सीधे मुख्य सामग्री पर जाएं

जातिय भेदभाब बिरुद्ध पहिलो मुद्धा

भीमदत्तनगर, कात्तिक २५ । अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभावविरुद्धको मुद्दा पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो । यद्यपि दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभयो । पीडित विकका अनुसार आफूलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नुपर्ने भन्दै दबाब दिँदै आएका थिए । बाजेको पालादेखि गर्दै आएको आरन व्यवसाय गर्नुपर्ने, काठ दाउरालगायत घरको काम गर्नुपर्ने भन्दै भण्डारीले निरन्तर दबाब दिने गरेकाले अन्याय सहन नसकी विकले प्रहरीमा ऐन आएपछि उजुरी दिएका हुन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...