सीधे मुख्य सामग्री पर जाएं

संदेश

दिसंबर, 2013 की पोस्ट दिखाई जा रही हैं

संविधानसभामा तेह्र प्रतिशत दलितको सहभागिता हुनुपर्ने माग

काठमाडौँ, १ पुस । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभामा समानुपातिक र विज्ञलाई दिइने २६ जनाको  स्थानबाट जनसङ्ख्याका आधारमा १३ प्रतिशत दलित समुदायको सहभागिता सुनिश्चित गरिनुपर्ने  माग गर्नुभएको छ । दलित सेवा सङ्घद्वारा यहाँ आज आयोजित “संविधानसधामा दलित समावेशीकरण र राजनीतिक दलहरुको भूमिका” विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा नेकपा (एमाले) का केन्द्रीय सदस्य जितु गौतमले दलित, महिला, मधेसी, मुसलमान तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न दलबीच एकापसमा आरोपप्रत्यारोप नगरी जतीसक्दो चाँडो संविधान निर्माण प्रक्रियामा लाग्नुपर्छ भन्नुभयो ।                                                                                

दलित समाजका पितामह डा. अम्बेडकर

रामआशिष यादव  बितेको शताब्दीको राष्ट्र मुक्ति संग्रामका महानायक जसले सिमित भौगोलिक सीमामा पनि आफ्नो अभूतपूर्व योगदानका कारण मानव सभ्यतामा एक नायक, दलित समाजका महानायक र इतिहास पुरुष बन्न सफल हुनु भयो। भारतमा जातिय विभेद, दलित प्रतिको शोषण दमन, घृणा र असमाजिक क्रियाकलापको विरोधमा दलित समाजको पितामहको रुपमा जातिय वर्ण विभेदलाई हटाई दलित समाजको उत्थानका लागि बाबा साहेब भिमराव अम्बेदकर प्रेरक रुपमा अगाडि आई संघर्ष गरेका थिए। भारतमा दलितहरुको मुक्तिका लागि बाबा साहेब डा. अम्बेदकरले योजना बनाएर अभियान थाले। समाजलाई श्रेणीविहिन र वर्ण विहिन गर्नुपर्छ, श्रेणीले समाजलाई दरिद्र र वर्णले समाजलाई दलित बनाइ दियो। त्यसकारण श्रेणी विहिन र वर्ण विहिन समाजले प्राकृतिक रौनकता ल्याउछ। मानव सम्पर्कमा सभ्य समाज श्रेणी विहिन र वर्ण विहिन भएर एक शसक्त र सबल बन्न जान्छ। डा. बाबा साहेब अम्बेदरक दार्शनिक, वैज्ञानिक समाजसेवी र धैर्यवान व्यक्तित्वको धनी थिए। दलितको जीवनस्तर उत्थान र दलितहरुलाई विभेद भइरहेकोप्रति सजग गराई समानताको अधिकार दिलाउनेको लागि उनले आफ्नो समस्त जीवन भारत कल्याणमा उत्सर्ग गरेका ...