सीधे मुख्य सामग्री पर जाएं

संदेश

मई, 2014 की पोस्ट दिखाई जा रही हैं

एकत्रित सामूहिक आवाज उठाउने समय हो।

सब भन्दा पहिला एकता अत्यन्त अपरिहार्य छ हाम्रो समुदायको लागी, एकता बिना सिन्को पनि भच्न  सकिदैन। शिक्षा, आर्थिक ,सामाजिक ,समानता ६० लाख दलितको अबस्यकता हो सामाजिक रूपान्तरणको निमित्त एउटा भरयाँग को रुपमा बुझेको छू मैले यसलाई , बस्ताबमा शिक्षा मानब मस्तिष्कको चेतनाको ढोका खोलने चाबी हो। यही चाबिको मद्दतले हाम्रो समुदायको संकीर्ण बिचार प्रथा चलन अंधबिस्वास  बदल्नुपर्दछ। तर यो हुन सकेको छैन किनकी अझै पनि दलित समुदायका बाल बच्चा हरु प्राथमिक शिक्षा पाउन बाट बञ्चित  छन कैयौ स्थान हरुमा    भने  कैयौ दलित युबाहरु आर्थिक अभाबले उच्च शिक्षा  हासिल गर्न सकेका  छैनन। यहाँ मैले के प्रस्ट पार्न  चाहन्छु भन्दा  शिक्षा र आर्थिकले मानिसको ब्यक्तित्व र हैसियत बदल्दछ। जब उत्पीड़ित दलित समुदायको ब्यक्तित्व र हैसियत बदलिन्छ स्वत उत्पीड़ित दलितहरु  पनि सामाजिक अन्तरघुलन हुन  चाहन्छन्, सामाजिक सेवा गर्छन,समाज उत्थान गर्छन फेरी  पनि हामीले समानताको अनुभूति गर्न सक्दैनौ।  किनभने हामीलाई बिभेद र छुवाछुत समजले ...

धारामा पानी भरेको भन्दै गर्भवतीमाथि कुटपिट

रूपन्देही । रुपन्देहीमा धारामा पानी भरेको निहुँमा गर्भवती दलित महिलामाथि निर्घात कुटपिट भएको छ । बुटवल ४ मैनाबगर श्रीरामटोल निवासी विष्णु क्षेत्री र उनका दुई छोरी जुना र सोनीले सोही ठाउँमा भाडा गरि बस्ने बर्ष १८ की सविता विश्वकर्मालाई बेहोस हुने गरि कुटपिट गरेका हुन् । बैशाख ३१ गते राती साढे आठ बजेतिर धारामा पानी भर्न जाँदा “कमनी भएर चाँडै पानी भर्न पाइन्छ” भन्दै एक्कासी नौ महिनाको गर्भ रहेको सविताको पेटमा गाग्रीले हानेको पिडित परिवारले बताएका छन् । विष्णु क्षेत्रीको जेठी छोरी जुनाले पेटमा गाग्रीले र आमा र अर्की छोरी सोनीले कपाल लुछालुछ गरेर बेहोस बनाएका थिए । सवितालाई तुरुन्तै लुम्बिनी अञ्चल अस्पताल उपचारका लागि लगिएको थियो । अञ्चल अस्पतालले उपचार गर्न नसक्ने भएपछि राती १ बजे भैरहवा मेडीकल कलेजमा उपचार गराउन लगेको पीडितकी सासु रिता विश्वकर्माले बताइन् । “एक्कासी बुहारी ढलेको देखेपछि म दगुर्दै धारामा पुगे” सासु रिता विश्वकर्माले भनिन् –“मलाई समेत हात हालें ।” “पहिल्यैदेखि हामी भाडामा बस्ने भएकाले हेप्ने,तिमिहरु सानो जात हो हामीले भनेको मान्नुपर्छ,कामी दमाईलाई यहाँ बस्न द...

२१ मार्चमा सधैं दोहोरिइरहने भाँकी !

