सीधे मुख्य सामग्री पर जाएं

धारामा पानी भरेको भन्दै गर्भवतीमाथि कुटपिट



रूपन्देही । रुपन्देहीमा धारामा पानी भरेको निहुँमा गर्भवती दलित महिलामाथि निर्घात कुटपिट भएको छ ।
बुटवल ४ मैनाबगर श्रीरामटोल निवासी विष्णु क्षेत्री र उनका दुई छोरी जुना र सोनीले सोही ठाउँमा भाडा गरि बस्ने बर्ष १८ की सविता विश्वकर्मालाई बेहोस हुने गरि कुटपिट गरेका हुन् ।
बैशाख ३१ गते राती साढे आठ बजेतिर धारामा पानी भर्न जाँदा “कमनी भएर चाँडै पानी भर्न पाइन्छ” भन्दै एक्कासी नौ महिनाको गर्भ रहेको सविताको पेटमा गाग्रीले हानेको पिडित परिवारले बताएका छन् । विष्णु क्षेत्रीको जेठी छोरी जुनाले पेटमा गाग्रीले र आमा र अर्की छोरी सोनीले कपाल लुछालुछ गरेर बेहोस बनाएका थिए ।
सवितालाई तुरुन्तै लुम्बिनी अञ्चल अस्पताल उपचारका लागि लगिएको थियो । अञ्चल अस्पतालले उपचार गर्न नसक्ने भएपछि राती १ बजे भैरहवा मेडीकल कलेजमा उपचार गराउन लगेको पीडितकी सासु रिता विश्वकर्माले बताइन् । “एक्कासी बुहारी ढलेको देखेपछि म दगुर्दै धारामा पुगे” सासु रिता विश्वकर्माले भनिन् –“मलाई समेत हात हालें ।”
“पहिल्यैदेखि हामी भाडामा बस्ने भएकाले हेप्ने,तिमिहरु सानो जात हो हामीले भनेको मान्नुपर्छ,कामी दमाईलाई यहाँ बस्न दिनौं भन्दै धम्काथें” उनले भनिन् – “हामी पनि मान्छे हौं, दुःखसुःख गरेर पेट पालेका छौं, त्यसरी दलित भनेर पिट्न पाइन्छ ?”
सविताको पेटमा रहेको बच्चालाई चोट लागेको मेडिकल रिर्पोटमा उल्लेख छ । घटना भएको एक हप्ता हुन लागको छ ।
पिडक भनिएकी विष्णु क्षत्रीले भने पानी भर्ने क्रममा झगडा भएको स्विकार गर्दै जातीय आधारमा विभेद नगरेको दाबी गरिन् । बेहोस नै हुने गरि कुटपिट भएपनि पिडकलाई कुनै कारवाही भएको छैन । उल्टै क्षत्री परिवारले प्रहरीमा सुन हरायो भनेर उजुरी दिएका थिए ।
“गर्भवती महिलालाई निर्घात रुपमा कुटपिट गरेकाले हामीले तत्काल घटना मिलाएर पठाएका हौैं” इप्रका बुटवलका असइ निर्मला श्रेष्ठले भन्नुभयो –“महिलाको अवस्था हेरेर पछि कारवाही गर्नेछौं ।”
पिडितले यो घटनामा जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार उजुरी दिएको खण्डमा क्षत्रीलाई एक बर्षदेखि तीन बर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना सजाय हुने छ ।
श्रोत : लुम्बिनी टाइम्स

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...