सीधे मुख्य सामग्री पर जाएं

संदेश

दिसंबर, 2019 की पोस्ट दिखाई जा रही हैं

सरु सुनारले जितिन यस बर्षको एनपिएस अवार्ड ।

यस वर्षको ‘एनपीस अवार्ड २०१९’ सामाजिक अभियन्ता तथा संचारकर्मी सरु सुनारले जितेकी छिन् । एक दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र समानताका लागि क्रियाशील सुनारले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ (नभनिएको कथा) अवार्ड जितेको यूएनडीपी, एनपीस नेटवर्कले जनाएको छ । पत्रकारिता मार्फत जातीय विभेद विरुद्ध र लैंगिक समानताको पक्षमा निरन्तर आवाज उठाएको भन्दै एनपिस नेट्वर्कले उनलाई ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेको थियो । सरु सुनार बिशेष गरेर कथित जातका आधारमा मान्छेले मान्छेलाई गरिने विभेद, थिचोमिचो, अन्याय र अत्याचार विरुद्ध उनले एकल र संयुक्त रूपमा अभियान चलाउदै आएकी छन् । जातीय र लैंगिक विभेदका विरुद्ध ज्यानको बाजि लगाएर काम गरिरहेकी सुनारले आफ्नो कामको मुल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्तिलाई धन्यवाद दिँदै आफ्नो अमुल्य मत दिएर बिजयी गराउने सबैंलाई धन्यवाद दिएकी छन् । यो विधामा नेपालबाट रजनी कोइराला र उमा थापामगर ‘अनटोल्ड स्टोरी’ पनि मनोनित भएका थिए । मनोनयनमा परेका मध्ये सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ । यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने ए...