बिगत केही दिन देखि समाजिक संजाल फेसबुकमा दलित शब्दको बहसले व्यापकता पाएको छ ।दुइथरी साथीहरुको आ आफ्नै बिचार र कथन रहेको छ ।एक थरी दलित शब्दको बदलामा शिल्पी लाई पुनर्स्थापना गर्ने भनेकाछन भने अर्को थरी यो शब्द परिवर्तन गर्न जरुरी नभएको भनिरहेका छन । समय परिबर्तनसिल छ सायद त्यस्तै कारण हाम्रो राजधानी किर्तिपुर कास्ठमण्डप हुँदै हालको काठमाडौ भएको हो ।यस्तै परिबर्तित समयको असर अहिले हुँदै गरेको चर्चा दलित शब्दको बदला सिल्पी भन्ने केही युबा र सिक्षित दलित हरुमा आएको हो ।हामिले यसलाइ नकारात्मक तरिकाले मात्र सोच्नु पनि उचित हुदैन ।बास्तबमा दलित शब्दले एकता ,आवाज ,संघर्ष र शक्तिको प्रतिनिधित्व गरे पनि तितो सत्य कुरा भन्नू पर्दा आफैमा अपमानित छ ।किनभने यसको व्याख्या नै त्यसरी गरिएको छ । यहाँ दलित शब्द अपमानित छ भनिरहदा शिल्पी नै राखे पछि सबै समस्या उत्पीडित दलित जातीहरुको छु मन्तर हुन्छ भन्ने पनि कदापी होइन ।किनभने यो समस्या हामिले चाहदैमा यति सजिलो समाधान हुनेवाला छैन ।हामी संग एउटा यस्तो ठूलो डर छ त्यो भनेको समाजिक विभेद नै हो ।यहि विभेद बाट बाच्न को लागि अहिले चलेको ब...