सीधे मुख्य सामग्री पर जाएं

dalit

२. दलितमाथिको उत्पीडन र भेदभावको जडतत्व उनीहरूलाई "दलित" भनेर सम्बोधन गर्दा अझै हुन्छ कि भन्ने मेरो बुझाई रहेको छ । दलितलाई दलित नभनेर 'शिल्पी' भन्दा कसो होला ? ( विसु सम, हङकङ )

कतिपयलाई लाग्ने गरेजस्तो दलितलाई दलित भनेर उत्पीडन भएको हुन्थ्यो भने त नेपालमा वि.सं. २०२४ सालभन्दा अघि उत्पीडन नहुनु पर्ने किनभने त्योभन्दा अघि दलित भनिदैंनथ्यो । त्यसैले कुरा के हो भने—
एक, दलित शब्द सामन्तवादले हेपेर अपमानित गरेर दिएको नाम होइन, यो त भारतीय दलित आन्दोलनले आफ्नो बलदानीपूर्ण आन्दोलनबाट आफैंले निर्माण गरेको गौरवमय परिचय हो । त्यो नेपालमा वि.सं. २०२४ पछि प्रयोग गरिएको हो । त्योभन्दा पहिले दलितलाई ‘अछुत’, पउनी, ‘छुन नहुने जात’, ‘कुजात’ आदि भनिन्थ्यो । जसरी जनजातिले आफूलाई जनजातिको रुपमा परिचय निर्माण गर्नुभन्दा पहिले उनीहरुलाई ‘लिंडा’, ‘भोटे’, ‘किरा’, ‘चितुवा’, ‘न्यार’ आदि आदि भनिन्थ्यो ।
दुई; नेपालमा दलित शब्द राखेर संगठन दर्ता गर्न खोज्दा पञ्चायतले अस्वीकार गरेको थियो र त्यसैगरी २०४८ सालसम्म नेपालका कुनै पनि पार्टीले दलित शब्दलाई स्वीकार गरेका थिएनन् । तर, दलित आन्दोलन भने यही परिचयमा अगाडि बढिरह्यो र अन्ततः आज पार्टीहरु र अन्तरिम संविधानमा समेत दलितलाई एउटा राजनीतिक रुपमा राज्यले सम्बोधन गर्नैपर्ने सामाजिक समूहका रुपमा स्वीकार गर्न  बाध्य भएको छ। दलित शब्दले खस-आर्य, मधेशी र नेवार जातिभित्रका फरक फरक संस्कृति भएका विभिन्न नाम गरेका जातका समुदायलाई साझा परिचय दिन्छ, साझा संघर्षको निम्ति मञ्च दिन्छ जसरी जनजाति शब्दले जनजातिभित्रका सबै जातिलाई साझा नाम र लड्ने मोर्चा दिएको छ । यदि दलित शब्द छोड्ने हो भने प्रत्येक जातको नाम राखेर संगठन बनाउनुपर्ने हुन्छ र आन्दोलन स्वतः कमजोर हुन पुग्दछ । जुन कुरा शासकहरु चाहन्थे र अझै चाहनेहरु बाँकी छन् ।
तीन; बुझ्नैपर्ने अर्को कुरा के छ भने ‘दलित’ र ‘अछुत’ भनेको पर्यायवाची हुँदै होइन । अछुत त्यो मानिस हो जसले छुवाछुत र उत्पीडनलाई स्वीकार गर्दछ तर जबदेखि त्यसको विरुद्धमा उभिन्छ, त्यसपछि ऊ ‘दलित’ हो । त्यसैले दलित भनेको विद्रोही पर्यावरण हो, योसँग हीनताबोध होइन गौरवको अवधारणा छ । दलित एउटा अवस्था हो, स्थायी पहिचान होइन । जब दलितमाथिका सबै उत्पीडनको अन्त्य हुन्छ, त्यसपछि दलित एउटा इतिहासको स्मरणको विषय बन्नेछ । जसरी हिजोका कमाराकमारीका सन्तान आज नेपालमा सम्मानित जीवन बाँच्दछन् । त्यो बेला कमारा प्रथा थियो भनेर आज उनीहरुलाई फरक परेको छैन, पर्ने पनि होइन । जनजाति पनि एउटा अवस्था हो, त्यो सधैं रहदैंन । दलित भनेरै उत्पीडन भएको हुन्थ्यो भने नेपालको कुनै सार्की चीन गएर आफू दलित हुँ भन्दा किन चिनियाँ समाजले अपमान गर्दैन ? किनभने चिनियाँ समाजमा जातप्रथा नै छैन । मुख्य कुरा वर्ण व्यवस्थाद्वारा निर्धारित राजनीति, अर्थतन्त्र र संस्कृतिका कारणले उत्पीडन भएको हो, त्यसैले त्यसैलाई भत्काएर समतामूलक बनाउनुतिर लाग्नु मुख्य जिम्मेवारी हो, नामका पछाडि दौडिनु सही  होइन ।
चार; अब आयो दलितको सट्टा ‘शिल्पी’ भने के होला भन्ने प्रश्न । यसबारेमा के छ भने भारतमा महात्मा गान्धीले दलितको सट्टा ‘हरिजन’ अर्थात् ईश्वरका सन्तान भन्ने शब्द चलाउन खोजे तर दलितहरुले आफ्नो बलिदानद्वारा निर्मित शब्द छोड्न तयार भएनन् । नेपालमा पनि २०२४ भन्दा अघि ‘परिगणित’ ‘हरिजन’ "पिछडावर्ग" आदि शब्द प्रयोग गरियो, पछि एउटा पार्टीले ‘उत्पीडित’ शब्द पनि प्रयोग गर्यो । तर ती सबैले दलित अस्तित्वलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सकेनन् र हराए । अब "शिल्पी" पनि त्यस्तै एउटा पार्टीले गर्न खोजेको प्रयोग बुझिन्छ तथापि त्यस पार्टीले पनि आफ्नो भ्रातृ संगठनको नाममा  ‘दलित’ शब्द नै प्रयोग गरेको छ ।
कुनै समुदायलाई चिनाउन र एकताबद्ध गर्न अर्को समुदायसँग आधारभूत रुपमा नजुध्ने शब्द चयन गर्नु हुन्छ जरुरी हुन्छ, अनि त्यस परिचयमा  त्यो समुदायको गौरव लुकेको भए झनै वेश हुन्छ । शिल्पीको अर्थ शिल्पकारिता गर्ने भन्ने हुन्छ । तर दलित समुदायभित्र शिल्पकारिता नगर्ने दुसाध,मुसहर, डोम, हलखोर,च्यामे, पोडे, आदि पनि छन् । त्यसैगरी शिल्पकारिताभन्दा माथिल्लो स्तरको प्राविधिक काम गर्ने  समुदाय कामी पनि छ, आदि इत्यादि । त्यसैले ती हरेकलाई ‘शिल्पी’ शब्दले कसरी सम्बोधन गर्छ ? अर्कोतिर नेपालमा शिल्पकारिता गर्ने दलित मात्र छैनन्, जनजातिभित्र प्रशस्त समुदायहरु छन्, नेवारभित्र त ‘शिल्पकार’ नामको जात भन्न मिल्नेभन्ने समुदाय नै छ । तर उनीहरू दलित होइनन्। तब तिनीहरुलाई कसरी न्याय हुन्छ ? हुनै सक्दैन । त्यसकारण दलितलाई शिल्पी सम्बोधन समाजशास्त्रको कम अध्ययणबाट उब्जिएको लहडबाजी जस्तो लाग्दछ ।

आहुती

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...