सब भन्दा पहिला एकता अत्यन्त अपरिहार्य छ हाम्रो समुदायको लागी, एकता बिना सिन्को पनि भच्न सकिदैन। शिक्षा, आर्थिक ,सामाजिक ,समानता ६० लाख दलितको अबस्यकता हो सामाजिक रूपान्तरणको निमित्त एउटा भरयाँग को रुपमा बुझेको छू मैले यसलाई , बस्ताबमा शिक्षा मानब मस्तिष्कको चेतनाको ढोका खोलने चाबी हो। यही चाबिको मद्दतले हाम्रो समुदायको संकीर्ण बिचार प्रथा चलन अंधबिस्वास बदल्नुपर्दछ। तर यो हुन सकेको छैन किनकी अझै पनि दलित समुदायका बाल बच्चा हरु प्राथमिक शिक्षा पाउन बाट बञ्चित छन कैयौ स्थान हरुमा भने कैयौ दलित युबाहरु आर्थिक अभाबले उच्च शिक्षा हासिल गर्न सकेका छैनन। यहाँ मैले के प्रस्ट पार्न चाहन्छु भन्दा शिक्षा र आर्थिकले मानिसको ब्यक्तित्व र हैसियत बदल्दछ। जब उत्पीड़ित दलित समुदायको ब्यक्तित्व र हैसियत बदलिन्छ स्वत उत्पीड़ित दलितहरु पनि सामाजिक अन्तरघुलन हुन चाहन्छन्, सामाजिक सेवा गर्छन,समाज उत्थान गर्छन फेरी पनि हामीले समानताको अनुभूति गर्न सक्दैनौ। किनभने हामीलाई बिभेद र छुवाछुत समजले ...