मान्छेलाई मान्छेले छुवाछुत अथवा छुत र अछुतको व्यबहारले सबैभन्दा बढी सताएको देश नेपाल हो । अरु त्यस्ता मुलुक पनि छन् । जो विश्वको महाशक्तिशाली राष्ट्रमा गनिइने अमेरिका त्यहाँ पनि भेदभाव थियो र अहिले ठूलो प्रजातन्त्रवादी राष्ट्र भनिए पनि भारतमा छुत र अछुत बीचको संघर्ष जारी छ । यद्यपी राज्यले केही आरक्षणको बन्दोबस्त गरेर लोभलालचामा अलमल्याएको होला तर मान्छेले मान्छेलाई जातजातीको आधारमा हेप्ने चलन मासिएको छैन् । जरै समेत उखेलेर फाल्ने आन्दोलन पनि भएको छैन । छुवाछुतको समस्या मान्छेले सृजना गरेको हो । यसलाई मान्छेले नै समाधान गर्नु पर्छ । मानिसको मन भित्रबाट यो कुभावना हट्नु पर्छ । यस्तो कुभावना भएका मानिसको मनस्थिती नै परिवर्तन हुनु पर्छ । तर किन मनस्थिती परिवर्तन हुँदैन ? परिवर्तन हुन के ले रोकेको छ ? यो बारेमा कुनै बहस विमर्श जरुरी
छैन् । यस्ता मानिसले नेपालको सन्दर्भमा हिन्दु धर्मको पक्षपोषण गरेका छन् । हिन्दु धर्मको मुहान मनुस्मिृती हो । त्यसमा के लेखिएको छ ? सबैलाई थाहा भएको विषय हो । मान्छे मान्छेबीच विभेदको पर्खाल खडा गरि त्यो शास्त्रको रुपमा स्थापित छ । यसर्थ त्यो मानवताबिरोधी मनुवाद मुर्दावाद गर्नु पर्छ । विभेदकारी मनुस्मृती जलाएर नष्ट गर्नु पर्छ ।
हिन्दुधर्मको दर्शनलाई ठीक तरिकाले ब्याख्या गर्नुको सटा त्यसको दर्शनको दुरुपयोग गर्ने चण्डालहरु कुसंस्कारका मतियार हुन । यिनीहरु समाज भँडुवा हुन । यसता भाँडहरुले नेपालीदाजुभाईबीच बैमनस्यता
पैदा गरेका छन । सामाजिक सद्भाव खलबल्याएका छन । राष्ट्रिय भावनामा कुठाराघात गराई एकतामा अनेकता श्रृजना गराउन टुप्पी देखि पैताला सम्मको बल लगाई रहेका छन । यस्ताहरुलाई देशद्रोही
घोषणा गर्नु पर्छ । पहिला देखिनै सामन्तवादको चरित्रलाई पक्षपोषण गर्दै सेवालाई ब्यबसायिक बनाएर मालिक रिझाउँने र व्यक्तिगत फाईदा लिने र अरुलाई खसाल्ने कुरामा सिपालु चण्डालहरुले सत्ताको आडमा आफूलाई स्वघोषित ब्रह्मण भन्ने कुहल्ला गरे । त्यसको कुप्रचारले सोझासिधा निमूखा गरिव श्रमजीवीहरुलाई प्रभाव पार्दै गयो । वर्ग बिभाजनसंगै स्वार्थ जन्मदै गयो । स्वार्थीहरुको भीड लाग्यो । तिनीहरुले सत्ताको चाकडी गर्दै रहे । शासकले चाकडीवाजहरुको रक्षा गर्न निरिह र निमुखालाई निषेद गर्ने आफ्नो समान्ती चलनलाई मजवुत पार्दै गए । साधनश्रोतको व्यवस्थित लुटपाटकोलागि आफ्नो हितअनुकुल कानून बनाएर अचाक्ली मच्याउन थाले । त्यो राजामहाराजा हुँदै अहिले लोकतन्त्रान्त्रिक वा गणतान्त्रिक भनिएका नेताहरुमापनि त्यस्तै भूत जाग्यो । साशन सत्तामा हुनेहरुले अरुलाई हेप्ने पुरानै चलन अहिले झन विकसित हुँदैछ । हेप्ने वर्गलाई हेपिएका वर्गले संयुक्त रुपमा निषेधको आन्दोलन गर्नु पर्छ । त्यो आन्दोलनको मुहान कहाँ छ ? पत्ता लगाउन सक्नु पर्छ । त्यसकोलागी शोषितपीडितहरु एकहुनु जरुरी छ ।
** पि बी दियाळी **

टिप्पणियाँ
एक टिप्पणी भेजें