सीधे मुख्य सामग्री पर जाएं

दलित समाजका पितामह डा. अम्बेडकर

रामआशिष यादव
 बितेको शताब्दीको राष्ट्र मुक्ति संग्रामका महानायक जसले सिमित भौगोलिक सीमामा पनि आफ्नो अभूतपूर्व योगदानका कारण मानव सभ्यतामा एक नायक, दलित समाजका महानायक र इतिहास पुरुष बन्न सफल हुनु भयो। भारतमा जातिय विभेद, दलित प्रतिको शोषण दमन, घृणा र असमाजिक क्रियाकलापको विरोधमा दलित समाजको पितामहको रुपमा जातिय वर्ण विभेदलाई हटाई दलित समाजको उत्थानका लागि बाबा साहेब भिमराव अम्बेदकर प्रेरक रुपमा अगाडि आई संघर्ष गरेका थिए।
भारतमा दलितहरुको मुक्तिका लागि बाबा साहेब डा. अम्बेदकरले योजना बनाएर अभियान थाले। समाजलाई श्रेणीविहिन र वर्ण विहिन गर्नुपर्छ, श्रेणीले समाजलाई दरिद्र र वर्णले समाजलाई दलित बनाइ दियो। त्यसकारण श्रेणी विहिन र वर्ण विहिन समाजले प्राकृतिक रौनकता ल्याउछ। मानव सम्पर्कमा सभ्य समाज श्रेणी विहिन र वर्ण विहिन भएर एक शसक्त र सबल बन्न जान्छ।
डा. बाबा साहेब अम्बेदरक दार्शनिक, वैज्ञानिक समाजसेवी र धैर्यवान व्यक्तित्वको धनी थिए। दलितको जीवनस्तर उत्थान र दलितहरुलाई विभेद भइरहेकोप्रति सजग गराई समानताको अधिकार दिलाउनेको लागि उनले आफ्नो समस्त जीवन भारत कल्याणमा उत्सर्ग गरेका थिए ।
सन् १८९१, १४ अप्रिलका दिन सुवेदार रामजी सकपाल एवं भीमा वाईको १४ औं सन्तानको रुपमा भिमराव अम्बेदरकको भारतको महु गाउंमा जन्म भएको थियो । अम्बेदकरले बारम्बार भन्थे वर्गहिन समाज बनाउनु भन्दा अगाडि समाजलाई जाति विहिन गर्नु आवश्यक छ। समाजवाद बिना दलित जनजाति विपन्न वर्गका इमान्दार व्यक्तिको आर्थिक मुक्ति सम्भव हुन नसक्ने उहांको तर्क रहेको थियो। बाबा साहेबले संघर्षको विगूल फूक्दै दलितहरुलाई समानताको अधिकारप्रति सजग गराउंदै भन्नु हुन्थ्यो खोसिएको अधिकार भिखमा कहिल्यै प्राप्त हुदैन, त्यसैले अधिकार प्राप्तिको लागि संघर्ष गर्न आवश्यक रहेको छ।
विद्यार्थी जीवनदेखि नै क्रान्तिकारी विचारका रहेका अम्बेदकरलाई भारत बरादाका महाराज सयाजी राव गायक्वान्डले मेघावी छात्रको छात्रवृति दिएर सन १९१३ मा विदेशमा उच्च शिक्षाको लागि अध्ययन गर्न सहयोग गरेका थिए ।
डा अम्बेडकर
डा अम्बेडकर
अमेरिकाको कोलम्बिया विश्व विद्यालयबाट अम्बेदकरले राजनीति विज्ञान, समाज शास्त्र, मानव विज्ञान, दर्शन र अर्थ नितिका गहन अध्ययन गर्न सफल भए । डा. अम्बेदकरले अमेरिकाको कोलम्बियामा आयोजित एक सेमिनारमा भारतीय जातिय विभाजन विषयमा अनुसन्धानात्मक सोधपत्र प्रस्तुत गरेपछि सहभागीहरुले उनको शोधपत्रलाई सहभागीका साथै सर्वत्र सोधपत्रमाथि प्रशंसा हुन थाल्यो। डा. अम्बेदकरको विद्वता, धैर्यवान, शोषित पीडित दलितहरुप्रतिको ठूलो चिन्ताका कारण डा. अम्बेदकरलाई भारतको ऐतिहासिक संविधान सभा ड्राफ्ट समितिको अध्यक्ष सर्वसम्मतिबाट चयन गरियो । डा. अम्बेदकरद्वारा तयार गरिएको ३१५ अनुच्छेदको भारतीय संविधान २६ नवम्बर १९४९ मा पारित भयो ।
