विश्वात्मा
असतका पक्षधर, देश तथा जनताविरोधी र अधिनायकवादी तानाशाहहरूलाई पराजित गर्न धेरै कदमहरू चलाउनु पर्ने आवश्यकता हुन्छ । काम, अभियान वा कदम वा कर्म रूपमा जतिसुकै प्रकारका देखिए पनि सारमा ती मुख्य गरी ४ प्रकारका हुन्छन् । ती हुन् ः
१. उपेक्षा ः शत्रुको शक्तिबाट अप्रभावित देखिनु, हुनु, उत्तेजित हुनु, अभयको अवस्थामा रहनु, भयाक्रान्त र किङ्कर्तव्यविमुढताको अवस्था नभई सामान्य, सरल, सहज, स्वाभाविक रूपमा रहँदा नै साँचो रूपमा ‘उपेक्षा भाव’ को अवस्था हुन्छ । निर्भिकता, निडरता, निश्चितता, निसङ्कोचताको अवस्था यस्तो बेला हुन्छ । सत्मार्गीहरूको यो पनदेखि असत मार्गीहरू प्राकृतिक रूपमै उपेक्षित हुन पुग्छन् । राणा शासनका बेला राणाहरू देख्दा ‘जदौँ’ वा ‘जय’ नगर्नु नै उनीहरूको लागि ठूलो उपेक्षा वा असम्मान हुन्थ्यो । हो, त्यस्तै उपेक्षाले शत्रुको मनोबल कमजोर पार्छ । यसले मानसिक (स्पिरिट तहको) हाँक वा चुनौती दिन्छ । यस्तो धेरै (चुनौतीले असतवादीहरू मानसिक रूपले हतप्रद, कमजोर र स्खलित पनि हुन्छन् ।
२. असहयोग ः असहमति, विमति, अस्वीकृति, असमझदारी आदि कुरा यसभित्र पर्छन् । सत्वादी पात्रहरूको यस्तो क्रियाकलापहरूले असत्वादी पात्रहरूलाई गलत कामलाई निरूत्साहित गर्छु । हतोत्साहित पार्छ । कुनै पनि असत्य काम कुरासम्बन्धी प्रस्ताव गर्न नै उनीहरू डराउँछन् । शत्रुको मनोबल कमजोर पार्ने यो दोस्रो कदम हो ।
३. विरोधः
असत्वादीहरूलाई कमजोर पार्ने अर्को महत्वपूर्ण कदम भनेको विरोध हो । यसभित्र निन्दा, आलोचना, उपहास, तिरस्कार, भण्डाफोर सबै कुरा पर्छन् । यस कार्यले जनजीवनमा असत पात्रहरूप्रति सचेतना पनि ल्याउँछ, उनीहरूको यथार्थता जनतालाई बोध गराउँछ । भ्रम र भ्रान्ति हटाउँछ । यो कार्यले माक्र्सदेखि गान्धीसम्म, लिङ्कनदेखि लेनिनसम्म, माओदेखि मण्डेलासम्म, सबैले एकदम जोड दिनु भएको थियो । बुद्ध, कृष्ण, क्राइष्ट, मोहम्मद सबैले पनि यो कार्यलाई अत्यधिक रूपमा प्रश्रय दिनु भएको थियो । यद्यपि कसैको भाषा र प्रस्तुति नरम थियो, कसैको गरम थियो, यो बेग्लै कुरा हो । कसैको विरोध कर्तालक्षित थियो, त कसैको विरोध कर्मलक्षित थियो ।
४. सङ्घर्ष (प्रतिरोध) ः
मन, वचन र कर्मबाट कुनै कामलाई रोक्न वा प्रतिरोध वा अवरोध पु¥याउन गरिने सबै प्रकारका प्रयासलाई सङ्घर्ष भनिन्छ । सङ्घर्षलाई आत्मगतभन्दा वस्तुगत, व्यक्तिविरोधीभन्दा वृत्तिविरोधी, कर्तालक्षितभन्दा कर्मलक्षित, स्वस्तःफूर्तभन्दा सचेत, एकलभन्दा सामूहिक र हिंसात्मकभन्दा अहिंसात्मक (कम क्षति वा बलिदान भएको) बनाउनु सबै राजनेताको प्रथम कर्तव्य हो । गान्धीको नेतृत्वमा भएको भारतीय स्वतन्त्रता सङ्ग्राम जतिसुकै अहिंसात्मक नीतिबाट सञ्चालित भए पनि क्रान्तिकारी महानायक लेनिनको नेतृत्वमा सम्पन्न १९१७ को रूसको अक्टोबर क्रान्ति त्योभन्दा बढी अहिंसात्मक थियो । वास्तवमा अक्टोबर क्रान्ति पूर्ण रूपमा अहिंसात्मक थियो ।
माथि उल्लेखित सङ्घर्षका सबै आदर्शहरूबाट यो पूर्ण रूपमा अभिसिञ्चित थियो । परिपालित थियो ।
कुनै पनि देश वा समाजमा क्रान्ति (परिवर्तन) हुनु, त्यहाँको यथास्थितिप्रति उपेक्षा, असहयोग, विरोध र सङ्घर्ष गर्ने काममा उपेक्षा र असहयोग सुरक्षात्मक स्थितिमा बढी गरिन्छ, यतिखेर सङ्घर्ष बाटो शान्तिपूर्ण हुन्छ भने विरोध र सङ्घर्षको अवस्थामा सङ्घर्षको बाटो शान्तिपूर्ण र सुरक्षात्मक मात्र नहुन सक्छ । विरोध र सङ्घर्षले व्यापकता पायो भने यसले क्रान्तिको रूप पनि धारण गर्न सक्छ, जसले अन्ततः सिङ्गो राज्यसत्तालाई आधारभूत रूपमा परिवर्तन गर्ने स्थिति तयार गर्न सक्छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें