सीधे मुख्य सामग्री पर जाएं

नेपालमा जातपात र दलितभित्रका दलित


अपत्य शर्मा
नेपाल विश्वको अति दरिद्र मुलुकमा गणना भइरहेछ । आर्थिक रूपमा विकसित पुँजीवादी मुलुक बन्ने बाटोमा नेपाललाई लम्काउने नेपालका नीति–निर्माताहरूले घोषणा गरेको दशकौँ भइसकेको छ । नेपालमा मुट्ठीभर धनाड्यहरूको धन दिन–प्रतिदिन बढ्दो छ । हाम्रा ठूलाठालु संस्कृतिविद्हरू नेपाल संस्कृतिमा ज्यादै समृद्ध र ठूल्ठूला ऋषि महर्षिहरूको जन्मथलो कर्मथलो पनि नेपाल हो भने ठोकुवा गर्नेहरूको पनि कमी छैन । नेपालमा वेदव्यास, पाणिनी आदिको जन्म पनि नेपालमै भएको दाबी पनि गरिँदैछ । गौतम बुद्ध, दार्शनिक राजा जनक, सीता, भृकुटीलाई आदर्श पुरूष महिलाई आफ्ना गौरवका रूपमा हजारौँ पल्ट दोहोर्‍याइँदै आएका छन् । तर यही मुलुकमा छूत र अछूत, ठूलो जात र सानो जातको महाजालोभित्र अछूतहरू चरम गरिबीमा सामन्तवादी कृषि प्रणाली र संस्कृतिभित्र अपमानित र अपहेलित भएर दासतापूर्ण जीवन बिताउन बाध्य छन् । शताब्दीऔँदेखि शोषित, पीडित, दमित, दलित समुदायका वेदना आँसु, पसिना, रगत र सङ्घर्षका गाथाहरूबारे अध्ययन र अनुसन्धानप्रति दलित समुदायका बुद्धिजीवीहरूको विशेष ध्यान गएको देखिँदैन, बरू साम्राज्यवादी तथा विकसित पुँजीवादी शक्तिहरूले उनीहरूलाई डलर र यूरोको प्रलोभनमा पारेर भ्रष्ट र पतित बनाएका छन् र आ–आफ्ना स्वार्थ रक्षा गर्न प्रयोग गरिरहेछन् ।
जातिवादी र पहिचानलाई आफ्नो प्रमुख सिद्धान्त मान्ने तथाकथित दश वर्षे जनयुद्ध गरेर सामन्तवादी सत्ताको अन्त्य गरिसकिएकाले अब पुँजीवादी क्रान्तिको उद्घोष गर्ने एनेकपा (माओवादी) तथा तेस्रो शक्तिको वकालत गर्ने नव उदारवादको तावेदार तथाकथित वामशक्तिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पहाड र तराई–मधेशका दलित, अछूत समुदायको आर्थिक सामाजिक र राजनैतिक स्थितिप्रति इमान्दारितापूर्वक वर्गविश्लेषण गर्ने हो भने नेपालमा सामन्तवादको अन्त्य नभएको टुङ्गोमा पुग्थे कि ? एनेकपा (माओवादी) प्रचण्ड गुट कहिले पुँजीवादी क्रान्ति गर्ने भन्छ भने कहिले समाजवादमा जाने घोषणा गर्छ । शायद साम्राज्यवादीलाई खुशी पार्न पुँजीवादी समाजवादी बाटोको ढोल पिटेका होलान् । सर्वहारावादी सिद्धान्तलाई लत्याएर सर्वहारा वर्गप्रति मात्र गद्दारी नगरेर आमूल परिवर्तनकामी सहयोगी आम नेपाली जनतालाई नै धोका दिएका छन् । एनेकपा (माओवादी) का बेइमान नेता मण्डलीको विश्वासमा बलिदान हुने योद्धाहरूमा दलितहरूको सङ्ख्या कम छैन । तथाकथित जनयुद्धमा कति मारिए, अपाङ्ग भए । कति बेपत्ता छन् । तिनको सही तथ्याङ्क त पाइँदैन । कतिले १५ हजारले ज्यान गुमाएको बताउँछन् भने कतिले १८ हजारले ज्यान गुमाए भनिन्छ । मारिनेमा एक हजारभन्दा बढी दलितहरू मारिएको बताइन्छ । यसकारण दलितहरूले सत्ताधारी भएका एनेकपा (माओवादी) बाट के आशा गरेका थिए भने नयाँ गणतान्त्रिक लोकतन्त्रमा अपमानजनक भेदभावको अन्त्य हुने र अन्याय सहनु पर्ने छैन । तर माओवादीले दलितका प्रश्नप्रति कुनै चासो नै देखाएन, न त भूमिहीनलाई दलितलाई जमीन नै दियो । भूमिहीनलाई दिएको जमिन पनि फिर्ता गराए ।
