शिक्षा मानब जीवनको महत्वपूर्ण पाटो हो ।त्यसैले त जिन्दगीका हरेक खुद्किलाहरुमा शिक्षाको आबस्यकता हुन्छ ।शिक्षाको बलबुतामा विश्वका ठुला देस हरुले धेरै काचुली फेर्यो बिकासको चरम चुली पार गर्यो।बिकसित देशका मानिसहरुले आफ्नो जिउने तरीकामा परिबर्तन ल्याएर अहिलेको बैज्ञानिक युगमा पर्वेश गरिसकेका छन। उनीहरुको गास ,बास ,कपास देखि यातायात ,स्वस्थ्य ,सूचना सञ्चार लगायत दैनिक भैपरी आउने काम पनि नया नया प्रबिधिको बिकास र निर्माण संगै छिटो छरितो बन्दैछ। तर हाम्रो नेपालमा अझै पनि १८ औ शताब्दीमा गरिने प्रबिधि छ। कारण प्रबिधि बिकासमा फड्को मार्न सकिएन किनभने यहाको जातीय प्रणाली को आधारमा गरिने शिप कला आफ्नो बुद्दि र बिबेकले भन्दा पनि चलन चलती र प्रथाको रुपमा बिकास भयो। यसको मुख्य शिकार उत्पीड़ित दलित जाती हरु भए अंसिक रुपमा जनजाति हरु पनि परे। १०३ बर्षे जहानिया राणा साशन बीचमा नेपाली जनताले पाठशालाको मुख देखन पाएनन राम्रो संग बोल्न पाएनन राणाले हामी हरुलाई दबाउनु दबाए। यो समय नेपाली इतिहासको कालो समय हो जून समयमा हामी नेपाल...