नेपाल एउटा भूपरिबेस्थित देश हो। जहा धेरै जात जातिका मानिसहरु बसोबास गर्दछन शहबंसिय राजा अथबा नेपालका निर्माता पृथ्बी नारायणशाहले भनेका थिए,नेपाल चार जात छत्तीस बर्णको साझा फुलबारी हो। यही फूलबारीमा फुलेका अनगिनती फुलहरू मध्येका बारी छेउ छाउ मल जल नपाएर कच्रकिएको बिरुवा हो दलित। समयको चक्र संग ईतिहास बदलियों शासन फेरियो तर दलित माथिको दमन घृणा अत्याचार कहिल्यै बदलिएन किनकी हामीले राज्य संग ठुलो आवाजमा बोलनै सकेनौ। यसको परिणाम स्वरुप राज्यले हामीलाई झन झन दबाउदै गयो। हामीलाई राणाहरुले दबाए पन्चेले दबाए २०४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात देशमा धेरै राजनितिक पार्टीहरुको उदय भयो।दलित बस्तिहरुमा झूठा आश्वासनको बाढी नै आयो फेरी पनि दलितहरूले केही पएनन।ब्राहमण क्षेत्री तथा अन्य ठूला जातिय नेताहरूले दलित हरुलाई दबाई आए। ब्राहमणबादी चिंतनले ग्रसित हाम्रो समाज अथबा नेता ,राजनितिक पार्टी ,पनि यो बिचारबाट पर रहन सकेनन। किनभने यिनिहरुलाई एउटा लत बसिसकेको छ अम्मलको नशा झै दलितहरुको ...