सीधे मुख्य सामग्री पर जाएं

दलित एकता आजको मुख्य आबस्यकता


          नेपाल एउटा भूपरिबेस्थित देश हो। जहा धेरै जात जातिका मानिसहरु बसोबास गर्दछन 
शहबंसिय राजा अथबा नेपालका निर्माता पृथ्बी नारायणशाहले भनेका थिए,नेपाल चार जात  छत्तीस बर्णको साझा फुलबारी हो। यही फूलबारीमा फुलेका अनगिनती फुलहरू मध्येका बारी छेउ छाउ मल जल नपाएर कच्रकिएको बिरुवा हो दलित। समयको चक्र संग ईतिहास बदलियों शासन फेरियो तर दलित माथिको दमन घृणा अत्याचार कहिल्यै बदलिएन किनकी हामीले राज्य संग ठुलो आवाजमा बोलनै सकेनौ।
यसको परिणाम स्वरुप राज्यले हामीलाई झन झन दबाउदै गयो। हामीलाई राणाहरुले दबाए पन्चेले दबाए 
२०४६ सालको प्रजातन्त्र  प्राप्ति  पश्चात देशमा धेरै राजनितिक पार्टीहरुको उदय भयो।दलित बस्तिहरुमा झूठा आश्वासनको बाढी नै आयो फेरी पनि दलितहरूले केही पएनन।ब्राहमण क्षेत्री तथा अन्य ठूला जातिय नेताहरूले दलित हरुलाई दबाई आए।ब्राहमणबादी चिंतनले ग्रसित हाम्रो समाज अथबा नेता ,राजनितिक  पार्टी ,पनि यो बिचारबाट पर रहन सकेनन। किनभने यिनिहरुलाई एउटा लत बसिसकेको छ अम्मलको नशा झै  दलितहरुको दुर्दसामा रामाउने। नेपालमा प्रजातन्त्रको आगमन पश्चात केहि दलित नेताहरुको पनि 
उत्पति भयो। जस्तै :गोल्छे सार्की ,पदम् लाल बिस्वकार्मा ,छबिलाल बिस्वकर्मा ,तिलक परियार ,मान बहादुर बि.क,सन्त बहादुर नेपाली ,खडक बहादुर बिस्वकर्मा  आदि :यो उत्पति दलित हक़ अधिकारको लागी भन्दा पनि राजनितिक हतियारको रुपमा बिकास भयो।जसलाई नेपालका प्रमुख राजनितिक दलहरु द्वारा सञ्चालन गरिएको थियो। ताकि दलित भोट बैंक आफ्नो पार्टीको खातामा परोस। यो सब दलित जनताको आखामा छारा हालनु थियो। सदियोउ देखि ढातिदै छलिदै हेपिदै आएका ५० लाख हामी दलितहरु जनताको लागी जनता द्वारा संचालित सासन प्रणाली प्रजातंत्रमा पनि अधिकार पाउनबाट बन्चित भएउ। किनकी राज्यबाट हामी ५० लाख दलित जसरी टाढीएका छौ यसरी नै दुई चार जना  दलित नेताहरु पनि राजनीती पार्टीको घेरा भित्र बधिएका छन। तेसैले राजनीती पार्टीको रिमोट कन्ट्रोलको इशारामा चलने दलित नेताहरु हामी दलित जनताको पक्षमा कहिलै बोल्न सकेनन।माओबादिको १० बर्षे 
जनयुद्दमा हजारौ  दलित कार्यकर्ता शहीद भए ०६२ /०६३ को दोस्रो जन आन्दोलोनमा पनि दलित 
जनताहरुले साह्दत प्राप्त गरे। जब  ०६२ /०६३ को  जन आन्दोलोनले ३५० बर्षीय राजतन्त्रको समाप्ति भयो।नेपालमा लोकतंत्रको स्थापना भयो। साच्चै भन्ने हो भने इतिहासका हरेक कालखण्डमा दलितहरुलाई कुनै न कुनै प्रथा,रीती,रिवाज़ ,चलन,चल्तिको नाममा दबाउने संस्था हो राजतन्त्र। अहिले राजतन्त्र ख़तम भएको अबस्था हो। लोकतंत्र प्राप्ति पश्चात नेपाललाई धर्मनिरपेक्ष देश बनाइयो साथै जातीय छुवाछुत मुक्त 
घोषणा पनि गरियो। संबिधान सभामा न्युन दलित सभासदहरुको चयन भयो। यो कदमलाई थोरै उपलब्धि 
मान्न सकिन्छ, तर यो पूर्णता होइन। यो एक्काइसौ सताब्दिको जमाना हो संसारले धेरै परिबर्तन गर्यो साथै बिकासको अंतिम खुदकिलो पार गरिसक्यो तर हाम्रो नेपाली समाज भने धुङ्गे  युग मै भएको आभास हुन्छ। किनभने हामी ५० लाख दलित समुदायले भोग्दै आएको छुवाछुत पर्था यसको ज्वलन्त उदहारण हो। मनाबजाती द्वारा मनाबजतिमाथि गरिने जातीय बिभेद र छुवाछुत बिधमान नेपाली सामाज  भित्रको कलंक हो।जातीय बिभेद र छुवाछुत जस्तो चक्रब्यूहमा फसेका तमाम दलित समुदाय अब एकजुट 
हुनैपर्छ। यो समयको माग हो। इतिहासले भानिरहेको छ उठ जग हे हिमाल पहाड़ तराईका दलित यो समय 
परिबर्तनको हो। देसले काचुली फ़ेर्न लाएको छ , संभिधान सभाको चुनाब हुन गैरहेको छ। संभिधान भनेको 
धेरै लामो समयको अन्तरालमा बन्ने गर्दछ। यदी यो संभिधानमा हामीले हाम्रा हक़ अधिकार प्राप्त गर्न सकेनौं भने हामी सयौ बर्ष पछाड़ी पर्छौ। त्यसैले जातीय समानताको लागी अब हामी एकमुस्ट भएर अघि बढौ। तराई ,पहाड़ , हिमालका संपूर्ण दलित नेता ,शिक्षक, ब्यापारी, बुद्दिजीबी, बिधार्थी , आमा, बुबा, दाजू, भाई, दीदी, बहिनीहरुमा मेरो अनुरोध छ उठ्नुहोस जग्नुहोस बस्ती बस्ती ,गाउ गाउ ,टोल टोल ,शहर, हिमाल ,पहाड़, तराई र प्रबास बाट अनी मात्र संभब छ हाम्रो अभियान।बस्ताबमा दलित एकता 
आजको मुख्य आबस्यकता हो।

***बिनोद ***
                                                 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...