डा. अम्बेदरको लक्ष्य थियो सामाजिक असमानतालाई हटाएर दलितहरुलाई मानव अधिकार प्राप्त भई समाजमा समानताको हिसाबले दलितहरु स्वतन्त्रतापूर्वक समान अधिकार प्राप्त गरी जीवनयापन गर्न सकोस् ।
सन् १९५०, २६ जनवरीका दिन जारी भएको भारतीय संविधानलाई विश्व समुदायले प्रशसा गरिरहेको भएपनि उत्तरप्रदेश, बिहार, हरियाना, पंजाब, दिल्ली, राजस्थान, छतीसगढ सहितका प्रान्तमा अहिलेपनि दलितहरु प्रति विभेद जारी नै रहेको छ ।
विश्व समुदाय समक्ष दलितको उत्प्रेरकको रुपमा रहेका डा. अम्बेदकरको मधुमेह रोगबाट ग्रस्त भई सन् १९५६, ६ दिसम्बरका दिन भारतको राजधानी दिल्ली स्थित आफ्नै घरमा निधन भएको थियो । सन् १९९० मा भारत सरकारले मरणोपरान्त डा. अम्बेदकरलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरेका थिए ।
दलितलाई छुवाछुत गर्ने समाजमा रैडिकल दलित नेतृत्वको आवश्यकता अहिलेपनि छ खासगरि भारत, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश सहितका देशहरुमा। पूंजीवादी राजनीतिक सत्ता यस प्रकारको रैडिकल दलित अम्बेदकरवादी आन्दोलनबाट भयभित रहन्छन। विश्वव्यापी रुपमा समाजवादी लहर कमजोर भइरहेको देखिएको अवस्थामा पूंजीवादी लहर फस्टाउन थाल्यो भने समाजवादको अन्त प्राय निश्चित देखिन्छ। त्यसकारण शोषित, पीडित जातिय छुवाछुत विभेदका शिकार बन्न पुगेका दलित जनजाति, शोषित, पीडित समाजले समाजवादी मार्गलाई फराकिलो पारी अवरोध हटाउँदै एकजुट भए मानवीय जीवन व्यतित गर्नका लागि पुन संघर्ष गर्नुपर्ने आवश्यकता देखिन्छ।
हिन्दुहरुको गौरव वृद्धिमा ब्राम्हणमा वशिष्ट, क्षेत्रियमा राम र वैश्यमा हर्ष र शुद्रमा तुलारामलाई मनुले मनुस्मृतिमा उल्लेख गरेको छ। सुर्यले दलित र गैर दलितलाई भेदभाव गरेर प्रकाश दिदैन। पानीले गैर दलित, दलित, वर्ण विभेद गरेर फरक फरक स्वाद दिदैन भने हामीले दलितप्रति विभेद गर्ने अधिकार कसले दियो। दक्षिण अफ्रिकामा काला जातिलाई घृणा गरेर गोराले शोषण दमन गर्दा महानायक नेन्सल मण्डेलाको जन्म भयो र काला जातिलाई अधिकार सम्पन्न गराउन महानायक मण्डेलाले सशस्त्र र निशस्त्र गरेर शोषित पीडित काला जातिलाई अधिकार सम्पन्न बनाएर जातिय विभेद हटाउन सफल भए।
दलित आन्दोलनका यिनै मसिहा डा. अम्बेदकरको ५७ औं पुण्य स्मृतिको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
(लेखक नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष हुनुहुन्छ 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...