जातीय सङ्घीयता र आत्मनिर्णयको अधिकारका लागि मरिमेट्ने एनेकपा (माओवादी) लगायत अन्य ठूला दलहरूले अन्तरिम संविधानमा दलितहरूका हितहरूको पूर्ण रूपले रक्षा गर्दै गरेनन् । यतिमा मात्रै सीमित नभएर प्रत्यक्ष निर्वाचनमा र संविधानमा दलितहरूका लागि कुनै पनि किसिमको आरक्षण दिइएन । समानुपातिक चुनाव प्रणालीमा चाहिँ दलितहरूको जनसङ्ख्याको हिसाबले १३ प्रतिशत प्रतिनिधित्व दिइएकाले पहिलो संविधान सभाका चुनावमा माओवादीले नौ जना दलितहरूलाई प्रत्यक्ष निर्वाचनमा उठायो र यिनीहरूमध्ये दुई जना महिला सहित सातले चुनावमा जीत हासिल गरेका थिए । सात जना सभासद् भए पनि यो भनेको तीन प्रतिशत मात्रै थियो । जुन उनीहरूको जनसङ्ख्याको आधारमा थिएन । समानुपातिकद्वारा पूरै संविधान सभामा दलितहरूको प्रतिनिधित्व आठ प्रतिशतसम्म मात्रै पुग्यो ।
दलित नेताहरू के दाबी गर्छन् भने दोस्रो संविधान सभामा १२३ वटा राजनैतिक दलहरूले पञ्जीकरण गराएका थिए । तर संविधान सभामा ठोस दलितहरूका मागहरूलाई लिएर दृढतापूर्वक सङ्घर्ष गर्ने छुट्टै कुनै पनि राजनैतिक पार्टीका एजेण्डा देखिएनन् । नेपालमा दलितहरू १३ प्रतिशत छन् । पहिलो संविधान सभामाभन्दा दोस्रो संविधान सभाको चुनावमा प्रत्यक्षमा २ जना मात्र दलित संविधान सभामा चुनिए । जबकि, अघिल्लोमा प्रत्यक्षबाट ७ जना थिए । यी दुवै एमालेकातर्फबाट चुनिएका हुन् । स्मरणीय छ ः दोस्रो संविधान सभामा एमालेले ६ जना र माओवादीले ९ जना दलितहरूलाई टिकट दिएको थियो भने पहिलो ठूलो दल बनेको नेपाली काङ्ग्रेसले प्रत्यक्षतर्फ एकजना पनि दलितलाई टिकटै दिएन । दुई जना दलितबाट चुनिएका सुनार जातिका हुन्, जसलाई अरू दलितहरूभन्दा ठूलो दलित जातभित्रको मानिन्छ । भारतमा त सुनारलाई दलितै मानिँदैन, जबकि नेपालमा दलितमा गणना गरिएको छ ।
उपर्युक्त विवरणले नेपालका राजनैतिक पार्टीहरूले भोका, नाङ्गा, शोषित, दमित, अपहेलित दलित समुदायलाई मानवको श्रेणीमा नराखेर महत्वहीन समूहमा राखेको प्रष्ट हुन्छ । नेपाली काङ्ग्रेसले एउटा सिटका लागि पनि दलितलाई टिकट नदिने पार्टीले ४ प्रतिशत मुस्लिम जनसङ्ख्यालाई ४ जना मुस्लिम प्रत्यासी उठाएको थियो । अरू दलहरूले पनि मुस्लिम समुदायबाट कैयौँ मुस्लिम प्रत्याशी उठाएका थिए ।
कहिलेबाट नेपालमा छूत र अछूतको श्रमका आधारमा जात÷जातिको विभाजन भयो ? त्यसबारे एक मत देखिँदैन । कतिपय इतिहासकारहरूले करिब सात सय वर्ष पहिलो उत्पत्यकामा जयस्थिति मल्लले जाति व्यवस्थाको प्रारम्भ गरेर अछूत जातिप्रति ज्यादै अमानवीय, क्रुर दण्डात्मक व्यवस्था कायम गरेको बताउँछन् । कतिसम्म कठोर अपमानजनक नियम थियो भने च्यामे, पोडे जातिले मान्छे मरेपछि उसका कात्राहरू पुराना थोत्रा कपडा लगाउनु पर्ने, सुरूवाल पनि लगाउन नपाउने लामो लबेदा मात्र लगाउन पाउने, उपत्यकाको