विश्वात्मा असतका पक्षधर, देश तथा जनताविरोधी र अधिनायकवादी तानाशाहहरूलाई पराजित गर्न धेरै कदमहरू चलाउनु पर्ने आवश्यकता हुन्छ । काम, अभियान वा कदम वा कर्म रूपमा जतिसुकै प्रकारका देखिए पनि सारमा ती मुख्य गरी ४ प्रकारका हुन्छन् । ती हुन् ः १. उपेक्षा ः शत्रुको शक्तिबाट अप्रभावित देखिनु, हुनु, उत्तेजित हुनु, अभयको अवस्थामा रहनु, भयाक्रान्त र किङ्कर्तव्यविमुढताको अवस्था नभई सामान्य, सरल, सहज, स्वाभाविक रूपमा रहँदा नै साँचो रूपमा ‘उपेक्षा भाव’ को अवस्था हुन्छ । निर्भिकता, निडरता, निश्चितता, निसङ्कोचताको अवस्था यस्तो बेला हुन्छ । सत्मार्गीहरूको यो पनदेखि असत मार्गीहरू प्राकृतिक रूपमै उपेक्षित हुन पुग्छन् । राणा शासनका बेला राणाहरू देख्दा ‘जदौँ’ वा ‘जय’ नगर्नु नै उनीहरूको लागि ठूलो उपेक्षा वा असम्मान हुन्थ्यो । हो, त्यस्तै उपेक्षाले शत्रुको मनोबल कमजोर पार्छ । यसले मानसिक (स्पिरिट तहको) हाँक वा चुनौती दिन्छ । यस्तो धेरै (चुनौतीले असतवादीहरू मानसिक रूपले हतप्रद, कमजोर र स्खलित पनि हुन्छन् । २. असहयोग ः असहमति, विमति, अस्वीकृति, असमझदारी आदि कुरा यसभित्र पर्छन् । सत्वादी पात्रहरूको यस्त...