सीधे मुख्य सामग्री पर जाएं

शत्रु परास्तका चार विधिहरू




विश्वात्मा
असतका पक्षधर, देश तथा जनताविरोधी र अधिनायकवादी तानाशाहहरूलाई पराजित गर्न धेरै कदमहरू चलाउनु पर्ने आवश्यकता हुन्छ । काम, अभियान वा कदम वा कर्म रूपमा जतिसुकै प्रकारका देखिए पनि सारमा ती मुख्य गरी ४ प्रकारका हुन्छन् । ती हुन् ः
१. उपेक्षा ः शत्रुको शक्तिबाट अप्रभावित देखिनु, हुनु, उत्तेजित हुनु, अभयको अवस्थामा रहनु, भयाक्रान्त र किङ्कर्तव्यविमुढताको अवस्था नभई सामान्य, सरल, सहज, स्वाभाविक रूपमा रहँदा नै साँचो रूपमा ‘उपेक्षा भाव’ को अवस्था हुन्छ । निर्भिकता, निडरता, निश्चितता, निसङ्कोचताको अवस्था यस्तो बेला हुन्छ । सत्मार्गीहरूको यो पनदेखि असत मार्गीहरू प्राकृतिक रूपमै उपेक्षित हुन पुग्छन् । राणा शासनका बेला राणाहरू देख्दा ‘जदौँ’ वा ‘जय’ नगर्नु नै उनीहरूको लागि ठूलो उपेक्षा वा असम्मान हुन्थ्यो । हो, त्यस्तै उपेक्षाले शत्रुको मनोबल कमजोर पार्छ । यसले मानसिक (स्पिरिट तहको) हाँक वा चुनौती दिन्छ । यस्तो धेरै (चुनौतीले असतवादीहरू मानसिक रूपले हतप्रद, कमजोर र स्खलित पनि हुन्छन् ।
२. असहयोग ः असहमति, विमति, अस्वीकृति, असमझदारी आदि कुरा यसभित्र पर्छन् । सत्वादी पात्रहरूको यस्तो क्रियाकलापहरूले असत्वादी पात्रहरूलाई गलत कामलाई निरूत्साहित गर्छु । हतोत्साहित पार्छ । कुनै पनि असत्य काम कुरासम्बन्धी प्रस्ताव गर्न नै उनीहरू डराउँछन् । शत्रुको मनोबल कमजोर पार्ने यो दोस्रो कदम हो ।
३. विरोधः
असत्वादीहरूलाई कमजोर पार्ने अर्को महत्वपूर्ण कदम भनेको विरोध हो । यसभित्र निन्दा, आलोचना, उपहास, तिरस्कार, भण्डाफोर सबै कुरा पर्छन् । यस कार्यले जनजीवनमा असत पात्रहरूप्रति सचेतना पनि ल्याउँछ, उनीहरूको यथार्थता जनतालाई बोध गराउँछ । भ्रम र भ्रान्ति हटाउँछ । यो कार्यले माक्र्सदेखि गान्धीसम्म, लिङ्कनदेखि लेनिनसम्म, माओदेखि मण्डेलासम्म, सबैले एकदम जोड दिनु भएको थियो । बुद्ध, कृष्ण, क्राइष्ट, मोहम्मद सबैले पनि यो कार्यलाई अत्यधिक रूपमा प्रश्रय दिनु भएको थियो । यद्यपि कसैको भाषा र प्रस्तुति नरम थियो, कसैको गरम थियो, यो बेग्लै कुरा हो । कसैको विरोध कर्तालक्षित थियो, त कसैको विरोध कर्मलक्षित थियो ।
४. सङ्घर्ष (प्रतिरोध) ः
मन, वचन र कर्मबाट कुनै कामलाई रोक्न वा प्रतिरोध वा अवरोध पु¥याउन गरिने सबै प्रकारका प्रयासलाई सङ्घर्ष भनिन्छ । सङ्घर्षलाई आत्मगतभन्दा वस्तुगत, व्यक्तिविरोधीभन्दा वृत्तिविरोधी, कर्तालक्षितभन्दा कर्मलक्षित, स्वस्तःफूर्तभन्दा सचेत, एकलभन्दा सामूहिक र हिंसात्मकभन्दा अहिंसात्मक (कम क्षति वा बलिदान भएको) बनाउनु सबै राजनेताको प्रथम कर्तव्य हो । गान्धीको नेतृत्वमा भएको भारतीय स्वतन्त्रता सङ्ग्राम जतिसुकै अहिंसात्मक नीतिबाट सञ्चालित भए पनि क्रान्तिकारी महानायक लेनिनको नेतृत्वमा सम्पन्न १९१७ को रूसको अक्टोबर क्रान्ति त्योभन्दा बढी अहिंसात्मक थियो । वास्तवमा अक्टोबर क्रान्ति पूर्ण रूपमा अहिंसात्मक थियो ।
माथि उल्लेखित सङ्घर्षका सबै आदर्शहरूबाट यो पूर्ण रूपमा अभिसिञ्चित थियो । परिपालित थियो ।
कुनै पनि देश वा समाजमा क्रान्ति (परिवर्तन) हुनु, त्यहाँको यथास्थितिप्रति उपेक्षा, असहयोग, विरोध र सङ्घर्ष गर्ने काममा उपेक्षा र असहयोग सुरक्षात्मक स्थितिमा बढी गरिन्छ, यतिखेर सङ्घर्ष बाटो शान्तिपूर्ण हुन्छ भने विरोध र सङ्घर्षको अवस्थामा सङ्घर्षको बाटो शान्तिपूर्ण र सुरक्षात्मक मात्र नहुन सक्छ । विरोध र सङ्घर्षले व्यापकता पायो भने यसले क्रान्तिको रूप पनि धारण गर्न सक्छ, जसले अन्ततः सिङ्गो राज्यसत्तालाई आधारभूत रूपमा परिवर्तन गर्ने स्थिति तयार गर्न सक्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...