन् । बीबीसीको नेपाली सेवाका अनुसार नेपालको राष्ट्रिय झण्डा र नेपाली पोशाकमा सजिएका नेपालीहरूले मोदी र भारतको नाकाबन्दीविरुद्ध नारावाजी गरेका थिए । मोदी आउने थाहा पाएपछि लन्डनको टेनडाउनमा जम्मा भएका हज्जारौँ नेपाली र भारतीयहरूले मोदीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले भूपरिवेष्ठित मुलुक नेपालमा अन्तर्राष्ट्रिय सन्धी र कानुन विपरित नाकाबन्दी लगाई दुःख दिएको आरोप भारतलाई लगाएका थिए । नेपाली र भारतीयहरूले मोदी र भारतको गतिविधि असंहिष्णु रहेको आरोप लागएका छन् । भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमण आएको थाहा पाएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको सरकारी निवास र संसद भवन अगाडि जम्मा भएका नेपाली र भारतीय संघसंस्थाका प्रतिनिधिहरूले विरोध गरेको बीबीसी नेपाली सेवाका सम्वाददाता भगिरथ योगीले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् । मोदीको गलत नीति र व्यवहारको विरोधमा भारतीय नागरिकहरूले पनि नारावाजीका साथै विरोध प्रदर्शन गरेका हुन् ।  बिरोध भएपछि मोदी कालोनिलो भएको प्रत्यक्षदर्शी नेपालीहरूको भनाइ छ । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्नुपर्ने तथा नाकाबन्दी हटाएर पारवाहन अधिकार सूचारु गराउनुपर्ने लगायतका नाराहरू नेपाली तथा भारतीयहरूले लगाएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ । एनआरएएनका यूरोप प्रतिनिधि कुल आचार्यले भारतले अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित नेपालविरुद्ध नाकाबन्दी लगाई जनतालाई दुःख दिएकाले नाकाबन्दी खोली आपूर्ति सहज बनाउन दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताउनुभयो । उहाँले भारतीय पक्षका कारण नेपालमा औषधि, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको चरम संकट परेकाले भारतलाई दबाव दिन र सो विषय अन्तर्राष्ट्रिय करणका लागि सहयोग पुगोस् भनेर लन्डनमा मोदीविरुद्ध प्रदर्शन गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री बिहीबार औपचारिक भ्रमणका लागि लन्डन पुगेका हुन् । मोदीले लन्डनमा तीन दिन बिताउनेछन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...