जातीय विभेद तथा छुवाछुतबाट पीडित समुदायले २१ मार्चलाई यो पटक पनि तामझामका साथ मनाएका छन, तर न मनाउने तरिकामा कुनै फरकपन आयो न सरकारले यसलाई गम्भीरता पूर्वक लियो । सरकारका तर्फवाट सन्देश आएपनि दलित आन्दोलनले उठाएका कुनै पनि मुद्दा सम्वोधन भएनन भने दलित समुदायले पनि कोठाभित्र गरिने तयारी वैठकमा सरकार तथा पार्टीलाई धक्का दिने चर्का कुरा हुने तर व्यवहारमा त्यस्तो गर्न सकेनन् । सधै जस्तै अहिले यो दिवस ४९ औं पटक मनाई रहँदा पनि न मनाउने शैलीमा परिवर्तन आयो न यसको उपलव्धीनै देखियो । कोठाभित्र अन्तरक्रिया तथा छलफल त्यो पनि सहरवजारका शिक्षित र जानेवुझेका र वर्षौदेखि सहभागीहुनेहरुकै वीचमा भए । जुलुस पनि निकालियो सरकार र पार्टीका प्रतिनिधिहरु सभामा आएर ओठे प्रतिवद्दता व्यक्त गरे जुन विगतका दिनहरुमा पनि हुन्थ्यो । त्यसको कार्यन्व्यन विगतमा पनि हुन सकेन अहिले पनि हुने कुनै आधार देखिदैन । यसरी हेर्दा विरालो वाँधेर श्राद्ध गरे भन्दा फरक हुन सकेन यो दिवस । विगतका केही वर्ष गैर दलित र दलितले संयुक्तरुपमा मनाउने अभ्यास गरिएको भएतापनि यसपटक गैरदलितहरुको चासो खासै देखिएन भने दलितहरुले पनि फरक फरक हिसाव...

नेपालमा जातपात र दलितभित्रका दलित

अपत्य शर्मा नेपाल विश्वको अति दरिद्र मुलुकमा गणना भइरहेछ । आर्थिक रूपमा विकसित पुँजीवादी मुलुक बन्ने बाटोमा नेपाललाई लम्काउने नेपालका नीति–निर्माताहरूले घोषणा गरेको दशकौँ भइसकेको छ । नेपालमा मुट्ठीभर धनाड्यहरूको धन दिन–प्रतिदिन बढ्दो छ । हाम्रा ठूलाठालु संस्कृतिविद्हरू नेपाल संस्कृतिमा ज्यादै समृद्ध र ठूल्ठूला ऋषि महर्षिहरूको जन्मथलो कर्मथलो पनि नेपाल हो भने ठोकुवा गर्नेहरूको पनि कमी छैन । नेपालमा वेदव्यास, पाणिनी आदिको जन्म पनि नेपालमै भएको दाबी पनि गरिँदैछ । गौतम बुद्ध, दार्शनिक राजा जनक, सीता, भृकुटीलाई आदर्श पुरूष महिलाई आफ्ना गौरवका रूपमा हजारौँ पल्ट दोहोर्‍याइँदै आएका छन् । तर यही मुलुकमा छूत र अछूत, ठूलो जात र सानो जातको महाजालोभित्र अछूतहरू चरम गरिबीमा सामन्तवादी कृषि प्रणाली र संस्कृतिभित्र अपमानित र अपहेलित भएर दासतापूर्ण जीवन बिताउन बाध्य छन् । शताब्दीऔँदेखि शोषित, पीडित, दमित, दलित समुदायका वेदना आँसु, पसिना, रगत र सङ्घर्षका गाथाहरूबारे अध्ययन र अनुसन्धानप्रति दलित समुदायका बुद्धिजीवीहरूको विशेष ध्यान गएको देखिँदैन, बरू साम्राज्यवादी तथा विकसित पुँजीवादी शक्तिहरूले उन...

दलित आन्दोलनको विकासक्रम र कानून

[नवीन अभिलाषी] समाज विकासको क्रममा धर्म, पेशा, रंग, वर्ण, लिङ्ग आदिका आधारमा मानिसहरुबीच विभाजनका रेखाहरु क्रमशः कोरिँदै गए । धर्म, प्रथा र परम्परासँग जोडेर तिनीहरुलाई झनै संस्थागत र मजबुत बनाइयो । शक्ति र स्रोतमा पहुँच हुने समूहले नहुनेलाई आफ्नो वशमा राख्ने, शासन गर्ने, पाखा पार्ने प्रचलनको पनि सुरुआत हुन गयो । जात पनि हिन्दू समाजमा रहेको यस्तै एक गहिरो विभाजन हो– जसमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र चार जात र अन्य छत्तीस वर्णको व्यवस्था गरिएको पाइन्छ । यो सामाजिक असमानता मध्येकै प्रमुख पनि हो । एउटा मान्छेले अर्को मान्छेलाई छोएमा जात जाने यो प्रचलन नेपाल र भारतका हिन्दू समुदायबाहेक अन्यत्र रहेको पाइदैन । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रत्येक गाविसमा छरिएर रहेका लगभग ५०/६० लाख दलित समुदायले यो अपमानपूर्ण व्यवहार सदियौंदेखि सहँदै आएका छन् । १३ औं शताब्दीसम्म नेपालमा वर्णाश्रम व्यवस्था रहेको पाइदैन । त्यसबेला यहाँका आदिवासी जनजातिहरुमा यस्तो प्रचलन थिएन । तर त्यसपछिका समयमा आर्यहरु नेपाल भित्रिदै गएको र आफ्नो राज्यव्यवस्था कायम गर्दै लगेपछि छुवाछूत र तल्लो–उ...