चिसोमा पनि जुत्ता लगाउन नहुने, जुत्ता लगाए पनि परालको जुत्ता लगाउनु पर्ने, पराले छाप्रामा बस्नु पर्ने, मुर्दा पोलेर फ्याँकिएका दाउरा काठ प्रयो गर्नु पर्ने, मानव मलमूत्र भैँसीका करङले सफा गर्नु पर्ने आदि थुप्रै अकथनीय अवर्णनीय अपमानजनक स्थितिमा बाँच्न बाध्य पारिएको बताइन्छ । च्यामे जातिलाई पोडे जातिभन्दा तल र पोडेलाई माथिल्लो जातमा विभाजित गरिएको थियो । जातिवादी व्यवस्थालाई कानुनद्वारा अरू कठोर बनाउने काम राणा प्रधानमन्त्री जङ्गबहादुरले गरे । 
पोडे जाति नेवार समुदायभित्रको दलित जाति भए पनि यो जातिको लडाकु विद्रोही र तन्त्र विद्यामा पारङ्गत र अनेकौँ रोगव्याधि हटाउन सक्ने भएकाले यिनीहरूको कविलाई सत्तालाई नियन्त्रण गर्न जयस्थिति मल्लले पराजित गरेर कठोर दण्डात्मक नियम बनाएको दाबी पनि गरिन्छ । यो पोडे जातिलाई मातङ्गी, पुजारी र द्यौला पनि भनिन्छ । नेवार समुदायमा चार वर्ण छत्तिस जाति नभएर च्यामे, पोडे कुल आदि दलित लगायत अन्य पानी चल्ने जात लगायत ६४ जात÷जातिमा विभाजित गरिएको बताइन्छ । पोडे जातिले काठमाडौँको पचली भैरव, टुँडालदेवी, भद्रकाली आदि देवस्थलहरूमा पुजारीका काम चाहिँ यद्यपि गर्दैछन् भने सात गाउँको जात्रामा त थकाली नै बन्छन् । 
नेवार समुदायभित्रको भातपानी चल्ने नचल्ने, छूत र अछूतका नियमहरू ज्यादै जटिल छ र कट्टरताका परम्पराहरूले जेलिएका छन् । उपत्यकामा जयस्थिति मल्लले मात्र छूत–अछूतमा बाँधेका नभएर नेपाल, मगध र कोशल देशका प्राचीन शासक लिच्छविले हिन्दू धर्मशास्त्र अनुसारको वर्णव्यवस्था नेपालमा पनि लादे । लिच्छविहरूले नेपालमा ई.पू. पहिलो शताब्दीदेखि आठौँ शताब्दीसम्म शासन गरेका थिए । यसकारण नेपालमा लिच्छवि शासनसत्ताद्वारा छूत–अछूतको प्रारम्भ भएको देखिन्छ । जबकि, यहाँका अधिकांश धर्तीपुत्रहरू प्रकृतिपुजक थिए ।
नेपालमा दलितहरूलाई तीन समूहमा बाँड्नु उपयुक्त हुन्छ ः (क) नेवार समुदायका दलित । (ख) पहाडिया दलित । (ग) तराई मधेशका दलित । दलितहरूमध्ये आठ प्रतिशत पहाड र ६ प्रतिशत तराई मधेशमा रहेको छ ।
यो दलितहरू नै नेपालका सबैभन्दा शोषित, पीडित, दमित, अमानवीय रूपले अपमानित अपहेलित भएर बधुवा मजदुरको रूपमा अधिकांश दलितहरूले जीवन गुजारिरहेका छन् । किनभने, दलितहरूका राम्रा नराम्रा सबै जमिन जायजेथामा सामन्त जमिन्दार वर्गले अनेकौँ जालसाजी गरेर अधिकारमा गरिसकेका छन् । यसकारण अधिकांश दलितहरू भूमिहीन सर्वहारा अर्ध–सर्वहाराको अवस्थामा छन् । यी भूमिहीन नाम मात्रका छाप्रो भएका दलितहरू हली, गोठाला, बालीघरे, हरूवा, चरूवा आदि नामले चिनिन्छन् । नेपालका ऐन–कानुनमा जातीय भेदभाव, छोइछिटो बँधुवा मजदुर, बाल मजदुर राख्न नपाइने प्रष्ट व्यवस्था गरिएको छ तर व्यवहारमा कार्यान्वयन कहीँ पनि भएका छैनन् । अझै मधेश–तराईमा दलितका लागि अलग धारो छ भने सुदूर पश्चिममा पनि दलितका पानी पधेरो अलग छन् । पानी दलितले छोएको निहुँमा ठूला माफिया भएका छन् भने ठूलो जातिको र दलित जातिका युवायुवतीका बीचमा प्रेम विवाह हुँदा हत्या, आत्महत्या, गाउँ निकाला सामाजिक बहिष्कार, मन्दिर प्रवेशमा प्रतिबन्ध, ग्रामिण होटेलहरूमा आफूले खाएको भाडा आफैले धुनु पर्ने, डेरा पाउन कठिन हुने आदिले गर्दा दलितहरू दोस्रो दर्जाका नागरिक भएका छन् । अर्कातिर, भूमिहीन हुनेहरूले नागरिकता पनि पाउन सक्दैनन् दलितहरू ।
उपर्युक्त गम्भीर समस्याहरूले ग्रस्त दलितहरूका बीचमा नै पनि ठूलो दलित र सानो दलितका बीचमा बैवाहिक सम्बन्धदेखि दालभात चल्ने नचल्नेका बीचमा नै पनि ठूल्ठूला विवाद र हिंसाहरू पनि भएका छन् । गैरसरकारी र सरकारी क्षेत्रहरूबाट वर्षौंदेखि छुवाछूतविरुद्ध जनचेतना जगाउने काम थालिए पनि शहर बजारदेखि दुरदराज ग्रामिण क्षेत्रहरूमा छूत–अछूत र अछूत–अछूतकै बीचमा पनि विभेदहरू कायम रहिरहेको छ । पछिल्लो दलित दलितका बीचमा भएको भीडन्त र १५ वर्षीय राजेश सार्कीको छिमेकी चन्द्रबहादुर वि.क. को छोराको ब्रतबन्धमा सार्कीले दाल छोइदियो भन्दै दुई पक्षका बीचमा विवाद भएको र सोको मार राजेशमाथि पर्‍यो र ज्यानै गुमाउनु पर्‍यो । सञ्चार माध्यमको विवरण अनुसार पर्वतको पाङ २ मा सार्कीले दाल छोइदियो त्यो दाल कुलदेवतालाई चढाउनु पर्ने भएकाले बिटुलो भयो भनेर विश्वकर्मा पक्षले अपमान गरेपछि सार्की पक्षका युवाले भोजभतेर बहिष्कार गरेका थिए । चैत्र २१ मा नाचगानको क्रममा फेरि विवाद बल्झिएपछि केही विश्वकर्मा युवाले बन्दै गरेको घरको टिनमा ढुङ्गामुढा गरेपछि त्यहाँ पुगेका राजेशलाई रक्सीले मातेका विश्वकर्मा युवाले लाठी, दाविलो आदिले प्रहार गरेपछि नौ दिनपछि टाउकोमा गम्भीरू चोट लागेकाले मणिपाल अस्पताल पोखरामा मृत्यु भयो ।
अन्त्यमा दलित दलितभित्रका दलितका बीचको अन्तर्विरोध र समग्र दलितको मुक्तिको प्रश्नलाई आरक्षण, जातीय (पिछडा समुदाय वा जातीय) पहिचानको राजनीतिलाई मुक्तिको बाटो समृद्धिको बाटो बनाइदैछ । साम्राज्यवादी र साम्राज्यवादका पृष्ठपोषक दलहरूले विश्वव्यापी रूपमा जातीय पहिचानको राजनीतिलाई लोकतान्त्रीकरणको एउटा महान् कारक तत्वको रूपमा पेश गर्ने काम नेपालमा पनि हुँदै आएको छ । किनभने, सोभियत सङ्घको विघटनपछि वर्गीय राजनीतिलाई ओझेलमा पार्न जातीय राजनीतिलाई विश्वव्यापीकरण गरिँदैछ । जहाँसम्म आरक्षणको प्रश्न छ, जाति तथा दलित आरक्षणले दलितहरूको सानो हिस्साले लाभ लिन्छ भने ठूलो हिस्सा जसको वित्तीय संशाधन नभएकाले शिक्षा र सरकारी नोकरी आदिले लाभ लिन सक्दैन र लाभ लिने उच्च ओहदामा पुग्ने दलितहरू ठूलो सम्पन्न वा मध्यम वर्गमा फेरिएपछि शोषक वर्गीय स्वार्थ रक्षक हुन्छन् । यसकारण जातीय तथा दलित मुक्ति आरक्षण वा जातीय एकल वा बहुपहिचानले हुन नसक्ने हुँदा वास्तविक सक्कली मुक्ति तब हुनेछ, जब जातीय पहिचान र जातीय अहङ्को अन्त्य, वर्गीय (शोषक, शासक, मालिक वर्गीय सत्ता ) तानाशाही शासन सत्ताको अन्त्य गरिनेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...